१६ चैत्र २०८० शुक्रबार
राजनीति

मन्त्रिपरिषद् विस्तारमा विलम्ब

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएको तीन साता बित्दा पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन असफल भएका छन्। गठबन्धनका दलहरूभित्र मन्त्रालय भागबन्डासहित विषयमा सहमति जुट्न नसक्दा देउवा मन्त्रिपरिषद् विस्तार गर्न असफल भएका हुन्।

दलीय सहमतिमा सोमबार मन्त्रिपरिषद् विस्तार गर्ने बताइए पनि साँझसम्म कुन दलले कति र कुनकुन मन्त्रालय पाउने भन्नेसमेत टुंगो लाग्न नसकेको स्रोतको दाबी छ। सत्तारुढ दलभित्र मन्त्रीका आकांक्षी बढी हुँदा शीर्ष नेताहरूले आफूलाई समस्या रहेको भन्दै मन्त्रालयको संख्या थप्न माग गर्दै आएका छन्। तर, सबै दलभित्रको समस्या उस्तै हुनुका साथै एमाले नेता माधवकुमार नेपाल पक्षको सहभागिताको विषयले पनि सरकार विस्तारमा ढिलाइ भएको छ।

तीन दलका शीर्ष नेताहरूको बैठकमा सहभागी जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादवले मन्त्रिपरिषद् विस्तारका विषयमा ठोस निर्णयमा पुगिनसकेको जानकारी दिए । ‘हामी सल्लाह गर्न बसेका थियौं तर अहिले केही भएको छैन,’ यादवले भने, ‘हामी छलफलमै छौं।’ सोमबार साँझ प्रमुख तीन दलका शीर्ष नेता छलफलमा जुटे पनि मन्त्रालय भागबन्डासहित कुनै पनि विषयमा सहमति जुट्न सकेको छैन।  

बरु मन्त्रिपरिषद् विस्तार अझै केही दिन पछि धकेल्ने संकेत गर्दै पहिला सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने बताइएको छ। सरकार विस्तार, मन्त्रालय भागबन्डा र सरकारका न्यूनतम कार्यक्रमसहित विषयमा शीर्ष नेताहरूबीच छलफल भए पनि सहमतिनजिक पुगिनसकेको बताउँदै पहिला न्यूनतम कार्यक्रम सार्वजनिक गर्ने र त्यसपछि मात्र मन्त्रिपरिषद् विस्तार हुनेछ।

जनता समाजवादी पार्टीको तर्फबाट कार्यदलमा रहेको महेन्द्रराय यादवले सरकारको न्यूनतम साझा कार्यक्रम टुंग्याउने चरणमा रहेको बताए। छिट्टै कार्यक्रमलाई अन्तिम रूप दिएर शीर्ष नेताहरूलाई बुझाउने बताए। सत्तारुढ दलनिकट कार्यदलले मंगलबारसम्म सरकारका न्यूनतम साझा कार्यक्रम शीर्ष नेतालाई बुझाउने तयारी गरेको भन्दै बुधबार उक्त कार्यक्रम सार्वजनिकपछि मात्र मन्त्रिपरिषद् विस्तारको विषयले प्रवेश पाउनेछ। ‘सबै दलभित्र आकांक्षी धेरै हुँदा मन्त्रिपरिषद् विस्तारमा समस्या देखिएको छ,’ एक नेताले भने, ‘कार्यदलले साझा कार्यक्रमसहित विषय टुंगो लगाएसँगै सरकार विस्तारमा सहज हुनेछ ।’

तर, सत्तारुढ दलभित्रको आन्तरिक विवाद र तानातानले मन्त्रिपरिषद् विस्तारमा अझै विलम्ब हुने देखिन्छ। प्रधानमन्त्री देउवाकै पार्टी नेपाली कांग्रेसभित्र पनि समस्या देखिन थालेको छ। महामन्त्री शशांक कोइरालाले कांग्रेस महाधिवेशन र समसामयिक राजनीतिबारे छलफल गर्न सोमबार बोलाएको दर्जन युवा केन्द्रीय सदस्यसँगको छलफलमा सरकारमा सम्मानजनक सहभागिता नभए प्रधानमन्त्रीसमेत रहेका सभापति देउवालाई एक्लै सरकार चलाउन दिनुपर्ने धारणा राखेका छन्। देउवाले संस्थापनइतर पक्षबाट सरकारमा सहभागिता जनाउने मात्र खोजेको भन्दै सहभागीहरूले कम्तीमा ४० प्रतिशत भाग पाउनुपर्ने धारणा राखेका छन्। केपी ओलीको प्रतिनिधिसभा विघटनपछि सभापति देउवासहितका संस्थापन पक्ष निर्वाचनको पक्षमा लागेको आरोप लगाउँदै सहभागीहरूले पार्टीमा अब ‘एक व्यक्ति एक पद’ लागु हुनुपर्ने धारणा राखेका थिए।

‘हामीले लिएको राजनीतिक कार्यदिशाकै बलमा सभापतिजी प्रधानमन्त्री बन्नुभएको हो। यो सरकारमा सम्मान मिल्दैन भने एक दुई थान मन्त्री बनाउन मरिहत्ते गर्नुहुँदैन,’ बैठकमा केन्द्रीय सदस्य रामकृष्ण यादवले भने, ‘त्यस्तो अवस्थामा सभापति देउवालाई एकलौटी सरकार सञ्चालन गर्न दिनुपर्छ भन्ने मत आएको छ।’संस्थापनइतर पक्षबाट देउवाले दुई जना नेतालाई मात्र मन्त्री बनाउने भन्दै नाम मागेको एक नेताले जानकारी दिए। महामन्त्री कोइरालाले महाधिवेशन कार्यतालिका प्रभावित भए पनि भदौभित्र तल्लो तहको अधिवेशन गर्नेगरी शीर्ष तहमा छलफल भएको जानकारी गराएका थिए। तर, सहभागीहरूले पार्टी नेता रामचन्द्र पौडेलले महाधिवेशन कार्यतालिका ल्याउनभन्दा मजाकमा उडाउँदा पार्टी अहिले संकटमा परेको बताए । संस्थापनइतर समूहबाट पार्टी सभापतिमा एक जना मात्र उम्मेदवार बनाउन आग्रह गर्दै सहभागीहरूले यसो नगरे पार्टी अझ संकटमा पर्ने बताएका थिए।

जबाफमा महामन्त्री कोइरालाले आफू पनि सभापतिको आकांक्षी रहेको र अन्य आकांक्षीसँग छलफल गरेर अघि बढ्ने बताए। अन्य आकांक्षीसँग १/२ दिनमै छलफल राख्ने आश्वासन दिएको भन्दै सहभागी एक नेताले भने, ‘सबैलाई समेटेर कांग्रेसलाई एकताबद्ध बनाउन मेरो उम्मेदवारी हो। यसमा तपाईहरूको साथ खोजेको छु।’

बरु मन्त्रिपरिषद् विस्तार अझै केही दिन पछि धकेल्ने संकेत गर्दै पहिला सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने बताइएको छ। सरकार विस्तार, मन्त्रालय भागबन्डा र सरकारका न्यूनतम कार्यक्रमसहित विषयमा शीर्ष नेताहरूबीच छलफल भए पनि सहमतिनजिक पुगिनसकेको बताउँदै पहिला न्यूनतम कार्यक्रम सार्वजनिक गर्ने र त्यसपछि मात्र मन्त्रिपरिषद् विस्तार हुनेछ।

जनता समाजवादी पार्टीको तर्फबाट कार्यदलमा रहेको महेन्द्रराय यादवले सरकारको न्यूनतम साझा कार्यक्रम टुंग्याउने चरणमा रहेको बताए। छिट्टै कार्यक्रमलाई अन्तिम रूप दिएर शीर्ष नेताहरूलाई बुझाउने बताए। सत्तारुढ दलनिकट कार्यदलले मंगलबारसम्म सरकारका न्यूनतम साझा कार्यक्रम शीर्ष नेतालाई बुझाउने तयारी गरेको भन्दै बुधबार उक्त कार्यक्रम सार्वजनिकपछि मात्र मन्त्रिपरिषद् विस्तारको विषयले प्रवेश पाउनेछ। ‘सबै दलभित्र आकांक्षी धेरै हुँदा मन्त्रिपरिषद् विस्तारमा समस्या देखिएको छ,’ एक नेताले भने, ‘कार्यदलले साझा कार्यक्रमसहित विषय टुंगो लगाएसँगै सरकार विस्तारमा सहज हुनेछ।’ तर, सत्तारुढ दलभित्रको आन्तरिक विवाद र तानातानले मन्त्रिपरिषद् विस्तारमा अझै विलम्ब हुने देखिन्छ। 

प्रधानमन्त्री देउवाकै पार्टी नेपाली कांग्रेसभित्र पनि समस्या देखिन थालेको छ। महामन्त्री शशांक कोइरालाले कांग्रेस महाधिवेशन र समसामयिक राजनीतिबारे छलफल गर्न सोमबार बोलाएको दर्जन युवा केन्द्रीय सदस्यसँगको छलफलमा सरकारमा सम्मानजनक सहभागिता नभए प्रधानमन्त्रीसमेत रहेका सभापति देउवालाई एक्लै सरकार चलाउन दिनुपर्ने धारणा राखेका छन् । देउवाले संस्थापनइतर पक्षबाट सरकारमा सहभागिता जनाउने मात्र खोजेको भन्दै सहभागीहरूले कम्तीमा ४० प्रतिशत भाग पाउनुपर्ने धारणा राखेका छन्। केपी ओलीको प्रतिनिधिसभा विघटनपछि सभापति देउवासहितका संस्थापन पक्ष निर्वाचनको पक्षमा लागेको आरोप लगाउँदै सहभागीहरूले पार्टीमा अब ‘एक व्यक्ति एक पद’ लागु हुनुपर्ने धारणा राखेका थिए।  

‘हामीले लिएको राजनीतिक कार्यदिशाकै बलमा सभापतिजी प्रधानमन्त्री बन्नुभएको हो। यो सरकारमा सम्मान मिल्दैन भने एक दुई थान मन्त्री बनाउन मरिहत्ते गर्नुहुँदैन,’ बैठकमा केन्द्रीय सदस्य रामकृष्ण यादवले भने, ‘त्यस्तो अवस्थामा सभापति देउवालाई एकलौटी सरकार सञ्चालन गर्न दिनुपर्छ भन्ने मत आएको छ।’ संस्थापनइतर पक्षबाट देउवाले दुई जना नेतालाई मात्र मन्त्री बनाउने भन्दै नाम मागेको एक नेताले जानकारी दिए। 

महामन्त्री कोइरालाले महाधिवेशन कार्यतालिका प्रभावित भए पनि भदौभित्र तल्लो तहको अधिवेशन गर्नेगरी शीर्ष तहमा छलफल भएको जानकारी गराएका थिए। तर, सहभागीहरूले पार्टी नेता रामचन्द्र पौडेलले महाधिवेशन कार्यतालिका ल्याउनभन्दा मजाकमा उडाउँदा पार्टी अहिले संकटमा परेको बताए। संस्थापनइतर समूहबाट पार्टी सभापतिमा एक जना मात्र उम्मेदवार बनाउन आग्रह गर्दै सहभागीहरूले यसो नगरे पार्टी अझ संकटमा पर्ने बताएका थिए। जबाफमा महामन्त्री कोइरालाले आफू पनि सभापतिको आकांक्षी रहेको र अन्य आकांक्षीसँग छलफल गरेर अघि बढ्ने बताए । अन्य आकांक्षीसँग १/२ दिनमै छलफल राख्ने आश्वासन दिएको भन्दै सहभागी एक नेताले भने, ‘सबैलाई समेटेर कांग्रेसलाई एकताबद्ध बनाउन मेरो उम्मेदवारी हो। यसमा तपाईहरूको साथ खोजेको छु।’

प्रकाशित: १९ श्रावण २०७८ ०२:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App