१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

कोरोनाबाट भेरी अस्पतालमा थप चार जनाको मृत्यु

भेरी अस्पतालमा आइतबार मृत्यु भएकाकाे शव ब्यवस्थापन गरिँदै । तस्बिर सौजन्य : बिमल चन्द

कोरोना संक्रमणबाट बाँकेमा आज दिउँसो थप चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सबै बाँकेका हुन्। कोभिड संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार डुडुवा–५ बाँकेका ४२ वर्षीय पुरुषको मृत्यु भएको छ। भेरी अस्पतालमा उपचारका क्रममा आज(आइतबार) दिउँसो ३ बजेर २० मिनेटमा मृत्यु भएको हो। भेरी अस्पतालमा शनिबार पिसिआर परीक्षण गर्दा उनलाई कोरोना पोजेटिभ भएपछि सोही दिन भर्ना भएका थिए।

यस्तै खजुरा–३ बाँकेकी ७० वर्षीया महिलाको मृत्यु भएको छ। भेरी अस्पतालमा उपचारका क्रममा आइतबार दिउँसो २ बजेर ४० मिनेटमा मृत्यु भएको हो। नेपालगन्ज मेडिकल कलेजमा यही वैशाख २० गते पिसिआर परीक्षण गर्दा उनलाई कोरोना पुष्टी भएको थियो। त्यसपछि वैशाख २३ गते भेरी अस्पतालमा उनी भर्ना भएकी थिइन्।  

कोरोना संक्रमणबाट राप्तीसोनारी–६ बाँकेका ५० वर्षीय पुरुषको पनि मृत्यु भएको छ। भेरी अस्पतालमा यही वैशाख २० गते पिसिआर परीक्षण गर्दा उनलाई कोरोना पोजेटिभ भएको थियो। सोही दिन भेरी अस्पतालमा भर्ना भएका उनको स्वास्थ्यमा कुनै सुधार नआएपछि आइतबार दिउँसो २ बजे मृत्यु भएको हो।  

यसैगरी नेपालगन्ज–४ बाँकेकी ६५ वर्षीया महिलाको मृत्यु भएको छ। भेरी अस्पतालमा उपचारका क्रममा आइतबार बिहान ११ बजेर ४५ मिनेटमा मृत्यु भएको हो। भेरी अस्पतालमा शनिबार पिसिआर परीक्षण गर्दा उनलाई कोरोना पुष्टी भएपछि सोही दिन भर्ना भएका थिए।  

यसअघि आजै बिहान र गएराती समेत गरी ११ जनाको मृत्यु भएको थियो। योसँगै कोरोना संक्रमणबाट बाँकेमा १ सय ८६ जनाको मृत्यु भएको छ। यस्तै बाहिरी जिल्लाबाट उपचारका लागि बाँकेमा आएका १ सय ३७ जनाको मृत्यु भइसकेको छ।

प्रकाशित: २६ वैशाख २०७८ १२:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App