५ आश्विन २०८१ शनिबार
image/svg+xml

बजार बेथिति

नारायणहिटीमा राजा छैनन्, बजारमा भने छन्। खुला बजार अर्थतन्त्रले प्रत्येक उपभोक्तालाई राजा मान्छ। यी राजा सन्तुष्ट भएनन् भने बजारमा कोही पनि टिक्न सक्दैन। तिनलाई बजारबारे जानकार बनाउन सक्नुपर्छ। उनीहरूले मनपर्ने वस्तु उपभोग गर्न पाउनुपर्छ।

स्वास्थ्य संयोजक नै औषधि चोर

डोल्पामा स्वास्थ्यका कर्मचारीले नै रातारात औषधि चोरेको रहस्य खुलेको छ। आफ्नै कार्यालयमा कार्यरत दुई जना कर्मचारीले स्टोर किपर बिदामा बसेको मौका छोपी स्टोरको ताला नै तोडेर औषधि चोरेका हुन्।

विदेशमा प्रतिबन्धित औषधि नेपालमा

उच्च रक्तचापका रोगीले सेवन गर्ने भल्सार्टनयुक्त ट्याबलेटलाई धेरै मुलुकमा प्रतिबन्ध लगाइएको छ। तर नेपाली बजारमा अहिले पनि उत्पादन र बिक्री भइरहेको छ। भल्सार्टनयुक्त औषधिको अशुद्धताबारे सरकारी निकायले अनविज्ञता देखाएको छ। औषधि व्यवस्था विभागसँग यस्ता किसिमका औषधिको खराब पक्षबारे कुनै जानकारी छैन र अनुसन्धान गर्न पहल पनि भएको छैन्।

एउटै औषधिको मूल्य अन्तर आठ गुणा बढी

सरकारले औषधि बजारमा प्रभावकारी अनुगमन नगर्दा उपभोक्ता चर्को मूल्य तिर्न बाध्य भएका छन्। औषधि व्यवस्था विभागले औषधिको उचित मूल्य निर्धारण नगर्दा विदेशबाट आयातितभन्दा स्वदेशमा उत्पादित औषधिको मूल्य आठ गुणासम्म महँगो पर्न गएको छ।

‘वर्ष दिनमै २० अर्बको आयात रोक्न सकिन्छ’

सरकारले औषधि उद्योगलाई सहयोग पुग्ने नीति ल्याए एक वर्षभित्रै २० अर्ब रुपैयाँ बराबरको औषधि आयात रोक्न सकिने सम्बन्धित व्यवसायीले बताएका छन्। स्वदेशी औषधि उद्योग गुणस्तरीय र आवश्यक औषधि उत्पादन गर्न सक्षम रहेको अवस्थामा सरकारी नीति उद्योगमैत्री भए उत्पादन दोब्बर बनाउन सकिने उनीहरुको भनाइ छ।

स्वास्थ्यमा खेलबाड : मापदण्ड नपुगेका कम्पनीका औषधि बजारमा

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को जिएमपी (असल उत्पादन अभ्यास) मापदण्ड पूरा गर्न नसकेर नवीकरण नभएका औषधि कम्पनीले उत्पादन गरेको औषधि बजारमा धमाधम बिक्रीवितरण भइरहेको पाइएको छ।

दर्जनौँ पोलिक्लिनिक अवैध रूपमा सञ्चालन

सिरहाको विभिन्न स्थानमा दर्जनौँ पोलिक्लिनिक अवैधरूपमा सञ्चालनमा रहेको पाइएको छ। सदरमुकाम सिरहासहित लहान, मिर्चैया, गोलबजारलगायतका मुख्य बजारमा ती पोलिक्लिनिक क्लिनिक अवैधरूपमा सञ्चालनमा रहेको पाइएको हाे।

जोनसन एन्ड जोनसन बेबी पाउडरको नमूना जफत

भारतको केन्द्रीय औषधि नियामक निकाय ‘सेन्ट्रल ड्रग्स स्ट्यान्डर्ड कन्ट्रोल अर्गनाइजेसन’ सिडिएससिओले बालबालिकाका लागि पाउडर उत्पादन गर्ने जोनसन एन्ड जोनसनको हिमाञ्चल प्रदेशस्थित बड्डीमा रहेको प्लान्टबाट नमूना जफत गरेको छ।

भक्तपुरमा भेटिए दर्ताबिनाका औषधि पसल

भक्तपुरमा सञ्चालित अधिकांश औषधि पसलमा अनुमतिपत्र अर्थात् फार्मेसी उत्तीर्ण भएको प्रमाणपत्र नभएका व्यक्तिले औषधि बिक्री गरेको पाइएको छ।

जथाभावी एन्टिबायोटिक नखानु

कुनै पनि औषधिको प्रयोग चिकित्सकको सिफारिसमा मात्र गर्नुपर्ने हो । तर हामी कहाँ जथाभावी एन्टिबायोटिकको प्रयोग गर्ने प्रवृत्ति छ ।

भविष्य : शाकाहारी भोजनको

अघिल्लो २–३ दशकमा मानिसको औसत आयु ह्वात्तै बढ्यो । बाल तथा मातृ मृत्यु दरमा आएको गिरावट तथा औषधि विज्ञानको सफलताले मानिसको सालाखाला उमेर बढ्यो ।

कमन कोल्ड : नो ड्रग्स

हो, रोगोपचारका लागि ड्रग्स (औषधि) आवश्यक छ। औषधि र मेडिकल साइन्सको विकासका कारण बालमृत्युदर र आकस्मिक दुर्घटनाबाट हुने मृत्युदरमा निकै कमी आएको छ ।

औषधि ब्यवसायी संघ पनि अब प्रादेशिक संरचनामा

मुलुक संघीय संरचनामा प्रवेश गरेपछि नेपाल औषधि ब्यवसायी संघले पनि विधान संशोधन गरेर आफुलाई प्रादेशिक संरचनामा लगेको छ। संघको नेपालगन्जमा शनिबार अबेरसम्म सम्पन्न साधारण सभाको बन्द सत्रले साविकको अञ्चल शाखालाई खारेज गरी प्रादेशिक संरचनासहितको विधान संशोधन गरेको हो।

सुत्केरी गराउँदा पाठेघर सिलाइयो, परीक्षणबिनै औषधि चलाउँदा मृत्यु

चिकित्सकको चरम लापरबाहीका कारण एक महिला पीडामा बाँच्नुपर्ने भएको छ । सल्यानकी पार्वती गजुरेल महताराले परोपकार प्रसूति गृह थापाथलीमा १० वर्षअघि शल्यक्रिया गरेर पहिलो बच्चा जन्माएकी थिइन्।

औषधिविहीन संसारको सम्भाव्यता

आधुनिक समाजमा ओखती नखाने मानिस विरलै पाइन्छ । ६० वर्षीय समूहमा परेर पनि औषधि नखानु पर्ने मानिसलाई दैवी शक्ति पाएका भाग्यमानी भन्दा अन्यथा नहोला ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्