४ वैशाख २०८१ मंगलबार
कला

नेता गायक बने पछि...

केशव झा नेता हुन् । उनी जनता समाजवादी पार्टीका कार्यकारिणी समितिका सदस्य हुन् । तर उनको परिचय यतीमा मात्र सीमित छैन, उनी एउटा गायक पनि हुन् । अहिलेसम्म उनले १० वटा गीत गाएका छन् । राजनीतिको कारण उनको संगित क्षेत्रको परिचय ओझेलमा परहेको छ ।  

पछिल्लो पटक उनले एउटा गीत बजारमा ल्याएका छन् । ‘उठौ मधेसी,जागौ’ मधेसी बोलको उक्त गीत युटुबमा राखिएको छ । उक्त गीतमा झाले स्वर मात्र दिएका छैनन्, गितको लेखन र संगित समेत झाले आफै भरेका छन् । गीत मैथिली भाषामा गाइएको छ ।  

झाले यसअघि २०६९ सालमा ‘पिए धेरै’नाम राखिएको एउटा एलबम पनि सार्वजनिक गरेका थिए । उक्त एलबममा ६ वटा गित राखिएका छन् । सबै गीत नेपाली भाषाका छन् । झाले ३ वटा भोजपुरे भाषाका गीत पनि गाएका छन् । ‘गीत मेरो सोख हो । राजनीतिमा नलागेको भए सायद गायन क्षेत्रमा लाग्ने थिए होला’झाले भने,‘नाफाको लागि गाएको छैन । यसबाट नाफा कत्ति पनि आउदैन ।’

लकडाउनको फुर्सद र अहिलेको परिस्थितिलाई हेरेर ‘उठौ मधेसी जागौ मधेसी’ गीत बजारमा ल्याएको उनले बताए । ‘लकडाउनले केही फुर्सदिलो बनाएको छ । त्यसमा पनि अहिलेको परिस्थितिलाई हेरेर गीत बजारमा ल्याएका हुँ’, झाले भने । झाले अरु पनि गीत बजारमा ल्याउने योजना बनाएका छन् । हेरौ, यसमा उनी कति सफल हुन्छन् ।

प्रकाशित: १८ जेष्ठ २०७८ १०:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App