२ मंसिर २०८१ आइतबार
image/svg+xml

महाकालीमा जीप खस्यो, नाबालकसहित ११ जनाको मृत्यु

जीप दुर्घटनामा परी नाबालक सहित ११ जनाको मृत्यु भएको छ। जिल्ला सदरमुकाम खलंगाबाट दुहुँ गाउँपालिकाको हिकिला जाँदै गरेको म १ ज २८० नम्बरको जीप दुर्घटना हुँदा नाबालक सहित ११ जनाको मृत्यु भएको तथा १ जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त प्रहरी प्रमुख रवीन्द्र कठायतले जानकारी दिए।

२२ वर्षसम्म पनि मुआब्जा पाएनन् किसानले

बागमती नदी आसपासका किसानले २२ वर्ष बित्न लाग्दा पनि जग्गाको क्षतिपूर्ति पाउन सकेका छैनन्। बागमती सौन्दर्यकरणको विकास गर्दाखेरी किसानको जग्गा बागमतीले खोसेको थियो।

ठेकेदारको स्वार्थका कारण दुनै बजार थप जोखिममा

नदी संरक्षणमा ल्याइएको कार्यक्रमले हिमाली जिल्ला डोल्पाको सदरमुकाम दुनै थप जोखिममा पर्ने देखिएको छ। कमजोर प्राविधिक एस्टिमेट र मुख्य ठेकेदारको स्वार्थका कारण ‘दुनै बचाउ कार्यक्रम’ अस्तव्यस्त छ। भेरी नदीको उच्च जोखिम रोक्न भन्दै संरक्षणको लागि यो कार्यक्रम ल्याइएको थियो।

काजगमा सीमित उत्खनन मापदण्ड

पछिल्लो सात महिनाको अवधिमा जिल्लाका विभिन्न नदी तथा खोला अवैध उत्खननमा प्रयोग गरिएका दुई सय ६१ ट्याक्टर, सात एक्साभेटर र १० टिपर गरी दुई सय ७८ साधन नियन्त्रणमा आएको जिल्ला समन्वय समिति दाङको तथ्यांकमा उल्लेख छ। उत्खननको निगरानी गर्ने जिम्मेवारी पाएको जिल्ला अनुगमन समितिका अनुसार ती सबै साधन अवैध उत्खननमा प्रयोग भइरहेको अवस्थामा नियन्त्रणमा परेका हुन्।

शाली नदीमा स्वस्थानी ब्रतको साङ्गे

कीर्तिपुरकी पवित्रा पन्थी स्वस्थानी ब्रतको अन्तिम दिन मंगलबार साँखुको साली नदीमा पूजा गर्दैथिइन्। मेला लागेपछि पनि उनी त्यहाँ गएकी थिइन्। उनले ब्रतको अन्तिम दिन भएकोले नुहाउन र पूजा गर्न आएको सुनाइन्। ‘मेला लागेपछि पनि आएको थिएँ। आज ब्रतको अन्तिम दिन फेरि पनि देवीदेवतालाई पूजा गर्न र नुहाउन आएको हुँ’, उनले भनिन्, ‘साता अघिको मेलाभन्दा आज धेरै रमाइलो भयो।

भेरी नदीमा बस खस्याे, ४ जनाकाे मृत्यु

नेपालगञ्जबाट रुकुमको राडीबजार तर्फ गइरहेको यात्रुवाहक बस दुर्घटनामा परेको छ। जाजरकोटको भेरी नगरपालिका वडा नम्बर १ रीम्नास्थित भेरी नदीमा भे१ ख १३२९ नम्बरको बस खस्न पुग्दा घटनास्थलमै ४ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन्।

हुम्ला कर्णाली थुनिएको आशंका, तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

चीनको तिब्बत हुँदै बग्ने हुम्ला कर्णाली थुनिएको आशंका गरिएको छ। नाम्खा गाउँपालिकाको मुचु क्षेत्रमा पानीको बहाव घटेपछि तल्लो तटीय क्षेत्रका बस्तीका बासिन्दालाई सचेत रहन स्थानीय प्रशासनले अपिल गरेको छ। मुचु क्षेत्र चीनसँगको सिमाना हिल्सादेखि १४ किलोमिटर दक्षिणमा पर्छ।

शाली नदीमा माधवनारायण पार्क बन्दै

माधवनारायण स्वस्थानी तथा शालीनदी सुधार समितिको पहलमा शंखरापुर नगरपालिका–७ स्थित शालीनदीको किनारमा माधवनारायण पार्क बन्ने भएको छ। बाह्रै महिना भक्तजनलाई भिœयाई नगरपालिकालाई पर्यटकीय नगरीको रूपमा चिनाउने लक्ष्यले १२ रोपनी ४ आना सार्वजनिक जग्गामा उक्त पार्क बनाउन लागिएको हो।

एकाएक मर्न थाले तिला नदीका माछा

जुम्ला चन्दननाथ नगरपालिका १० का नरेन्द्र भण्डारीले एक सातादेखि तिला नदीमा एकाएक माछा मर्दै आएको देखे। सदरमुकाम खलंगामा आउजाउ गर्दा खोलामा मरेको माछा भेटिने गरेको सुनाउँछन्। उनले सानादेखि ठूला माछासम्म मर्ने गरेको बताए।

महाकालीमा नदीमा अन्त्येष्टि घाटको शिलान्यास

महाकाली नदीमा अन्तिम संस्कारका लागि घाट निर्माण हुने भएको छ। सोमबार भीमदत्त नगरपालिका ११ भुजेलास्थित महाकाली नदी छेउमा अन्त्येष्टि घाट शिलान्यास गरिएको छ। घाट नहुँदा यहाँका बासिन्दाले अन्तिम संस्कारमा सास्ती भोग्दै आएका थिए। यसको निर्माण पछि राहत हुने स्थानीयले बताएका छन्। निश्चित आर्यघाट नहुँदा विरोध र विवाद हुँदै आएको छ। कहिले भुजेला, कहिले पिपरिया त कहिले झोलुंगे क्षेत्रमा अत्येष्टि गर्नु परेको छ। स्थानीयवासीले दुर्गन्धित हुने भन्दै आन्दोलन थालेपछि शव जलाउनकै लागि समस्या हुने गरेको छ।

माघे झरीले सालीनदी मेला भर्न सकस

माघेझरिले  चावहिल–साँखु सडकखण्ड हिलाम्मे हुँदा सालीनदी स्नान गर्न जाने दशर्नार्थीले सास्ती पाएका छन्। तीनदिनदेखि परेको माघेझरीले चावहिल–साँखु सडक हिलाम्मे हुँदा दर्शनार्थीले सकस भोगेका हुन्। हिलाम्मे र अस्तव्यस्त सडकको कारणले चावहिल–साँखु यात्रा गर्ने यात्रुले दुःख पाएको गुनासो गरेका छन्। सडक विस्तारका नाममा भएको राजनीतिले वर्षेनी हुँदै आएको मर्मत समेत रोकिएपछि यो सडकमा यात्रा गर्ने यात्रु र सवारी साधन चलाउने चालकले समेत सास्ती खप्दै आएका छन्।

राप्ती नदीमा झोलुंगे पुल बन्ने भएपछि स्थानीय हर्षित

झोलुंगे पुल बन्ने भएपछि बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ भम्का गाउँका स्थानीय हर्षित भएका छन्। उक्त क्षेत्रको भम्का–बैरिया राप्तीघाटमा भोलुंगे पुल बन्ने भएको हो। भम्का घाटमा झोलुंगे पुल निर्माण गर्न ठेक्का सम्झाैंता भएर पनि केहीदिन देखी काम सुरु भइसकेको छ।

मुस्ताङमा थुनिएको कालीगण्डकी पुरानै स्वरुपमा बग्न थाल्यो

मुस्ताङको घरापजोङ गाउँपालिका–१ मा कृषि सामग्री संस्थान नजिकै सुख्खा पहिरोले थुनिएको कालीगण्डकी नदी पुरानै स्वरुपमा बग्न थालेको छ।

पहिराेले कालीगण्डकी नदी थुनियाे, सावधानी अपनाउन आग्रह

मुस्ताङको घरापजोङ गाउँपालिका-१ मा गएको पहिरोका कारण कालीगण्डकी नदी केहि मात्रामा थुनिन पुगेको छ।

कर्णाली तर्न अझै तुइनको भर

सरकारले मुलुकलाई तुइनमुक्त बनाउने घोषणा गरेको तीन वर्ष नाघिसक्यो। तर हुम्लावासीका हकमा भने उक्त घोषणा निरर्थकजस्तै बनेको छ। हुम्लामा मात्रै होइन, कर्णाली बग्ने सबैजसो जिल्लामा नदी वारपार गर्न तुइनको विकल्प छैन। दैनिक कामकाज गर्ने सिलसिलामा नदी वारपार गर्न ज्यानको बाजी लगाएर तुइनमा नझुन्डिनहुने बाध्यता रहेको स्थानीय बताउँछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्