५ आश्विन २०८१ शनिबार
image/svg+xml

औषधि छन्, स्वास्थ्यकर्मी छैनन्

विगतमा स्वास्थ्य संस्थामा औषधि अभावका कारण बिरामीले सास्ती भोग्नुपरेको घटना सुनिँदै आएको हो। तर, हुम्लाका स्वास्थ्य संस्थामा भने अवस्था अर्कै छ।  स्वास्थ्यकर्मी नहुँदा बिरामीले सास्ती भोगिरहेका छन्।

औषधि छ, स्वास्थ्यकर्मी छैनन्

जिल्लाका अधिकांश स्वास्थ्यचौकीमा औषधि भए पनि स्वास्थ्यकर्मी नहुँदा बिरामीलाई जिल्ला अस्पताल धाउनुपर्ने बाध्यता रहेको छ। अधिकांश स्वास्थ्यचौकीमा स्वास्थ्यकर्मी नहुँदा बिरामीलाई बोकी एक दिन पैदल हिँडेर उपचारका लागि जिल्ला अस्पताल सिमकोट ल्याउनुपर्ने बाध्यता रहेको गुनासो स्थानीयको छ।

स्वास्थ्य क्षेत्रमा यस्ताे बेथिति, औषधि छ तर स्वास्थ्यकर्मी छैनन

जिल्लाका अधिकांश स्वास्थ्यचौकीमा औषधि भएता पनि स्वास्थ्यकर्मी नहुँदा बिरामीलाई जिल्ला अस्पताल धाउनुपर्ने बाध्यता रहेको छ। अधिकांश स्वास्थ्यचौकीहरुमा स्वास्थ्यकर्मी नहुँदा बिरामीलाई बोकी एक दिन पैदल हिँडेर उपचारका लागि जिल्ला अस्पताल सिमकोट ल्याउनुपर्ने बाध्यता रहेको गुनासो स्थानीवासीको छ।

स्वास्थ्यचौकीको ‘औषधि बेच्ने’ अहेवलाई सरुवा मात्र

ओखलढुंगामा सरकारी औषधि बिक्री गरेको आरोप लागेका अहेवलाई सरुवा गरिने भएको छ। सुनकोसी गाउँपालिका–७ च्यानम स्वास्थ्य चौकीमा कार्यरत अहेव मोहन बानियाँले सरकारी औषधि बेचेको आरोप लागेको थियो।

स्वास्थ्यका लागि हितकारी एभोकार्डो

एभोकार्डो न्यानो हावापानीमा फल्ने एक प्रकारको फल हो। नेपालमा यसको प्रयोगको त्यति धेरै देखिँदैन। तर पछिल्लो समय यो फलको उपभोग गर्ने चलन भने बढ्दै गएको पाइन्छ। यो फल पाचनप्रणालीदेखि लिएर डिप्रेसन र क्यान्सरका रोगीलाई समेत फाइदाकर मानिन्छ। यो फलमा विभिन्न २० थरीका भिटामिन तथा खनिज पाइन्छ। एभोकार्डोले मोटोपन, मधुमेह, मुटुको रोग घटाउन पनि सहयोग गर्छ। यस फल खाँदा स्वास्थ्यलाई निम्न फाइदा हुन्छ।

स्वास्थ्यबर्धक खाना कि औषधि ?

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जले आफ्नो हातामा रहेको फार्मेसीमा फलफूल तथा तरकारीसमेत बेच्न थाल्यो भने के भन्लान् ? उच्च रक्तचाप भएर जचाउन आएको बिरामीलाईलाई परीक्षणपछि औषधि दिनुको बदला तपाईँ चाबहिल चोकबाट हिँडेर दैनिक टिचिङ हस्पिटल आउनूस् भनी डाक्टरले कहेमा कस्तो प्रतिक्रिया आउला ? औषधि खाएर मधुमेहको समस्या तुरुन्तै रोकथाम गर्ने उद्देश्यले आएको बिरामीलाई चिकित्सकले दबाइ दिनुको बदला फलानो फलानो खान्की यति मात्रामा खान भनी सल्लाह दिएमा रोगीका आफन्तले के भन्लान् ?

देउराली–जनता उदारणीय कम्पनी हो

मेरो चाहना नै उद्योग गर्ने थियो। मेरो स्टानफोर्ड विश्वविद्यालयका प्रोफेसरले औषधि उद्योगमा लाग्दा राम्रो हुन्छ भनेर सल्लाह दिनुभएको थियो। प्रविधियुक्त र भोलिका दिनमा केही गर्न सकिनेखालको उद्योगमा लाग्नुपर्छ भन्ने सुझाव पाएको थिएँ। म पनि अन्डरग्राजुएट मेडिकल साइन्स भएकाले यसमा ज्ञान पनि थियो।

क्यान इन्फोटेक प्रदर्शनी... गाउँगाउँमा औषधि बोक्ने ड्रोन देखि रोबोर्ट सम्म

काठमाडौं – कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले आयोजना गर्ने ‘क्यान इन्फोटेक २०१९’ मेला भृकुटीमण्डपमा मंगलबार सुरु भएको छ। उक्त मेला सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले उद्घाटन गरेका थिए। सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा कार्यरत जनशक्ति, विज्ञ र व्यवसायीको छाता संगठन क्यानले विगतको भन्दा यस वर्ष फरक ढंगले मेला आयोजना गरेको जनाएको छ।

२३ वर्षदेखि पेस्की फछ्र्योट भएन

आफ्ना सदस्यसहित सर्वसाधारणलाई सुपथ मूल्यमा औषधि उपलब्ध गराउने उद्देश्यबाट सञ्चालनमा ल्याइएको साझा स्वास्थ्य सहकारीमा २५ वर्षदेखि चरम अनियमितता हुँदै आएको पाइएको छ। राष्ट्रिय सहकारी विकास बोर्डको ६५ प्रतिशत सेयर लगानी रहेको साझाका निर्देशक तथा कर्मचारीहरूले लामो समयदेखि पेस्की लिँदै आए पनि अहिलेसम्म्म फछ्र्योट गरेका छैनन्।

औषधि उद्योगमा ४० अर्ब नयाँ लगानी

सरकारले व्यवसायीलाई सहयोग पुर्‍याउने नीति अगाडि सारेपछि औषधि उद्योगमा निजी क्षेत्रले करिब ४० अर्ब रुपैयाँ थप लगानी गर्ने भएका छन्।

स्वास्थ्यमा सुधार

राल्फाकालीन यो गीतमा अहिले सरकारमा रहेका धेरै मन्त्रीले पनि स्वरमा स्वर मिलाएका छन्। पञ्चायतको त्यो बेलामा धेरै नागरिक अस्पतालको मुख नदेखी मर्ने अवस्थामा थिए। ३० वर्षे पञ्चायती एकदलीय शासन समाप्त भई बहुदलीय शासन व्यवस्थामा मुलुक प्रवेश गरेको अर्को ३० वर्ष पुग्न लागेको छ।

शौचालयमा औषधि भण्डारण

प्रयाप्त जनशक्ति र भौतिक संरचना गतिलो नहुँदा रोल्पाका अधिकांश स्वास्थ्य संस्था आउने बिरामी र त्यहाँ कार्यरत स्वास्थ्यकर्मीले बिभिन्न समस्या झेल्ने गरेका छन्। कतै स्वास्थ्यकर्मीको अभाव छ भने कतै कतै सामान्य रुपमा चाहिने पुर्वाधार समेत छैन्।

झुटा रोगहरूको ‘आतंक’

विश्वमा दिनहुँ रोग र रोगीहरू रकेट गतिमा बढिरहेका छन्। पछिल्लो अध्ययनअनुसार विश्वका ९५ प्रतिशत मानिसलाई कुनै न कुनै स्वास्थ्य समस्या छ। अर्को शब्दमा भन्ने हो भने विश्वका २० जना मानिसमध्ये १९ जना मानिसलाई कुनै न कुनै रोग लागेको छ भने १ जना मानिसलाई मात्र कुनै स्वास्थ्य समस्या छैन। रोगीको लेबल पाएका ती १९ जना मानिसहरूले घरमै बसेर वा अस्पतालमा भर्ना भएर, कुनै न कुनै रूपमा उपचार गराइरहेका छन्, औषधि खाइरहेका छन्। त्यसैले अहिले विश्वको स्वास्थ्य खर्च ६.५ ट्रिलियन डलर अर्थात् ७,३०१ खर्ब पुग्नु कुनै अनौठो कुरा भएन।

अस्पताल छाडेर ‘प्रभुको उपचार’

जिल्लाका पालिकामा स्वास्थ्यचौकी छन्। स्वास्थ्यचौकीमा दक्ष स्वास्थ्यकर्मी छन्। थोरैधेरै औषधि पनि पाइन्छ। स्वास्थ्यचौकीमा रोग निको नभए जिल्ला अस्पताल छ। अस्पतालमा ५ जना डाक्टर छन्। अस्पतालमा एम्बुलेन्स पनि छ। तर रोल्पाका धेरै गाउँका बिरामीको रोजाइ ‘प्रभुको उपचार’ परेको छ। अहिले जिल्लामा रहेका करिब ५ दर्जन चर्चमा प्रार्थना गर्नेसँगै बिरामीको घुइँचो लाग्छ।

तरुलका पोषक र औषधीय गुणहरु

तरुल जमिनमुनी फल्ने पोषण र औषधीय गुण ले भरिपूर्ण तरकारी हो। संसार भरी ६ सय किसिमका तरुल पाईन्छन् र नेपाल मा १३ किसिमका तरुल पाईन्छ। अफ्रिका र मध्य अमेरिका मा तरुल को धेरै उत्पादन र प्रयोग हुन्छ।1 संसार मै सबै भन्दा धेरै तरुल उत्पादन गर्ने देश नाइजेरिया हो र यसले बर्ष को ५ अर्ब डलर को तरुल उत्पादन गर्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्