५ आश्विन २०८१ शनिबार
image/svg+xml

औषधि अभावले उपचार प्रभावित

जिल्लाका स्वास्थ्य संस्थामा औषधि अभाव भएको छ। क्षेत्रीय कार्यालयले जिल्लामा औषधि नपठाउँदा र स्थानीय तहले खरिद नगर्दा यहाँ औषधि अभाव चुलिएको हो। जिल्ला स्वास्थ्य कार्यालयमा ७० प्रकारका औषधि निःशुल्क पाइने भए पनि हाल कुनै प्रकारका औषधि नपाइएको बिरामीले गुनासो गरेका छन्।

देशभर औषधि र खोप अभाव

स्वास्थ्य सेवा प्रवाहको प्रमुख निकाय स्वास्थ्य सेवा विभाग नेतृत्वविहीन बन्दा देशभर औषधि र अत्यावश्यक खोपको अभाव हुने अवस्था आएको छ। विगत एक महिनादेखि महानिर्देशक नहुँदा जिल्लाजिल्लामा औषधि खरिदका लागि छुट्याइएको बजेट पठाउन रोकिएको छ।

डोल्पा पुग्यो औषधि

दुई महिनादेखि औषधि अभाव झेलिरहेका यहाँका ५ वटा स्वास्थ्य चौकीले मंगलबारबाट औषधि पाउने भएका छन्। त्रिपुरासुन्दरी नगरपालिकाले औषधि खरिद गरेर ल्याएसंगै दुई महिनादेखिको अभाव हट्ने भएको हो।

औषधि खानै डराउँछन् संक्रमित

ज्वरो, मलेरिया, म्यानेनजाइटिस र हात्तीपाइले रोग लामखुट्टेका माध्यमबाट सर्ने भएकाले लामखुट्टेबाट जोगिनु नै रोगबाट बच्ने उपाय हो । क्युलेक्स जातको पोथी लामखुट्टेले टोकेमा हात्तीपाइले रोग लाग्ने चिकित्सकको भनाइ छ ।

नवौं पटक हात्तीपाईले विरुद्धको औषधि खुवाउन शुरु

जिल्लामा दुई लाख ५७ हजारलाई हात्तीपाईले विरुद्धको औषधि खुवाईने खुवाउन शुरु भएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय बागलुङले बागलुङ बजारको समिट चोककमा एक कार्यक्रमको आयोजना गरी हात्तीपाईले विरुद्ध अभियान शुरु गरेको हो।

निःशुल्क औषधि नारामा सीमित

२०७१ भदौ १३ गतेदेखि हरेक जिल्ला अस्पतालबाट ७० किसिमका औषधि निःशुल्क वितरण व्यवस्था मिलाउने घोषणा गरेको सरकारले हालसम्म तोकिएका सबै औषधि पठाउनै सकेको छैन । घोषणाअनुसार पर्याप्त औषधि नपठाउँदा सरकारको ‘निःशुल्क औषधि’ लोकप्रिय नारामा मात्रै सीमित भएको सर्वसाधारणको गुनासो छ।

डोल्पामा औषधि अभाव

जेठो छोरा सुशान्तलाई घरकै गोठमा परम्परागत शैलीमा सजिलै जन्म दिएकी सुष्मा उपाध्यायलाई दोस्रो सन्तान जन्माउन हम्मेहम्मे भयो ।त्रिपुरासुन्दरी नगरपालिका–१ की ३८ वर्षीया उपाध्यायलाई ०७४ माघ २८ गते राति सुत्केरी व्यथाले च्याप्यो । उनले गाउँकी सुसारे आमा बोलाइदिन पतिलाई हारगुहार गरिन् ।

नेपालमै क्यान्सरको औषधि उत्पादन हुने

नेपालमा क्यान्सर रोगी कति छन् भन्ने कुनै आधिकारिक तथ्यांक छैन । क्यान्सरको उपचार प्रदान गर्ने अस्पतालहरुमा आउने रोगीको संख्या पछिल्ला वर्षहरुमा बढिरहेको तथ्यांक छ । यसले मुलुकमा क्यान्सर रोगीको संख्या वृद्धि भइरहेको देखाउँछ। यसैबीच, नेपालमै क्यान्सरको औषधि उत्पादन गर्ने उद्देश्यका साथ एक भारतीय औषधि कम्पनी प्रवेश गरेको छ । तिजिग फर्मा प्रालि नामको कम्पनीले ३५ करोड ११ लाख रुपैयाँ लगानी गरी भक्तपुरमा औषधि उत्पादन प्लान्ट स्थापना गर्दैछ । कम्पनीले यसका लागि उद्योग विभागबाट स्वीकृतिसमेत लिइसकेको छ । क्यान्सर रोग उपचारमा प्रयोग हुने औषधि उत्पादन गर्ने यो नेपालमै पहिलो कम्पनी हुनेछ।

प्रजातन्त्रले नछोएको औषधि विज्ञान

आज देशले तामझामसाथ प्रजातन्त्र दिवस मनाइरहँदा हजारौँ बिरामी औषधि उपचारको अभावमा भौतारिरहेका छन् । उपचारको गुणस्तरीयता औषधिको सुपथ मूल्य र सहज उपलब्धतासँग जोडिएको छ । तर देशमा जटिल प्रकृतिका रोग, जस्तै– क्यान्सर, मिर्गाैलालगायत उपचारमा प्रयोग हुने विदेशबाट आयातीत औषधि दुई हजार गुणासम्म महँगोमा बिक्री भइरहेको स्वास्थ्य अधिकारी नै बताउँछन । मूल्य नियन्त्रणका लागि अल्पकालीन समाधानका रूपमा विदेशी औषधि खरिद प्रक्रियामा सुधार र स्थानीय बजार हस्तक्षेप गर्न सकिने कुरा त छँदैछ । तर यो समस्याको स्थायी समाधान खोज्ने हो भने अब राज्यले औषधिमा विदेशी परनिर्भरता घटाउन देशकै प्राकृतिक स्रोत प्रयोग गरेर औषधि उत्पादन गर्नुपर्छ।

अप्रमाणित औषधि धमाधम भित्रँदै

मानव तस्करलाई धन्दा चलाउन सजिलो बहाना बनेका भारतीय नेटवर्किङ व्यापार अब नेपालमा अवैध रुपमा औषधि भित्र्याउने माध्यम पनि बनेका छन् । लागुऔषधदेखि मानव तस्करीसम्मको धन्दा चल्दै आएको पूर्वी सीमा नाकाबाट पछिल्लो समयमा औषधिको अवैध कारोबार पनि फष्टाएको छ ।

उदयपुर अस्पताल औषधिविहीन

जिल्ला अस्पताल उदयपुर औषधिविहीन भएको छ । अस्पतालमा निशूल्क वितरण गर्नुपर्ने औषधि सकिएपछि गरिव, निमुखा, बिपन्न र बृद्धबृद्धाले पाउने औषधि पाउन छाडेको अस्पताल प्रशासनले जनाएको छ।

औषधिको साइड इफेक्टले दुःख दियो

एचआईभी संक्रमितका लागि सरकारले निःशुल्क उपचार सेवा दिँदै आएको छ । संक्रमितले भने आफूहरुले सेवन गर्ने औषधिको साइड इफेक्ट देखिन थालेको बताएका छन् । संक्रमितको सरोकारका विषयमा दुई दिनसम्म भरतपुरमा सञ्चालित भेलाका सहभागीले गुणस्तरीय उपचार सेवाको माग गरेका छन् । आइतबार सकिएको भेलामा सातै प्रदेशका सयजना संक्रमित सहभागी थिए।

औषधि र न्यानो सामग्री बोकेर रौतहट पुगे डा. केसी

चौधौँ सत्याग्रहपछि डा. गोविन्द केसी पहिलोपल्ट मधेस झर्दै रौतहटका केही बस्तीका दलित परिवारलाई न्यानो कपडा वितरण गरेका छन्। जिल्लामा शीतलहरले धेरै क्षति पुर्‍याएको र विगत साउनको बाढीले पनि सबैभन्दा बढी क्षति रौतहटमा नै पुर्याएको हुनाले आफ्नो रोजाइमा रौतहटका दलित परिवार परेको डा. केसीले बताए।

सरकारी अस्पतालका निजी औषधि पसलमा सिलबन्दी

वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालको हातामा सञ्चालित निजी औषधि पसलमा स्थानीय प्रसाशनले सिलबन्दी गरेको छ । कहिले आदालतको निषेधाज्ञा, कहिले बल प्रदर्शन, कहिले हडताल र कहिले राजनीतिक दबाबजस्ता हथकण्डा अपनाई सम्झौता सकिएर पनि कब्जामा पारिएको १६ वटा सटरमा सिलबन्दी लगाइएको हो ।

औषधि र डाक्टरसहित सांसद जाजरकोटमा

जाजरकोटको भाइरल प्रभावित क्षेत्र जुनीचाँदे गाउँपालिका वडा १, २ र ३ मा डाक्टरसहितको औषधि टोली पुगेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्