२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

शिक्षक अस्पताल बनाइने : अर्थमन्त्री शर्मा

संसदमा उनले गुणस्तरीय शिक्षाका लागि विद्यालय नक्शांकन गरिने बताए। शिक्षाको गुणस्तरका लागि विस्तृत योजना बनाई कार्यान्वयनमा ल्याइने बताउँदै अर्थमन्त्री शर्माले प्राविधिक शिक्षा अध्ययन गर्ने कक्षा १२ सम्मका विद्यार्थीलाई पढ्दै कमाउँदै कार्यक्रम तय गरिएको बताए।

विस्तार गरिँदै वीर अस्पतालको सेवा

उपभोक्ताको मागलाई ध्यानमा राखेर विशेषज्ञ चिकित्सकसहितको सेवा विस्तार गर्न लागेको वीर अस्पतालका प्रशासन शाखा प्रमुख सागर मिश्रले जानकारी दिए। ‘एक महिनाभित्र प्रत्येक सातामा दुई दिन वीर अस्पतालबाट विशेषज्ञसहितको टोली गई उपचार गर्नेछ।

कोरोना मैदानको एप्रोनधारी कमान्डर डा. सुनिल

डा. बुढाथोकी पातारासी गाउँपालिकामा खटिए। उनी एक महिना बसे। गाउँमा गएर कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सचेतना फैलाउने, पिसिआर टेस्ट गर्ने र संक्रमितको अवस्था हेरेर उपचार विधि अपनाउन थाले। उनी कोरोना कालमा निकै जोखिमपूर्ण ठाउँमा खटिए। उनले त्यही ठाउँबाटै औधि माया पाए। अहिले उनी पुगेका हरेक बस्तीमा उनकै चर्चा हुन्छ। स्थानीय टेलिफोन गरेर स्वास्थ्य परामर्श लिन्छन्। स्वास्थ्यकर्मी फोन गरेर स्वास्थ्य क्षेत्रमा देखिएका समस्या राख्छन्।

अस्पतालको वार्डमै तीज मनाउने चेली

तीजमा बिबाहित चेली माइत गएर भेटघाट, खानपिन र रमाइलो गर्ने परम्परा हो। तर भेरी अस्पतालकी स्टाफ नर्स मधु गुरुङ कोभिड वार्डभित्र कोरोना संक्रमित बिरामीकै सेवामा व्यस्त छिन्। तीजको रौनकताले उनलाई खासै छोएको छैन।

भेरीमा थप दुई जना कोरोना संक्रमितको मृत्यु

दाङ र सल्यानका दुई जना महिलाको उपचारका क्रममा मृत्यु भएको हो। जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार सल्यान, दर्मा गाउँपालिका वडा नम्बर ६ की ३० वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।

भेरी अस्पतालका नर्सले संक्रमित महिलालाई खुवाए तीजको दर

नेपाली महिलाको महान पर्व हरितालिका(तीज) नजिक आईरहेको छ। तीजको पूर्वसन्ध्यामा अचेल नेपालगन्जका कटेज तथा रेष्टुरेन्टमा दर खाने कार्यक्रम दिनहुँजसो भईरहेका छन्।

गर्भवतीको मृत्युपछि पीडितद्वारा अस्पतालमा धर्ना

हिँडेर नियमितजस्तै स्वास्थ्य जाँच गर्न आएकी गर्भवती महिलाको मृत्यु भएपछि शुक्रबार भक्तपुरको भेलुखेलस्थित सिद्धि स्मृति महिला तथा बाल अस्पताल दिनभर तनावग्रस्त बनेको छ।

भक्तपुर अस्पतालका मेसुदेखि कर्मचारीसम्मलाई सरुवाको धम्की

बिरामीको उपचार, ल्याब परीक्षण र औषधि खरिद गर्न निजी अस्पताल, क्लिनिक तथा औषधि पसलमा पठाइने गरेकामा केही चिकित्सक एवं कर्मचारीलाई कारबाही गरिएकाले बिचौलियासहित गिरोहले उनीहरूलाई नै सरुवा गर्न शक्तिकेन्द्र धाउन थालेका हुन्।

भेरी अस्पतालमा एकै रात दुई संक्रमितको मृत्यु

बाँकेमा कोरोना भाईरस(कोभिड १९) संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ। सल्यान र दाङका दुई जना महिलाको भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

आम्दा अस्पताललाई स्वास्थ्य उपकरण सहयोग

सञ्जालका प्रतिनिधि काशीनाथ पोखरेलले अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.राजेन्द्रप्रसाद बस्याललाई मोनिटर हस्तान्तरण गरेको प्रशासन प्रमुख ध्रुव श्रेष्ठले जानकारी दिए।

एक वर्षमा सात जना मेडिकल सुपरिटेण्डेण्ट

भरतपुर अस्पतालमा एक वर्षको अवधिमा सात जना मेडिकल सुपरिटेण्डेण्ट (मेसु) फेरिएका छन् । गत वर्षको भदौदेखि हालसम्म सात जना मेसु फेरिएका हुन्।

डाक्टरमाथि कालो मोसो दल्नेहरू समातिए

जिल्ला प्रहरी कार्यालयका अनुसार उक्त समुहका मुख्य व्यक्तिसँगै केही युवाहरूलाई नियन्त्रणमा लिइएको छ। प्रहरीले घटना भएको चार दिनपछि उनीहरूलाई नियन्त्रणमा लिएको हो।

जब भारत पुग्नुपर्ने समस्याको दिपायलमै उपचार भयो...

झण्डै डेढ वर्षअघि आदर्श गाउँपालिका–२ की ३९ वर्षीया महेश्वरी साउँदको तल्लो पेट भारी हुन थाल्यो। केही दिनमा त्यही पेटमा असह्य पीडाको पहाड उब्जिएको महसुस भयो। पेट कट्कटी दुख्न थाल्यो।

अवधि नपुग्दै बाहिरिँदै मणिपाल

वैदेशिक लगानीकर्ता रहेको नेपालकै पहिलो मेडिकल कलेज मणिपालले सबै स्वामित्व बिक्री गरेको छ । भारतीय लगानीको यो मेडिकल कलेजले पोखरेली व्यवसायीलाई स्वामित्व बिक्री गरेको हो । भारतको मणिपाल एजुकेसन एण्ड मेडिकल ग्रुपले यो कलेज संचालन गरेको थियो ।

ताप्लेजुङबाट प्रत्यक्ष निर्वाचित सबै सांसद मन्त्री

प्रतिनिधिसमा निर्वाचित एमाले सचिवसमेत रहेका प्रचार विभाग प्रमुख योगेशकुमार भट्टराईले संघीय सरकारको पर्यटन मन्त्रीको जिम्मेवारी त्यागेको केही समयपछि नै प्रदेश १ सरकारको आर्थिक मामिला तथा योजना मन्त्रीको जिम्मेवारी टंक आङबुहाङले पाए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्