नेपाली युवा उद्यमी फोरम स्थापना
युवा व्यवसायीलाई सकारात्मक व्यक्तिगत सोच र दृष्टिकोण सशक्त बनाएर विकास र प्रवद्र्धन गर्ने उद्देश्यले नेपाली युवा उद्यमी फोरम (एनवाइइएफ) अन्तर्गत वीरगन्ज र जनकपुर अध्यायको स्थापना भएको छ ।
युवा व्यवसायीलाई सकारात्मक व्यक्तिगत सोच र दृष्टिकोण सशक्त बनाएर विकास र प्रवद्र्धन गर्ने उद्देश्यले नेपाली युवा उद्यमी फोरम (एनवाइइएफ) अन्तर्गत वीरगन्ज र जनकपुर अध्यायको स्थापना भएको छ ।
नेपालमा धेरै राजनीतिक क्रान्ति भए । पटकपटक राजनीतिक शासन प्रणाली पनि परिवर्तन भए । पछिल्लोपटक हामीले समृद्धिअनुकूलको राजनीतिक उपलब्धि हासिल गरेका छौँ– संघीय लोकतान्त्रिक गणतन्त्र । यसैअन्तर्गत जनभावनाअनुरूपको नयाँ संविधान पनि पाइसकेका छौँ– नेपालको संविधान २०७२ । सँगसँगै संघीय शासन प्रणाली पनि ।
एक महिना अगाडिको कुरा हो,एक परिचित व्यक्तिले मलाई अंग्रेजीमा "Is it the time to be in politics ?" भनेर यो प्रश्न गर्नुभएको थियो। यो प्रश्नमा उत्तर पाउने जिज्ञासा भन्दा बढी मलाई गरिएको खबरदारीको संकेत भान भएको थियो। उहाँको हाउभाउले मलाई एकछिन मै स्पष्ट पारिदियो। यो प्रश्न गर्नुको उद्देश्य राजनीति गर्नु हुन्न भन्ने पक्षमा थियो।
नेपालसँग कुनै किसिमको सम्झौता नगरी कतार सरकारले नेपाली युवालाई प्रहरीमा भर्ना गरेको छ। कुनै पनि मुलुकले अर्को मुलुकका नागरिकलाई आफ्नो सुरक्षा निकायमा भर्ना गर्दा सम्झौता हुनुपर्ने सर्वव्यापी मान्यता हो। कतारसँग नेपालको श्रम सम्झौता भए पनि नेपाली युवालाई सुरक्षा निकायमा भर्ना गर्ने किसिमको कुनै सम्झौता भएको छैन।
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका युवा किसान गंगाबहादुर बिश्वकर्माले चार वटा हाइटेक निर्माण गरेका छन् । खोटाङ कृषि फार्म स्थापना गरेर व्यवसायीक रुपमा कृषि पेशा अपनाउँदै आएका बिश्वकर्माले उच्च मूल्यायुक्त तरकारी खेतीका लागि ४२ लाखको लागतमा एकैसाथ चार वटा हाइटेक निर्माण गरेका हुन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षका केन्द्रीय सदस्य तथा युवा संघका पूर्व अध्यक्ष महेश बस्नेतले अहिले भएको विभाजनलाई पार्टी फुटेको रुपमा बुझ्न नहुने बताएका छन्।
विदेशमा रोजगारीका लागि गएका युवादेखि सहर बजारमा पढे/बढेका कैयौँ युवा जन्मथलो फर्केर बन्दाबन्दीको अवधिमा आफ्नो जमिनसँग एकाकार हुने मौका पाए । त्यस्ता केही युवालाई कृषि, पशुपालन, वन पैदावर, साना तथा मझौला उद्यमशीलता विकास गर्न प्रोत्साहन गरिनु अपरिहार्य भएको छ ।
राष्ट्र सञ्चालन गर्न स्वाभिमान र साहस चाहिन्छ। बेइमानको बथानबाट त्यो सम्भव हुँदैन।
चार–पाँच महिनाअघि त्यस केटा साथीसँग ब्रेकअप भयो । अहिले उनी मानसिक रूपमा विक्षिप्त छिन् । घरीघरी उनीमा बाँच्न मन नलाग्ने विचार आउँथ्यो । त्यस्तो बेला उनले चक्कुले हात समेत काट्थिन् ।
नेपाल कम्युस्टि पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले युवा पुस्तामा नेतृत्व हस्तान्तरण गर्नुपर्नेमा जोड दिएका छन्।
आफ्नो घरको समस्या अरूलाई देखाउनु/सुनाउनु भनेको भण्डार खनेर रछ्यान पुर्नु बराबर हो। उसले सुनुन्जेल सुन्छ अलि पर पुगेपछि खुच्चिङ तलाई ठिक्क प-यो भन्छ। विदेशिनु भनेको पनि भण्डार खनेर रछ्यान पुर्नु बराबर हो।
युवा पुस्ताले सशक्त हस्तक्षेप गरी आफूलाई नेतृत्वका लागि अघि सार्नुको विकल्प छैन। र, त्यो कार्य युवा पुस्ताका नेताहरूबीचको आपसी सहकार्य र समझदारीबाट मात्रै संभव छ। त्यसैले युवा पुस्ता गुटको फेर समातेर नेताको सहयोगी मात्रै बन्ने होइन, एकताबद्ध भएर पार्टीलाई रूपान्तरण गर्नुको विकल्प छैन।
कोरोना संक्रमणका कारण थिलथिलो भएको पर्यटन व्यवसायलाई पुनर्जागरण गर्ने सन्देश दिन पोखराका स्थापित युवा व्यवसायी साइकल -याली गर्दै सौराहा पुगेका हुन्।
गत वर्षदेखि ८४ वटा पालिकामा खेल पूर्वाधार निर्माण सुरु भइसकेको जानकारी दिँदै यस वर्ष थप ३० स्थानीय तहमा यो कार्यक्रम सुरु गरिने मन्त्रालयले जनाएको छ।
राष्ट्रिय युवा परिषद्ले एक प्रदेश एक नेशनल यूथ इनोभेशन एण्ड इन्क्यूबेशन सेन्टर (राष्ट्रिय युवा नवप्रवर्तन केन्द्र) स्थापनाको शुरुआत गरेको छ।