१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बौद्धमा बोराभित्र शव फेला

काठमाडौंको बौद्धस्थित नयाँवस्तीको प्लानिङ चउरमा बोराभित्र शवको केही भाग फेला परेको छ।  

आज बिहान दुँबो टिप्न गएका स्थानीयले बोराभित्र शवको घुँडा र खुट्टाको भाग देखेपछि प्रहरीलाई खबर गरेका थिए। महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी नायब उपरीक्षक नविन कार्कीका अनुसार कतै हत्या गरेर जलाएर शवको एक भाग यहाँ फालेको हुनसक्ने अनुमान छ। दायाँ खुट्टाको भाग अर्ध जलेको अवस्थामा फेला परेको छ।  

कार्कीका अनुसार शव युवा अवस्थाको मान्छेको हुनसक्ने घटनास्थलमा खटिएका चिकित्सक टोलीले  बताएको जानकारी दिए। साथै शव तीन साता पहिलेको हुनसक्ने चिकित्सकले बताएका छन्। अहिले शवको पहिचान भइसकेको छैन। चिकित्सक टोलीसहित प्रहरीले घटनाको अनुसन्धान थालिसकेको छ। 

प्रकाशित: २५ जेष्ठ २०७८ ०६:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App