२२ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीलाई चिनियाँ समकक्षी लीको बधाई

प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्रीमा निर्वाचित भएको लामो समयसम्म मौन रहेको चीनले बुधबार उच्च राजनीतिक तहबाट बधाई सन्देश पठाएको छ। प्रधानमन्त्री देउवालाई चिनियाँ समकक्षी लि खछ्याङले बधाई सन्देश पठाएको नेपालस्थित चिनियाँ राजदूत होउ याङछीले जानकारी गराएकी छिन्। चिनियाँ प्रधानमन्त्री लिले प्रधानमन्त्री देउवासँग काम गर्न चाहेको र नेपाल चीन रणनीतिक साझेदारीलाई नयाँ उचाइमा पुर्‍याउन चाहेको सन्देश पठाएका छन्। यसअघि नेपालका लागि चिनियाँ राजदूत याङछीले प्रधानमन्त्री देउवालाई भेटेर बधाई तथा शुभकामना दिएकी थिइन्।  

सर्वोच्च अदालतको परमाधेशपछि असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका देउवालाई विश्वासको मत लिनुभन्दा पहिलेसम्म भारतले पनि उच्च राजनीतिक तहबाट शुभकामना दिएको थिएन। साउन ३ गते विश्वासको मत लिए लगत्तै भारतीय समकक्षी नरेन्द्र मोदीले शुभकामना दिएका थिए। चिनियाँ समकक्षीले भने देउवा प्रधानमन्त्रीमा नियुक्त भएको दुई हप्ताभन्दा बढी समयपछि मात्र बधाई सन्देश पठाएका हुन्।

प्रकाशित: १४ श्रावण २०७८ ००:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App