४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

किसानलाई धान काट्न भ्याइनभ्याइ, उत्पादन बढने अनुमान

नवलपरासी (बर्दघाट सुस्तापूर्व)का किसान धान काट्न र थन्क्याउन व्यस्त हुन थालेका छन्। किसानहरू खेतमा धान थन्काउनमा व्यस्त देखिन्छन्।

सुनसरीमा किसानलाई ७२ लाखको अनुदान दिइदै

अन्न बाली उत्पादनको उर्वर भूमि मानिएको सुनसरी जिल्लामा चालु आर्थिक वर्षको पहिलो चरणमा ७२ लाख रुपैयाँ बराबर किसानलाई अनुदान रकम प्रदान गरिने भएको छ।

विदेशमा सम्पत्ति राख्न नपाउने व्यवस्था गर्न जरुरी: सांसद सुवाल

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपालीको सम्पत्तिको सीमाङ्कन गर्ने र विदेशमा सम्पत्ति राख्न नपाउने व्यवस्था गर्न जरुरी रहेको बताएका छन्।

ढुसीको प्रकोपले कागतीका बोट मर्न थाले,किसान चिन्तित

फल लागेको कागतीका बोट मर्न थालेपछि बागलुङका किसान चिन्तित भएका छन्। ढुसीको प्रकोप देखिएपछि पछिल्लो दुई महिनायता कागतीका बोट मर्न थालेका हुन्।

अनुदानको बीउबाट राम्रो उत्पादन नहुँदा किसान चिन्तित

खैरहनी नगरपालिकाले किसानलाई अनुदानमा उपलब्ध गराएको धानको बीउबाट राम्रो उत्पादन नभएपछि किसान चिन्तित बनेका छन्।गत वर्षको तुलनामा यस वर्ष उत्पादनमा ७५ प्रतिशत कमी हुने देखिएपछि यस क्षेत्रका किसान चिन्तित बनेका हुन्।

खपत कम हुँदा दूध किसानले पाएनन् भुक्तानी

खपत कम हुँदा दूध किसानले समयमै भुक्तानी पाउन नसकेको उल्लेख गर्दै नेपाल डेरी एसोसिएसनले चाडपर्वमा दूधको खपत बढाउन आग्रह गरेको छ।

दसैँको खसी बजार कारोबारमा कमी,किसान र व्यापारी चिन्तित

आर्थिक मन्दीको प्रभाव यसपाली दसैँको खसी बजारमा पनि देखिएको छ । धरान १३ स्थित कृषि उपज बजार स्थलमा अनुमान गरिएभन्दा थोरै खसी बोकाको कारोबार भएको छ।

बेमौसमी बर्षातले सधैं मर्कामा किसान

किसानले कहिले समयमै धान र गहुँको बीउ नपाउने त कहिले मल नपाउने। कहिले सिँचाइ तथा जोत्नका लागि डिजेल नपाउने त कहिले उत्पादित फसलको उचित मूल्य वा बजार नपाउने हुँदा सधैं मर्कामा पर्दै आएका छन्।

‘लम्पीस्किन’ पीडित किसानलाई राहत

काभ्रेपलाञ्चोकको पनौती नगरपालिकाले लम्पीस्किन रोगबाट पशुचौपाया मरेका तीन सय किसानलाई राहत वितरण गरेको छ। हालसम्म नगरका १२ वडामा तीन सय किसानको तीन सय १० पशु चौपायाको लम्पीस्किनबाट मृत्यु भएको नगरले जनाएको छ।

भक्तपुरका किसानलाई धान भित्र्याउन चटारो

भक्तपुरका किसानलाई यतिखेरि धान भित्र्याउन चटारो छ। एकातिर किसानका घरआँगन, कौसी तथा चोकचोकमा धान सुकाउनेको लर्को लागेको छ भने अर्कोतर्फ कोही खेतमा पाकेर पहेँलपुर भएको धान काट्ने, झार्ने र घर ल्याउने कार्यमा व्यस्त छन्।

सरकारले अनुदानको पैसा नदिँदा उखु किसानको दसैँ खल्लो

रौतहट र सर्लाहीका किसानले चिनी मिललाई बिक्री गरेको उखुबापत नेपाल सरकारले दिनुपर्ने अनुदान नदिँदा किसानहरूको दसैँ खल्लो हुने भएको हो।

किसानको गुनासो: किसान हुँ भन्दा लाज लाग्ने अवस्था छ

कृषिप्रधान देश नेपालको करिब ७० प्रतिशत जनसंख्या कृषिमा निर्भर छ। तर, कृषिमा लागेका किसान भने आफूलाई किसानको पहिचान दिन हिच्किचाउँछन्। उनीहरु आफूलाई किसान भनेर चिनाउन चाहँदैनन् अर्थात शीर ठाडो पारेर किसान हुँ भन्न सक्दैनन्।

२२ सांस्कृतिक गुरु सम्मानित

विश्व पर्यटन दिवस अवसरमा भक्तपुर नगरपालिका १ देखि १० वडासम्मका २२ जना सांस्कृतिक गुरुलाई मंगलबार एक समारोहबीच सम्मान गरिएको छ।

किसान नै पाउँदैनन् ऋण अनि कसरी बढ्छ उत्पादन?

सरकारले कृषिलाई आधुनिकीकरण, व्यवसायीकरण गरेर उत्पादन बढाउने घोषणा गरे पनि किसानले मागअनुसार कृषि ऋण पाएका छैनन्। बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर व्यावसायिक रूपमै खेती गर्न चाहने करिब सवा ९ लाख किसानले कृषि ऋण नपाएको एक सरकारी अध्ययनले देखाएको छ।

धान बालीमा रोगको सङ्क्रमण फैलिएपछि किसान चिन्तित

गाभा सरेर पोटाउन लागेको धान बालीमा गभारो नामको कीरा तथा ब्लास्ट नामक रोगको सङ्क्रमण फैलिएपछि किसान चिन्तित बनेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्