२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

बैद्य माओवादीद्वारा पथरीशनिश्चरेमा मेयर उम्मेदवार घोषणा

संविधान र निर्वाचन प्रकृयालाई बहिष्कार गर्दै आइरहेको मोहन बैध नेतृत्वको नेकपा–माओवादीले मोरङको पथरीशनिश्चरे नगरपालिकामा मेयरको उम्मेदवार घोषणा गरेका छन्।

माओवादी केन्द्रले ६० प्रतिशत तहमा उम्मेदवार छान्यो

माओवादी केन्द्रले दोस्रो चरणको स्थानीय निर्वाचनका लागि ६० प्रतिशत तहमा उम्मेदवार टुंगो लगाएको छ। संसद्मा तेस्रो ठूलो दल माओवादी केन्द्रले केही दिनभित्रै बाँकी तहमा पनि उम्मेदवार टुंगो लगाउने तयारी गरेको छ।

माओवादीमा नयाँले अवसर पाएनन्

नेकपा माओवादी केन्द्रले वर्तमान सरकारमा यसअघि कम्तीमा दुई पटक मन्त्री भएका नेताहरूलाई पठाएको छ। माओवादी केन्द्रले प्रधानमन्त्री शेरबहादुर देउवा मन्त्रिपरिषद्मा कृष्णबहादुर महरा (उपप्रधान तथा परराष्ट), जनार्दन शर्मा (गृह) र प्रभु साह (बिनाविभागीय) लाई  पठाएको छ।

'जनसत्ता' ब्युँताउँदै माओवादी केन्द्र

स्थानीय तहमा चुनिएका माओवादी नेताले रुकुममा 'जनसत्ता' का जग्गा पास (लिखत) लाई वैधानिक बनाउन कसरत सुरु गरेका छन्। कानुनले तत्कालीन 'जनसत्ता' को लिखतलाई मान्यता नदिने भने पनि स्थानीय तहमा निर्वाचित माओवादी जनप्रतिनिधिले लिखत पासलाई मान्यता दिलाउन लगत संकलन सुरु गरेका हुन्।

उपप्रधानसहित माओवादीका तीन मन्त्री

नेकपा माओवादी केन्द्र कृष्णबहादुर महराको नेतृत्वमा सरकारमा जाने भएको छ। केन्द्रको आज बसेको बैठकले महरा, जनार्दन शर्मा र प्रभु साहलाई सरकारमा पठाउने निर्णय गरेको हो।

एमाले र माओवादी प्रचारमा कांग्रेस नेता राजधानीमै

एमाले, माओवादी केन्द्रलगायतका राजनीतिक दलका उम्मेदवार प्रचारप्रसारमा गाउँटोलमा व्यस्त रहेका बेला कांग्रेसका नेता, उम्मेदवारका आकांक्षी र कार्यकर्ता हप्तांदेखि काठमाडौंमा रहेका छन्।

कांग्रेस, माओवादी र साना दल तालमेलका पक्षमा

माओवादी केन्द्र र राप्रपाबाहेक अन्य दलले इटहरी उपमहानगरपालिकामा मेयर–उपमेयरको उम्मेदवार टुंग्याउन नसके पनि दलहरू चुनावी अभियानमा केन्द्रित भएका छन्। इटहरीमा कांग्रेस, माओवादी र साना दल तालमेलका पक्षमा छन्। एमाले र राप्रपा तालमेल नगर्ने भएका छन्।

माओवादीका दुई पोलिट्ब्युरो सदस्यविरुद्ध हत्या मुद्दा

नेकपा माओवादी पोलिट्ब्युरो सदस्यद्वय देवी खड्का, गंगा कार्की एवं दोलखा जिल्ला अध्यक्ष विशाल खड्कालाई प्रतिवादी बनाए व्यक्ति हत्याको घटनामा जिल्ला अदालत दोलखामा मुद्दा दायर भएको छ। दोलखा जिल्ला सरकारी वकिलको कार्यालयले उनीहरुसहित ४० विरुद्ध हत्या मुद्दा दर्ता गरेको हो।

माओवादीद्वारा एमाले कार्यकर्तामाथि खुर्पा प्रहार गरेको प्रकरण मिलापत्रमा टुंगियो

खोटाङमा पार्टीको विषयलाई लिएर झगडामा उत्रिएका छिमेकी युवाबीच अन्ततः मिलापत्र भएको छ। पार्टीको विषयमा सुरु भएको भनाभनका क्रममा जन्तेढुंगा गाउँपालिका–२ बोपुङका ३४ वर्षीय शक्तिराज राईले सोही ठाउँका २१ वर्षीय सन्तोष राईमाथि खुर्पा प्रहार गरेको घटनालाई शनिबार ईलाका प्रहरी कार्यालय चिसापानीमा भएको छलफलमा मिलापत्र गराइएको हो।

मतपत्र च्यात्ने माओवादी कार्यकर्ता धरौटीमा रिहा

गत आइतबार राति मतपत्र च्यातेको अभियोगमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका दुई कार्यकर्तालाई जिल्ला अदालत चितवनले धरौटीमा रिहा गरेको छ ।

माओवादी प्रतिनिधिले मतपत्र च्यातेको ठहर

भरतपुर महानगरपालिकाको मतगणना क्रममा माओवादी केन्द्रका तर्फबाट खटिएका गणना प्रतिनिधिले नै मतपत्र च्यातेको पुष्टि भएको छ। पहिलो चरणअन्तर्गत वैशाख ३१ गते सम्पन्न स्थानीय तह निर्वाचनको मत गणनाका क्रममा मतपत्र च्यातिएपछि निर्वाचन आयोगले खटाएको अनुगमन टोलीले माओवादी केन्द्रका प्रतिनिधिले नै मतपत्र च्यातेको पुष्टि गरेको हो।

माओवादी केन्द्रको धरौटी जफत

काठमाडौं महानगरपालिकामा सत्तारूढ माओवादी केन्द्रका मेयर र उपमेयर उम्मेदवारको जमानत  जफत भएको छ। मेयरका उम्मेदवार सर्वोत्तमदास डंगोल र उपमेयरकी उम्मेदवार सुशीला पौडेल दुवैको जमानत जफत भएको हो।

एमालेले मतपत्र कब्जामा लिएको माओवादीको आरोप, पुनःनिर्वाचन गराउन माग

भरतपुर महानगरपालिकाको मतगणना चल्दै गर्दा मतपत्र च्यातिनुमा नेकपा माओवादी केन्द्रले एमालेलाई दोष दिदै प्रेस विज्ञप्ती निकालेको छ।

भरतपुरमा एमालेका ज्ञवाली र माओवादीकी दाहालबीच ७८४ को मतान्तर

भरतपुर महानगरपालिकाको दुई वटा वडाको मत गणना गर्न बाँकी हुँदा मेयर प्रत्यासीबीचको प्रतिस्पर्धा अत्यन्त रोमाञ्चक देखिएको छ। २१ नं. वडामा काँग्रेसले वडा अध्यक्ष जित्दा माओवादीकी मेयर प्रत्यासी रेणु दाहालले मतान्तर छोट्याउँदै ७८४ मा झारेकी छिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्