११ वैशाख २०८१ मंगलबार
image/svg+xml
जनकबहादुर शाही


जनकबहादुर शाहीका लेखहरु :

दैनिक १८ घण्टा लोडसेडिङ, सेवाग्राही मारमा

दैनिक १८ घण्टा भन्दा बढी लोडसेडिङ हुन थालेपछि हुम्लाको सदरमुकाम सिमकोटको जनजीवन प्रभावित बनेको छ। पाँच सय किलोवाट विद्युत उत्पादन गर्ने क्षमताको वितरण केन्द्रमा दुई सय पचासका दुई वटा मेसिनमा बिगत लामो समयदेखि बिद्युत गृहमा जडान गरिएको पेनेस्टीक पाइप फुट्ने समस्याका कारण एउटा मेसिनबाट मात्र विद्युत उत्पादन हुने भएकाले यो समस्या आएको हो।

ताक्लाको विद्यालयमा बम भेटियो, डिस्पोज गर्न नेपाली सेना भोलि जाँदै

हुम्ला जिल्लाको सदरमुकाम सिमकोटबाट आठ कोष टाढा पर्ने खार्पुनाथ गाउँपालिका वडा पाँच ताक्लामा रहेको बागेश्वरी विद्यालयमा सकेट बम भेटिएको छ।

पार्टी बैठकमा जान सेनाको हेलिकप्टर

गएको शनिबार सम्पन्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पहिलो जिल्लास्तरीय बैठकमा सहभागी हुन कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सामाजिक विकास मन्त्री दल रावलले नेपाली सेनाको हेलिकप्टर प्रयोग गरेका छन्।

हेलिकप्टरबाट खार्पुनाथ ल्याइएको थियो कर्णालीमा बेपत्ता जीप

हेलिकप्टरबाट खार्पु पुगेका सवारीमा आवश्यक पेट्रोलियम पदार्थ भने खच्चरबाट ढुवानी गर्ने गरिएको छ। बाजुरा र मुगुबाट खच्चरमा ढुवानी गर्ने गरेको खार्पुनाथ यातायात प्रालिका अध्यक्ष सरोज रावतले बताए।

कर्णालीमा बेपत्ताहरू नभेटिँदा पुत्लामा अन्त्येष्टि

सदरमुकाम सिमकोटदेखि आठ कोस टाढा पर्ने खार्पुनाथ गाउँपालिका–५ स्थित कैल्याबालु सडकखण्डमा गुडिरहेको जिप कर्णाली नदीमा खस्दा जिपसहित ११ जना यात्रु बेपत्ता भएका थिए।

अनि रोयो कर्णाली... (फोटो फिचर)

कर्णालीमा हुम्लाको सदरमुकाम सिमकोटदेखि ८ कोष टाढा पर्ने खार्पुनाथ गाउँपालिका ५ कोबेडुबीसुना जिउला र कैल्याबालुको बिचमा पर्ने सडकबाट कर्णाली नदीमा जीपसहित ११ जना यात्रु बेपत्ता भएका थिए। बेपत्ता भएको तीन दिनसम्म पत्ता नलागेपछि आज बेपत्ता भएकाहरुका आफन्तले पराल र कुसको शव बनाएर हिन्दु परम्पराअनुसार खार्पुनाथ शिव मन्दिरमा रहेको खार्पु त्रिवेणीमा राजु श्रेष्ठ र नाम नखुलेको श्रेष्ठको साथि बाहेक अन्य नौ जनाको अन्त्येष्टी गरिएको छ।

गाउँपालिका उपाध्यक्षसहित १० जना कर्णालीमा जीप खस्दा वेपत्ता (फोटो फिचर)

हुम्लाको सदरमुकाम सिमकोटदेखि ८ कोष टाढा पर्ने खार्पुनाथ गाउँपालिका ५ को बेडुबीसुना जिउला र कैल्याबालुको बिचमा पर्ने सडकबाट जीप कर्णाली नदिमा खसेको छ।

शनिबार सिमकोटमा अहिलेसम्मकै बढि पर्यटक भित्रिए

सिमकोटको बाटो भएर आउने पर्यटक बढ्न थालेपछि कैलाश मानसरोवर दर्शनका लागि हुम्लाको बाटो भएर जाने पर्यटकको संख्या बृद्धि भएको छ।

पर्यटकबाट उठाउनु पर्ने ३३ लाख राजश्व उधारो

सिमकोट र नाम्खा गाउँपालिकाले सिमकोट विमानस्थलमा पर्यटकबाट सरसफाई शुल्क बापत जेष्ठ ३१ गते सम्म उठाउनु पर्ने ३८ लाख ४३ हजार सात सय राजश्वमा शुक्रबार सम्म जम्मा ५ लाख मात्र उठेको छ।

हत्या अभियोगमा ४ जना नेपाली ताक्लाकोटमा पक्राउ

कामको खोजिमा तिब्बतको ताकलाकोट पुगेका ४ नेपाली हत्या अभियोगमा पक्राउ परेका छन।

मानसरोवर जान आएका २० भारतीयलाई चीनले दिएन भिषा

मानसरोवर कैलाश दर्शनका लागि सिमकोट पुगेका २० जना भारतीय धार्मिक पर्यटकहरु बुधबार नेपालगञ्ज फिर्ता भएका छन्।

पोलिएका बालकको उपचारमा समस्या, सहयाेग गरिदिन अनुराेध

हुम्लाको सर्केगाड गाउँपालिका–८ राहदेव गाउँ निवासी मल्ल रोकायाका पाँच महिने नाबालक छोरा आगोमा परी दुवै खुट्टा पोलिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्