१ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

पर्यटन प्रवर्द्धन गर्न पोखराका युवा व्यवसायी सौराहामा

पोखराका युवा व्यवसायी पर्यटन प्रवर्द्धन गर्न सौराहा पुगेका छन्। कोरोना संक्रमणका कारण थिलथिलो भएको पर्यटन व्यवसायलाई पुनर्जागरण गर्ने सन्देश दिन पोखराका स्थापित युवा व्यवसायी साइकल -याली गर्दै सौराहा पुगेका हुन्।

बिहान ७ बजे प्रस्थान गरेको टोली अपराह्न सौराहा पुगेको साइकल -यालीका संयोजक सोभितमान बुद्धाचार्यले जानकारी दिए। बिहीबार अपराह्न पुगेको टोली शुक्रबार सौराहामै बस्ने र शनिबार मात्र फर्किने उनले बताए।

‘हाम्रो उद्देश्य भनेको थलिएको पर्यटनलाई पुनर्जागृत गराऔं भन्ने सन्देश दिनु हो,’ उनले भने, ‘थिलथिलिएको पर्यटनलाई अब चलायमान गराउनुपर्छ र त्यसका लागि हामी तयार छौं भन्ने सन्देश दिनु पनि हो।’ उनले पोखरासहित पर्यटकीय क्षेत्र सुरक्षित छ है भनेर सन्देश दिनु पनि आफूहरुको भ्रमणको उद्देश्य रहेको उनले प्रष्ट्याए। अब पनि हामी चुप लागेर बस्यौं भने पर्यटन रिभाइभ गर्न मुश्किल हुन्छ, त्यसैले यसको शुरुवात गर्नुपर्छ भनेर हामीले अगुवाइ गरेका हौं।’

प्रकाशित: २३ आश्विन २०७७ ०५:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App