५ आश्विन २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

दर्जनौँ पोलिक्लिनिक अवैध रूपमा सञ्चालन

सिरहा - सिरहाको विभिन्न स्थानमा दर्जनौँ पोलिक्लिनिक अवैधरूपमा सञ्चालनमा रहेको पाइएको छ। सदरमुकाम सिरहासहित लहान, मिर्चैया, गोलबजारलगायतका मुख्य बजारमा ती पोलिक्लिनिक क्लिनिक अवैधरूपमा सञ्चालनमा रहेको पाइएको हाे। 

जिल्ला जनस्वास्थ्य कार्यालय सिरहाकाअनुसार हालसम्म कार्यालयमा ९२ पोलिक्लिनिक, अस्पताल, ल्याब तथा डेण्टल क्लिनिक दर्ता भएर सञ्चालनमा रहेका छन्। तीमध्ये एक दर्जनभन्दा बढी स्वास्थ्य क्लिनिकको नवीकरण सकिएको तथा कतिपय स्वतः खारेजीको प्रक्रियामा रहेको कार्यालयका शाखा अधिकृत उमेशलाल कर्णले जानकारी दिए।

कर्णका अनुसार लहानमा सञ्चालित आदित्य मेडिकल केयर सेन्टर, लीलामदन पोलिक्लिनिक प्रालि, त्रिदेव पोलिक्लिनिक प्रालि, डिभाइन हेल्थ केयर हस्पिटल, लहान लाइफ केयर हस्पिटल, मिर्चैया– ७ फुलबडियामा सञ्चालित शुभ शान्ति पोलिक्लिनिक प्रालि, सिरहा नरपालिका–७ स्थित पण्डिल ल्याब, गोलबजार नगरपालिका–४ असनपुरस्थित माँ धमीनी हस्पिटल प्रालि, गोलबजार–४ स्थित भुमिजा हस्पिटल एण्ड टेक्निकल डेभलेपमेन्ट सेन्टरलगायतका स्वास्थ्य संस्थामध्ये कतिपयको नवीकरण सकिएको छ। तर उनले भने,' अहिले पनि अधिकांस औषधि पसल तथा पोलिक्लिनिकदर्ताबिनै सञ्चालनमा रहेको छ।' 

गत भदौ २० गते सरोकारवाला, स्वास्थ्य संस्था प्रमुख तथा प्रतिनिधिको बैठकले गत कात्तिक २० गतेसम्म नवीकरणको लागि समयसीमा तोकेको भएपनि हालसम्म कुनै पनि पोलिक्लिनिक तथा स्वास्थ्य संस्थाले नवीकरणका लागि निवेदन तथा कागजात पेश नगरेको शाखा अधिकृत कर्णले बताए। स्वास्थ्यजस्तो संवेदनशील विषयमा खेलवाड हुँदै आए पनि नियमनकारी निकाय बेखबर बनेको स्थानीयवासीको भनाइ छ। रासस

प्रकाशित: १७ पुस २०७५ ०७:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App