२ मंसिर २०८१ आइतबार
image/svg+xml

खानीजन्य पदार्थ उत्खनन्मा कडाइ

जिल्लामा खानीजन्य र नदीजन्य पदार्थको अनियमित उत्खनन् र निकासीमा कडाइ गरिएको छ। अनियन्त्रित रुपमा सञ्चालित बालुवा, ढुङ्गा र गिट्टी खानीका कारण वातावरणमा प्रतिकूल प्रभाव परिरहेको भन्दै जिल्ला प्रशासन कार्यालय र जिल्ला अनुगमन समितिले विशेष कार्यदल बनाएर कडाइ सुरु गरेको प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले बताए।

नौ वर्षदेखि अलपत्र पुल बनाउन अनशन

सिरहा र सप्तरीबीच द्रुत सम्पर्कको सेतुमात्र होइन– बलान नदीको पुल। यो पुल निर्माणसँग सिरहा–सप्तरीबीच द्रुत सम्पर्क मात्र होइन, मधेसकै जीवनपद्धतिसमेत जोडिएको छ। सप्तरीसँग सिरहालाई जोडेर यस भेगका जनताको जीवनपद्धतिमा कायापलट ल्याउन सक्ने सेतु बलान नदीको पुल निर्माण करिब नौ वर्षदेखि अलपत्र छ।

धराप बन्दै राजमार्गका पुल

महोत्तरीका बर्दिबास, सीतापुर भंगहा र गौशाला नगरपालिकाले आन्तरिक आयका लागि भन्दै ठेक्का लगाएर अनुमति दिने र ढुंगा, गिट्टी, बालुवा उत्खन्नबाट वार्षिक करोडौं राजस्व उठाउने गर्दछ। तर नदीजन्य सामग्री निकाल्न प्रयोग गरिने ठूला एक्साभेटर, लोडर र सामान ढुवानी गर्ने टिपर दौडँदा जिल्लाका राजमार्ग र सहायक सडक जीर्ण बन्दै मात्र छैनन्, पुलहरू त धराप नै भइसकेका छन्।

वातावरणको बेवास्ता गरी बालुवा झिक्न नपाइने

खोटाङ जिल्ला समन्वय समितिले वातावरणीय प्रभाव मूल्यांकन (इआइए) नगरी नदी तथा खोलाबाट ढुंगा, गिटी, बालुवालगायत निर्माण सामग्री उत्खनन गर्न रोक लगाउने भएको छ। स्थानीय नदी तथा खोलामा जथाभाबी उत्खनन हुन थालेपछि निकाल्ने काम भइरहेको भन्दै जिल्ला समन्वय समितिका संयोजक बबी चाम्लिङको संयोजकत्वमा बनेको अनुगमन समन्वय समितिले इआइए नगरी स्थानीय नदी तथा खोलाबाट निर्माण सामग्री निकाल्न रोक लगाएको हो।

क्रसरको लापरवाहीले सेती नदीमा थुप्रिदैँ फोहरका डंगुर

सेती नदीको किनारमा सञ्चालित अधिकांस क्रसर उद्योगको चरम लापरवाहीका कारण नदी फोहरको डंगुरका रुपमा परिणत हुन थालेको छ। बर्खामा देखिने धमिलो पानी क्रसर उद्योगका कारण हिउँदमा पनि देखिन थालेको छ। रातिको समयमा सङलो देखिने नदी विहानको उज्यालोसँगै धमिलिन सुरु हुन्छ।

तामाकोसीमा पुल निर्माण ९ वर्षदेखि अलपत्र

कन्सल्टेन्टको गलत डिजाइनका कारणले यहाँको भोर्लेस्थित तामाकोसी नदीमा पुल निर्माण नौ वर्षदेखि अलपत्र परेको छ। नेपाल कन्सल्ट प्रालिले साविक लादुक गाविस र सुरी गाविस जोड्ने गरी भोर्लेस्थित तामाकोसी नदीको स्टिल ट्रस पुलमा गरिएको डिजाइनमा ४० टन तौल अपुग भएपछि पुल निर्माण अलपत्र परेको हो।

अलपत्रमा मधेसको ‘लाइफलाइन’

विकास निर्माणका ठुल–ठुला काम समयमै सम्पन्न नहुँदा मधेसको विकासमा धक्का पुगेको छ। मधेशको रुपमा चिनिने प्रदेश दुईका अधिकांस जिल्लामा ठुल–ठुला विकास निर्माणका काम काम अलपत्र परेका छन्।

अझै रोकिएन नदीजन्य पदार्थ दोहन

गोदावरी नगरपालिकाका जनप्रतिनिधिको आडमा ठेकेदारहरुले गोदावरी नदीमा अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन गर्नुका साथै खोलामै घुम्ती क्रसर उद्योग सञ्चालनमा ल्याएका छन्। एक महिनादेखि नदीमै घुम्ती क्रसर उद्योग सञ्चालन गरेर उत्खनन गर्न थालेपछि स्थानीयले विरोध गरे पनि जनप्रतिधि भने मौन छन्। जनप्रतिनिधिको मौनताले स्थानीय भने निराश छन्।

सात वर्षमा पनि सकिएन पुल निर्माणको काम

दुबैतीर सडक बनेको छ। मानिसको चहलपहल बाक्लो हुन्छ। तर, नदीमाथि पुल बनेको छैन। पुल बनाउन थालेको ७ वर्ष पुग्दा पनि अधुरोनै छ। हरेक वर्ष पुल बन्ने अपेक्षा स्थानीयले राख्छन्। तर, उस्तैगरी पसीना बगाउँदै उकालो ओरालो गर्नुपर्ने बाध्यता छ।

अँध्यारोका जूनकिरीहरू र षडानन्द

कुनै जमानामा कुनै गाउँमा एकजना जोगी अर्थात् तवस्वी नदीको मध्य भागमा उभिएर भररात कठिन योग साधना भनौँ वा तपस्या गर्थे। उनलाई सधैं मध्य नदीमा उभिएको देखेर त्यसै नदीमा डुङ्गा चलाएर बस्ने एक माझीले सोधेछन्– यसरी हरेक रात नदीको मध्य भागमा उभिएर तपस्या गर्दा अँध्यारोमा केहीको पनि डर लाग्दैन ?

मोटरसाइकल सहित नदीमा खस्दा एकको मृत्यु

सिद्धार्थ राजमार्गको बुटवल–तानसेन सडकखण्डबाट मोटरसाइकल सहित तिनाउँ नदीमा खसेका १ जनाको मृत्यु भएको छ।

बन्ने भयो हनुमन्ते करिडोर

भक्तपुरको हनुमन्ते नदीमा पहिलो चरणको करिडोर निर्माण सुरु गरिएको छ। हनुमन्ते करिडोरअन्तर्गत पहिलो चरणमा २.७ किलोमिटर निर्माण गरिनेछ। उक्त करिडोरको गत साता शिलान्यास गरिएको छ। शिलान्यास कार्यक्रममा प्रतिनिधिसभाका सांसद् महेश बस्नेतले करिडोर निर्माण अघि बढेको बताए।

पहाड–मधेस जोड्ने झोलुंगे पुल

धनुषाको पहाडी गाउँ मैनावत्तीबाट सिरहाको बन्दिपुर झर्न पूरै दिन खर्चनु पथ्र्यो। पहाडी बाटो हिँड्दै र कमला नदीमा गोडा चोपल्दै बन्दिपुर पुग्न झन्डै पाँच घण्टा लाग्थ्यो।

बस्तीमै गैंडाको वास

नारायणी नदीसँग जोडिएको भरतपुर महानगरपालिका क्षेत्रमा सामुदायिक वन छन्। वृक्षरोपण र संरक्षणले वनक्षेत्र मौलाएको छ। यस क्षेत्रमा मझुवा, ज्ञानेश्वर, सेतीदेवी, सिद्धिगणेश र नारायणी सामुदायिक वन छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्