coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

भेरी अस्पतालमा एकै रात दुई संक्रमितको मृत्यु

कोरोना संक्रमितले उपचार गराइरहेको भेरी अस्पताल नेपालगन्ज। तस्बिर: नागरिक

बाँकेमा कोरोना भाईरस(कोभिड १९) संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ। सल्यान र दाङका दुई जना महिलाको भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।  

जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीका अनुसार त्रिवेणी गाउँपालिका वडा नम्बर ६ सल्यानकी ६६ वर्षीया महिलाको मृत्यु भएको हो। सल्यानमा गत साउन ३२ गते पिसिआर परिक्षण गर्दा उनलाई कोरोना पोजेटिभ देखिएको थियो। स्वास्थ्यमा समस्या देखिएपछि भदौं ६ गते भेरी अस्पतालमा ल्याएर भर्ना गरिएको थियो। स्वास्थ्यमा कुनै सुधार नआएपछि बुधबार राती ९ बजे मृत्यु भएको हो।  

यस्तै गढवा गाउँपालिका वडा नम्बर ६ दाङकी ९५ वर्षीया महिलाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ । भेरी अस्पतालमा यही भदौं १२ गते भर्ना भएकी उनलाई भोलीपल्ट कोरोना पोजेटिभ भएको थियो । स्वास्थ्यमा कुनै सुधार नआएपछि बुधबार बेलुकी ७ बजेर २० मिनेटमा मृत्यु भएको हो। यो सँगै कोरोना संक्रमणबाट जिल्ला बाहिरबाट उपचारका लागि आएका ४ सय र बाँके जिल्लाका ३ सय २९ जनाको मृत्यु भएको जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेले जनाएको छ। 

प्रकाशित: १७ भाद्र २०७८ ०५:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App