१३ आश्विन २०८१ आइतबार
image/svg+xml

कहिले पाउँछ मन्त्रिपरिषद्ले पूर्णता ?

शेरबहादुर देउवा नेतृत्वमा सरकार गठन भएको ८० दिन विस्दासमेत मन्त्रिपरिषद्ले पूर्णता पाउन नसकेपछि गठबन्धनभित्रैबाट आलोचना सुरु भएको छ। केपी ओली नेतृत्वको सरकारलाई विस्तापित गर्दै असार २९ गते देउवा प्रधानमन्त्रीमा नियुक्त भएपनि गठबन्धनका दलहरूबीच सहमति जुट्न नसक्दा अहिलेसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउन नसकेको हो।

नेकपाका नेता रिहा हुनेबित्तिकै पक्राउ

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पूर्वजिल्ला इन्चार्ज पुष्प कोइरालालाई अदालतबाट रिहा हुनेबित्तिकै प्रहरीले नियन्त्रणमा लिएको छ। ५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका उनीमाथि अर्काे मुद्दा रहेको भन्दै प्रहरीले पक्रेको हो।

संसदीय समितिमा हेरफेर गर्ने गठबन्धन तयारी

सरकार विस्तारसँगै प्रतिनिधिसभामा र राष्ट्रियसभाका संसदीय समिति सभापति पनि परिवर्तन हुने सम्भावना देखिएको छ। शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारमा सामेल भएका नयाँ दलले समितिको सभापतिमा पनि दाबी गर्न थालेपछि यस्तो सम्भावना देखिएको छ।

भक्तपुरका चारवटै नगरमा नेतृत्व चयन

भक्तपुर नगर सभापति तमखु नेतृत्वका उपसभापतिमा राजन जोशी र रोशन तुकबन्जार, सचिवमा रत्नसुन्दर खुजु र सुनिलराज दैवज्ञ, सहसचिवमा विष्णुप्रसाद गणेजु र आरती रञ्जीत, नगर क्षेत्रीय प्रतिनिधिमा रमा ढकाल शिल्पकार र विश्वजित भैल विजयी भएकी छिन् ।

अन्योलमा सुकुमबासी आयोगका दुई पदाधिकारी

आयोगमा नौजना पदाधिकारी नियुक्त हुनुपर्नेमा दुईजना मात्र नियुक्त गरिएकोमा उनीहरू पनि अलमलमा छन्। नियुक्त गरिएका ती पनि भागबण्डामा नियुक्त गरिएका हुन्। एकजना नेपाली कांग्रेसको कोटाबाट र अर्को एकजना माओवादी केन्द्रको कोटाबाट नियुक्त गरिएका छन्।

कांग्रेस गोरखाको छ पालिकामा सर्वसम्मत नेतृत्व

गोरखाका ११ स्थानीय तहमध्ये छ वटा पालिकामा कांग्रेसले सर्वसम्मत नेतृत्व चयन भएको छ ।

पालिकाको नेतृत्व चुन्दै कांग्रेस

इलामका पालिकास्तरको पार्टी कार्यसमिति चयन गर्न नेपाली कांग्रेसको अधिवेशन आज (शनिबार) हुँदैछ। साँझसम्ममा अधिवेशन/मतदान सकेर आइतबारसम्ममा सबै पालिकाको नतिजा आउने कांग्रेस जिल्ला समितिले जनाएको छ।

महाधिवेशनमा रमेका कांग्रेसीजनप्रति

आजको सन्दर्भमा धर्मर समाजवाद, प्रजातन्त्र,राष्ट्रियताबारे स्वयं बिपीको धारणा के थियो ? गम्भीर बहस होला !

राजनीतिक कोटाका राजदूत फिर्ता बोलाउने निर्णय

सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले अघिल्लो सरकारले राजनीतिक कोटामा नियुक्त गरेका राजदूतहरूलाई फिर्ता गर्ने निर्णय भएको जानकारी दिए।

‘शक्ति र पैसा कमाउन मन्त्री बन्न मरिहत्ते’

राजनीति गर्ने धेरैजसो पदमा पुग्न चाहन्छन्, पदमा पुगेपछि शक्ति र धन कमाउन चाहन्छन्। मन्त्री बन्न मरिहत्ते गर्नुका पछाडि इज्जत, प्रतिष्ठाभन्दा पनि धन कमाउनु प्रमुख कारण रहेको सर्लाहीका बुद्धिजीवी रजनीकान्त झाको विश्लेषण छ।

तनहुँको बन्दीपुरमा बिप्लव नेतृत्वको नेकपाको बैठक, जनमत संग्रहको प्रस्ताव

संविधान सभाबाट जारी भएको संविधान पूर्ण नरहेकाले यसलाई बिघटन गरी जनमत संग्रह गर्नुपर्ने विषयमा नेत्रबिक्रम चन्द (बिप्लव) नेतृत्वको नेकपा बैठकमा बहस चलेको छ ।

विप्लव नेतृत्वको नेकपाको केन्द्रीय कमिटी बैठक बन्दीपुरमा

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कमिटी बैठक आजदेखि तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा सुरु भएको छ।

निष्क्रिय बन्दै बजेट प्रतिस्थापन विधेयक

प्रमुख प्रतिपक्षी एमालेको अवरोधका कारण संसद् बैठक ६ दिन पर धकेलिएको छ। मंगलबार बसेको बैठक असोज ४ गते बस्नेगरी स्थगित भएको छ। संसद् बैठक धकेलिँदा केपी ओली नेतृत्वको सरकारले ल्याएका सबै अध्यादेश निष्क्रिय बनेका छन्।

राजनीतिमा ७० वर्षे हद

अहिलेसम्मको स्थिति हेर्दा वृद्ध नेताहरूले आफूलाई राजकाजबाट सहजै बाहिर निकालेर आरामको जिन्दगी बिताउने सोच राखेको देखिएन। बरु सक्रिय राजनीति छाडेको स्थितिमा आउन सक्ने एकांकीपन र स्रोतसाधनको अभावले तिनलाई सत्तामै अडिइरहन बाध्य पारेको देखिन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्