१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

भेरीमा थप दुई जना कोरोना संक्रमितको मृत्यु

भेरी अस्पतालमा कोरोना संक्रमित थप दुई जनाका मृत्यु भएको छ। दाङ र सल्यानका दुई जना महिलाको उपचारका क्रममा मृत्यु भएको हो। जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार सल्यान, दर्मा गाउँपालिका वडा नम्बर ६ की ३० वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।

भेरी अस्पतालमा उपचारका क्रममा मंगलबार(आज) बिहान १ बजेर ३० मिनेटमा मृत्यु भएको कोभिड फोकल पर्सन तेज ओलीले जानकारी दिए। भेरी अस्पतालमा गत असार १७ गते भर्ना भएकी उनलाई भोलीपल्ट कोरोना पोजेटिभ देखिएको थियो। लामो समयसम्म उपचार गर्दापनि कुनै सुधार नआएपछि मृत्यु भएको स्वास्थ्यकर्मीले बताएका छन्।

यस्तै दाङ, शान्तिनगर गाउँपालिका वडा नम्बर १ की ५८ वर्षीया महिलाको पनि सोमबार बेलुकी ६ बजेतिर मृत्यु भएको हो। भेरी अस्पतालमा यही भदौं ४ गते पिसिआर परीक्षण गर्दा उनलाई कोरोना पुष्टि भएपछि सोही दिन भर्ना गरिएको थियो। स्वास्थ्यमा कुनै सुधार नआएपछि मृत्यु भएको कोभिड फोकल पर्सन तेज ओलीले जानकारी दिए।  

यो सँगै जिल्ला बाहिरबाट उपचारका लागि ४ सय ३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। यस्तै संक्रमणबाट बाँकेका मात्रै ३ सय २९ जनाको अहिलेसम्म मृत्यु भइसकेको छ।

प्रकाशित: २२ भाद्र २०७८ ०४:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App