८ वैशाख २०८१ शनिबार
समाज

ताक्लाको विद्यालयमा बम भेटियो, डिस्पोज गर्न नेपाली सेना भोलि जाँदै

हुम्ला– हुम्ला जिल्लाको सदरमुकाम सिमकोटबाट आठ कोष टाढा पर्ने खार्पुनाथ गाउँपालिका वडा पाँच ताक्लामा रहेको बागेश्वरी विद्यालयमा सकेट बम भेटिएको छ।

आज विहान बागेश्वरी विद्यालयको खेलमैदान बनाउने क्रममा ढुंगाको तलपट्टी दुईवटा सकेट बम भेटिएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहले बताए। विद्यालय अगाडीको खेलमैदान स्थानीयले मर्मत गर्ने क्रममा सकेट बम भेटिएको हो।

दोजाम प्रहरी चौकीका सहायक निरीक्षक चिन्तामणी पोखरेल नेतृत्वको प्रहरी टोली बम रहेको विद्यालय ताक्ला पुगेकाे छ। विद्यालयमा पुराना दुईवटा सकेट बम रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका निमीत्त सिंहले बताए।

बम डिस्पोज टोली नपुग्दासम्मका लागि बम रहेएको क्षेत्रमा स्थानीयलाई आवतजावतमा रोक लगाएर सुरक्षा व्यवस्था कडा गरिएको छ।सदरमुकाम सिमकोटबाट बम डिस्पोज गर्न जानको लागी करिब चार घण्टा पैदल लाग्ने भएको हुदा नेपाली सेनाको डिस्पोज टोली  बिहीबार मात्र  घटनास्थलतर्फ जाने प्रमुख जिल्ला अधिकारी धोलक राज ढकालले बताए।

प्रकाशित: १८ असार २०७६ १०:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App