४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

नेपाल सहकारी बैंक खोल्न प्रधानमन्त्री सकारात्मक

नेपाली कांग्रेसको वित्तीय तथा सहकारी संस्था समन्वय विभागले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेको छ। विभागका प्रमुख एवं कांग्रेसका केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगानाको नेतृत्वमा विभागको टोलीले प्रधानमन्त्री देउवालाई भेट गरेको हो।  

भेटका अवसरमा विभागका सचिव सुरेन्द्र भण्डारीले प्रधानमन्त्रीलाई विभागले गरेका कामका साथै भावी योजना र कार्यक्रमबारे जानकारी गराए। भेटमा ‘नेपाल सहकारी बैंक’ खोल्ने जानकारी गराएको सचिव भण्डारीले बताए। उनले भने, ‘बैंक खोल्न हालसम्म गरेको काम र प्रक्रियाको विषयमा जानकारी गरायौं।’ उनका अनुसार प्रधानमन्त्री देउवाले देशभरका सहकारी क्षेत्रको प्रतिथनिधित्व हुने गरी सहकारी बंैक खोल्नु आवश्यक रहेको आसय व्यक्त गरेका छन्। नेपाल सहकारी बैंक खोल्ने विषयमा आफू सकारात्मक रहेको र तत्काल प्रक्रिया अघि बढाउन सम्बन्धित निकायसँग परामर्श लिने प्रधानमन्त्रीले बताएका छन्।  

‘सहकारी बैंक खोल्ने विषयमा विभागले थप प्रक्रिया थाल्नेछ,’ उनले भने। विभागका प्रमुख ढुंगानाले कांग्रेसको नेतृत्वमा रहेको सरकारले सहकारीको क्षेत्रमा देखिएका समस्या समाधान गर्न ध्यान दिनुपर्ने सुझाव प्रधानमन्त्रीलाई दिएका छन्।  

विभागका प्रमुख एवं केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगाना, सचिव सुरेन्द्र भण्डारी, सदस्यहरू भरत ढकाल, सीताराम काफ्ले, माधव दुलाल, शक्ति खड्का, शरद महर्जन सहित कार्यसमितिका पदाधिकारी बालुवाटार पुगेका थिए।  

प्रकाशित: १८ श्रावण २०७८ ०३:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App