१ मंसिर २०८१ शनिबार
image/svg+xml

शालीनदीमा ऋषिपञ्चमी स्नान (फोटो फिचर)

भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज सप्त ऋषिको पूजा आराधना गरी मनाइँदैछ। महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्छन् ।

महात्वाकांक्षी आयोजनाको काममै जनश्रमदान

सरकारको महत्वाकांक्षी आयोजना भित्र पर्छ, राजापुरको कर्णाली नदी नियन्त्रण तथा व्यवस्थापन आयोजना। तर सरकारले अर्बौं खर्च गरेको आयोजनाको बाँध नदीले भत्काउँदा राजापुरवासी र सुरक्षाकर्मी श्रमदान गरेर बस्ती बचाउन बाध्य छन्।एक सातादेखि स्थानीय निरन्तर बोरा र तारजाली लिएर खटिएका छन्। आयोजना प्रमुख धर्म न्यौपाने लामो समयदेखि कार्यालयमा छैनन्।

अवैध नदी दोहन गर्ने थप दुई ट्याक्टर नियन्त्रणमा

रातिको समयमा अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन तथा बिक्री वितरण गर्ने ७ वटा ट्याक्टर नियन्त्रणमा लिएको २४ घण्टा नबित्दै उदयपुर प्रहरीले थप दुई ट्याक्टर नियन्त्रणमा लिएकाे छ । बुधबार राति सदरमुकाम त्रियुगा नगरपालिका ३ को ठाडी र त्रियुगा ३ को लुहाले खोलामा अवैध रुपमा गिटी बालुवा निकाल्दै गरेको अवस्थामा दुईवटा ट्याक्टर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

नदीजन्य वस्तु उत्खननमा रोक

पछिल्लो समय त्रिशुुली नदीमा रातारात अवैध उत्खनन बढेको छ । प्रशासनको आँखा छलेर त्रिशुली नदीको बेल्खु, जिन्टे, घाटवेशी, दारेगौडा, पन्युघट्ट, मलेखु, थोपललगायतका ठाउँमा रातारात उत्खनन र स्रोतहरूको ओसारपसार भइरहेको छ ।

धादिङमा नदीजन्य पदार्थ उत्खननमा रोक

धादिङ जिल्लामा त्रिशुली नदी र आसपासका खोलाहरूबाट बालुवा लगायत कुनैपनि प्रकारका नदी र खोला जन्य वस्तु उत्खननमा रोक लगाएको छ । ढुङगा, बालुवा र गिट्टी निकाल्ने बहानामा नदी उत्खनन कार्य बढेको भन्दै यसलाई नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यलय धादिङले रोक लगाएको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए ।

नदीजन्य पदार्थ उत्खननमा स्थानीय सरकारबाटै नियम उल्लंघन

स्थानीय तहले संविधानमै उल्लेख अधिकार कुल्चँदै राजस्व बाँडफाँट गरेका छैनन् भने क्रसर उद्योग मापदण्ड पूरा नगरी वर्षोैंदेखि खुलेआम सञ्चालन भइरहेका छन्।

नदीजन्य पदार्थको दोहन : अनुगमन समिति र स्थानीय सरकारको प्रतिवेदन मिलेन

लेकवेशी नगरपालिकाका मेयर गगनसिं सुनारको घरदेखि एक घण्टाको दूरीमा खहरेखोला पर्छ। धुलियावीट–भेडावारी सडक खण्डको यहीँ खोलामा क्रसर उद्योगसँगै अत्याधिक दोहन गरेर थुपारिएको नदीजन्य पदार्थको पहाड छ। प्रारम्भीक वातावरणीय प्रभाव मूल्याङ्कन (आइई) का आधारमा ठेक्का पाएको कम्पनीले नदीजन्य पदार्थको संकलन, भण्डारण र विक्री गर्नुपर्ने हो।

नदीजन्य पदार्थको दोहन : संझौता ४४ हजार, उठाइयो दुई लाख घनमिटर

लेकवेशी नगरपालिकाका खहरेखोला, रातेखोला र गमखोलाबाट नदीजन्य पदार्थ संकलनका लागि अघिल्लो आर्थिक वर्ष पवन कन्ट्रक्सनले ठेक्का पायो ।

तिला नदीमा र्‍याफ्टिङको रमाइलो

यही साउन एक गतेदेखि जुम्लाको तिला नदीमा र्‍याफ्टिङ संचालनमा आएको छ । पहिलो पटक जुम्लामा व्यवसायिक रुपमा र्‍याफ्टिङ संचालनमा ल्याइएको हो ।

सप्तकोशीले पूर्वी तटबन्धको दुईवटा स्पर निरन्तर कटान

सप्तकोशी नदीमा पानीको बहाव बढेर खतराको तह पार गरेर क्रमशः घट्दै गएपनि पूर्वी तटबन्धको सुनसरी बराहक्षेत्र वडा नं. ६ को दुईवटा स्परमा कटान थालेको छ । बराहक्षेत्र वडा नं. ६ को ठाकुरबारीमा रहेको स्पर नं. ९ र १० स्परमा कटान गरेको हो ।

नारायणी तटीय क्षेत्रका दर्जनौँ घर जलमग्न, त्रिशुलीले बगायो तीन घर

नारायणी नदीको सतहले सोमबार खतराको बिन्दु पार गरेपछि चितवनका नदीतटीय क्षेत्रस्थित दर्जनौँ घरमा पानी छिरेको छ । त्रिशुली नदीले तीन घर बगाएको छ भने भरतपुर महानगरका ६ वटा वडामा नारायणीको भेल पसेको छ ।

नारायणीको बहाव ४४ वर्षको उच्च

नारायणी नदीको बहाव आज बिहान ४४ वर्षयताको सबैभन्दा उच्च भएको छ। बिहान ९ बजे नदीको बहाव ९ दशमलव ९१ मिटर पुगेको थियो। देवघाटमा रहेको नारायणी बेसिन फिल्ड कार्यालय भरतपुरका प्रमुख जलविज्ञ रामविकेश रायका अनुसार त्यतिबेला नदीमा पानीको बहाव १४ हजार ७७९ घरमिटर प्रतिसेकेण्ड रहेको थियो। यसअघि सन् १९७४ अगष्ट ५ मा १० दशमलव १ मिटर पानीको तह र १५ हजार ३०० घनमिटर प्रतिसेकेण्ड बहाव मापन गरिएको थियो।

नदीमा बहाव बढ्दो : नारायणी र कोशी खतरा तहमाथि

दुई दिनदेखिको अविरल बर्षाका कारण उपत्यकालगायत मुलुकका अधिकांश भेगको जनजीवन प्रभावित भएको छ । ठाउँठाउँमा बाढीपहिरो गएको छ भने विभिन्न राजमार्ग अवरुद्ध हुन पुगेको छ ।

तमोर नदीले उत्तरी ताप्लेजुङमा २ वटा पुल र एउटा गाडी बगायो

तमोर नदीमा आएको बाढीले ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं –७ ओलाङचुङ्गोलामा दुईवटा पुल बगाएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्