२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
राजनीति

माओवादीका दुई पोलिट्ब्युरो सदस्यविरुद्ध हत्या मुद्दा

दोलाखा—नेकपा माओवादी पोलिट्ब्युरो सदस्यद्वय देवी खड्का, गंगा कार्की एवं दोलखा जिल्ला अध्यक्ष विशाल खड्कालाई प्रतिवादी बनाए व्यक्ति हत्याको घटनामा जिल्ला अदालत दोलखामा मुद्दा दायर भएको छ। दोलखा जिल्ला सरकारी वकिलको कार्यालयले उनीहरुसहित ४० विरुद्ध हत्या मुद्दा दर्ता गरेको हो।

गत वैशाख २६ गते स्थानीय तह निर्वाचन झडपका क्रममा मध्यरातमा गौरीशंकर गाउँपालिका २ स्थित रेशमडाँडामा एमाले कार्यकर्ता कुलबहादुर तामाङको हत्यामा उनीहरु संलग्न रहेको भन्ने किटानी जाहेरी एवं प्रहरीको अनुसन्धान प्रतिवेदन आधारमा मुद्दा दायर भएको हो।

देवी खड्का पूर्व राज्यमन्त्री समेत हुन्।

गत वैशाख २६ गते स्थानीय तह निर्वाचन झडपका क्रममा मध्यरातमा गौरीशंकर गाउँपालिका २ स्थित रेशमडाँडामा एमाले कार्यकर्ता कुलबहादुर तामाङको हत्यामा उनीहरु संलग्न रहेको भन्ने किटानी जाहेरी एवं प्रहरीको अनुसन्धान प्रतिवेदन आधारमा मुद्दा दायर भएको हो। हत्या गरिएका कुलबहादुर एमाले वडा सदस्य उम्मेदवारका गोरे तामाङका छोरा हुन्।

हत्यामा संलग्न भएको भन्दै प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले आइतबार दोलखा जिल्ला अदालतमा मुद्दा दायर गरेको हो। जिल्ला अदालतका श्रेष्तेदार कुलप्रसाद दाहालले मुद्दा दर्ता भएको बताउँदै अब कानुनी प्रक्रिया अघि बढ्ने जानकारी दिए। 'मुद्दा अदालती प्रक्रियामा प्रवेश गरेको छ। सोमबारदेखि यसमा थुनछेक बहस सुरु हुन्छ', उनले नागरिकन्युजसँग भने।

सदरमुकाम चरिकोटदेखि ५८ किलोमिट पूर्वको जुँगु गाउँमा घटना भएको थियो। तामाङ हत्यामा प्रतिवादी बनाइएका माओवादी नेता एवं पूर्व सांसद देवी खड्का, जिल्ला अध्यक्ष विशाल खड्का र पोलिट्ब्युरो सदस्य गंगा कार्कीको राजनीतिक पृष्ठभूमि यही गाउँसँग जोडिँन्छ।

माओवादीसँगको झडपमा मारिएका कुलबहादुर तामाङ, ३३ यसअघि वाइसिएलका कार्यकता थिए। गत चैत २५ गते उनी एमाले प्रवेश गरेका थिए। कुलबहादुरका पिता गोरे तामाङलाई एमालेले वडा सदस्यको उम्मेदवार बनाएपछि उनी बुवाको चुनाबी अभियानमा होमिएका बखत उनको ज्यान गएको थियो। घटनामा एमाले निकट शिक्षक दिलबहादुर गम्भीर घाइते भएका थिए।

देवी खड्कामाथि आक्रमण प्रयास भएपछि झडप भएको माओवादीले दाबी गर्दै आएको छ। घटनामा संलग्न नभएका आफ्ना नेता र कार्यकर्तालाई किटानी जाहेरी दिएर एमालेले घटनालाई राजनीतिक रुपमा प्रतिशोध लिन खोजेको माओवादीले आरोप लगाउँदै आएको छ।

प्रकाशित: २१ जेष्ठ २०७४ १३:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App