४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

बौद्धमा बोराभित्र शव फेला

महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी नायब उपरीक्षक नविन कार्कीका अनुसार कतै हत्या गरेर जलाएर शवको एक भाग यहाँ फालेको हुनसक्ने अनुमान छ। दायाँ खुट्टाको भाग अर्ध जलेको अवस्थामा फेला परेको छ।

नागरिकता अध्यादेशविरुद्धको रिट हेर्न बरिष्ठताको आधारमा संवैधानिक इजलास गठन

नागरिकतासम्बन्धी अध्यादेशविरुद्धका रिट निवेदन माथिको सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले बरिष्ठताको आधारमा संवैधानिक इजलास गठन गरेका छन्।

नेता गायक बने पछि...

केशव झा नेता हुन् । उनी जनता समाजवादी पार्टीका कार्यकारिणी समितिका सदस्य हुन् । तर उनको परिचय यतीमा मात्र सीमित छैन, उनी एउटा गायक पनि हुन् । अहिलेसम्म उनले १० वटा गीत गाएका छन् । राजनीतिको कारण उनको संगित क्षेत्रको परिचय ओझेलमा परहेको छ ।

आँखा रोग बिशेषज्ञ डाक्टर रुइटले जुटाए शव वाहनका लागि रकम

ताप्लेजुङमा पहिलो पटक शव वाहनको व्यवस्थापन हुने भएको छ। अहिलेसम्म शव वाहनविहीन जिल्ला रहेको ताप्लेजुङका लागि फक्ताङलुङ गाउँपालिका वडा नं. ७ ओलाङचुङगोलामा जन्मिएर आँखा रोगको क्षेत्रका विश्वमै विज्ञ कहलिएका तिलगंगा आँखा अस्पतालका प्रबन्धक समेत रहेका डाक्टर सन्दुक रुइटले शव वाहन खरिदका लागि रकम जुटाइदिएका छन्।

शवघाट व्यवस्थापन स्थल छनौटमा अन्यौलता

कालिकोट तिलागुफा ४ का ६४ वर्षीय सिंहबहादुर शाहीको कोरोना संक्रमणका कारण जेठ २ गते मृत्यु भयो। कोरोना संक्रमण देखिएपछि वैशाख २२ गते उनलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा भर्ना गरिएको थियो।

पशुपतिमा दाउरा कमी हुन नदिनूः मन्त्री आले

वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले पशुपति क्षेत्रको शवदाह क्षेत्र आर्यघाटमा दाउराको कमी हुन नदिन निर्देशन दिएका छन्।

संक्रमितको शव व्यवस्थापनमा सक्रिय दुई युवती

उनीहरू दुवैजनाले स्वेच्छाले सामाजिक सेवामा लागिपरेको बताए। कोरोनाको पहिलो लहरदेखि नै कोरोनासम्बन्धी जनचेतनामूलक काम गरिरहेका उनीहरू कोरोना संक्रमितको लहर कम भएको बेलामा पनि ठाउँठाउँमा पुगेर शव व्यवस्थापनबारे तालिम लिँदै आएका थिए।

८ हजार ९६० नयाँ संक्रमित, ५ हजार ५५ संक्रमणमुक्त, २१४ जनाको मृत्यु

कूल २० हजार २ सय ४५ जनाको परीक्षण गर्दा सोको संख्यामा संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

धरानमा संक्रमितको शव अत्येष्टीमा स्थानीयको अवरोध

दाहसँस्कारस्थल आसपासका स्थानीय बासिन्दाले विरोध गरेपछि धरानमा कोरोना संक्रमितको शवलाई जातीय सँस्कार अनुसार जलाएर अन्त्येष्टी गर्न अवरोध पुगेको छ ।

विदेशमा मृत्यु भएकाको शव सिधै घरमा

विगतमा वैदेशिक रोजगारीको क्रममा निधन भएकाको शव लिन आफन्तहरू त्रिभुवन विमानस्थलसम्म पुग्ने गर्थे। वैदेशिक रोजगार बोर्डका निर्देशक दीनबन्धु सुवेदीले निषेधाज्ञाको बेला सर्वसाधारणलाई आवतजावतमा समस्या भए पनि वैदेशिक रोजगारीको क्रममा रहेकाहरूको निधन हुने क्रम नरोकिएकाले शव सिधैं घरसम्म पुर्‍याउने व्यवस्था मिलाइएको बताए।

कोरोनाबाट भेरी अस्पतालमा थप चार जनाको मृत्यु

कोरोना संक्रमणबाट बाँकेमा आज दिउँसो थप चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सबै बाँकेका हुन्।

'शव ब्यवस्थापनमा शत प्रतिशत सुरक्षाको विधि अपनाउँछौं'

नयाँ भेरियन्टसहित दोस्रो चरणमा तीव्र रुपमा फैलिएको कोरोना संक्रमणको अवस्था झन् भयावह छ । नेपालगन्जस्थित भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा कोरोना संक्रमितको चाप बढेपछि अहिले दैनिक रुपमा ८ देखि १६ जनाको मृत्यु भइरहेको छ ।

संक्रमितको शव लैजानै समस्या

कोरोना संक्रमणबाट निधन भएका मध्ये सबैका आफन्तले शव व्यवस्थापनमा निकै धेरै समस्या भोग्नु परिरहेको छ।

संक्रमितको शव व्यवस्थापनमा समस्या

पछिल्लो समय कोरोना सक्रमणबाट ज्यान गुमाए पछि शव व्यवस्थापनमा आफन्तले भोग्दै आएका यी केही प्रतिनिधि घटना मात्रै हुन। कोरोना संक्रमणबाट निधन भएकामध्ये सबैका आफन्तले शव व्यवस्थापनमा निकै समस्या भोग्नु परिरहेको छ।

शव पोष्टमार्टमका लागि ल्याउँदै गरेको जिप दुर्घटना, ४ जनाको मृत्यु

चट्याङ लागेर मृत्यु भएका पञ्चेश्वर गाउँपालिका–६ का वडा सदस्य गोविन्दसिंह भण्डारीको शव पोष्टमार्टमका लागि ल्याउँदै गरेको से१ज १२३ नम्बरको जिप दुर्घटनामा परेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्