४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

अलैँचीको मूल्यवृद्धिले किसान उत्साहित

ताप्लेजुङमा गत वर्षभन्दा यस वर्ष दोब्बर बढी मूल्यमा अलैँचीको कारोबार हुन थालेको छ।अलैँचीको नयाँ फसल (उत्पादन) बजारमा आउन थालेसँगै गत वर्षभन्दा दोब्बर बढी मूल्यमा कारोबार हुन थालेको हो।

बागलुङे किसान स्याउमा भविष्य खोज्दै

एक दशकअघिसम्म बागलुङको ढोरपाटन उपत्यका र निसेलढोरमा मात्रै व्यावसायिक रूपमा स्याउखेती गरिन्थ्यो। परम्परागत रूपमा रैथाने स्याउ उत्पादन गर्दै आएका किसानले अहिले आधुनिक प्रविधिबाट नयाँनयाँ प्रजातिका स्याउ लगाउन थालेका छन्।

सरकारले दिएन उखुको रकम, किसानलाई घरबार चलाउनै मुस्किल

सरकारले उखु किसानलाई भुक्तानी गर्नुपर्ने रकम नपठाउँदा रौतहटका उखु किसान मर्कामा परेका छन्।

अनुगमनमा आएका कर्मचारीलाई उखु किसानले रोके

रौतहटको गरुडस्थित श्रीराम सुगर मिल्स लिमिटेडको अनुगमन गर्न आएका कर्मचारीलाई उखु किसानले रोकेका छन् । गत ३ वर्षदेखि स्थायी रूपले बन्द गरिएको चिनी उद्योगका पाट पुर्जालाई बिक्री गर्ने प्रयोजनका लागि आएका कर्मचारीलाई किसानहरूले अनुगमन गर्न रोकेका हुन्।

अकबरे खुर्सानी खेतीबाट मनग्य आम्दानी !

उत्पादन भएको खुसार्नी किसानको बारीबाट ठेकेदारले खरिद गरेर लैजाने गरेका छन्। खुर्सानी स्थानीय बजारमा प्रतिकिलो दुई सय ५० देखि तीन सय ५० सम्ममा बिक्री हुने गरेको किसानको भनाइ छ।

सिँचाइ पुगेपछि व्यावसायिक बन्दै भार्लाङका किसान

भरतपुर महानगरपालिका २९ स्थित भार्लाङमा खेतीपातीका लागि उपयुक्त जमिन छ। यद्यपि यहाँका किसानले पर्याप्त सिँचाइ नहुँदा राम्रो उब्जनी गर्न सकेका थिएनन्।

फोइमा स्याउ पाक्याे, सडक र कोल्डस्टोरको अभावले किसान चिन्तित

सस्याउ ढिलो टिप्दा कुहिने डरले काँचो स्याउ नै बजारमा पुग्ने गरेको छ । अहिले दैलेख, सुर्खेत, नेपालगञ्जका बजारमा कालिकोट र जुम्लाको स्याउको मूल्य प्रतिकिलो एक सयभन्दा बढी छ ।

दिक्तेल रुपाकोट मझुवागढीका किसानलाई ‘किसान क्रेडिट कार्ड’

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले किसानलाई ‘किसान क्रेडिट कार्ड’ वितरण शुरू गरेको छ।

जुम्लाका किसानलाई स्याउ टिप्ने चटारो

जुम्लाको तातोपानी गाउँपालिका-२ डागीवाडा गाउँका रामबहादुर रावललाई यतिबेला आफ्नो बगैंचाको स्याउ टिप्न भ्याईनभ्याई छ।

उद्योग सञ्चालन नगरे आन्दोलन गर्ने चेतावनी

रौतहटको गरुडास्थित श्रीराम सुगर मिल्सलाई पुनः सञ्चालन नगरे कडा आन्दोलन गर्ने चेतावनी नेताहरूले दिएका छन्। उद्योग परिसरमा शनिवार उखु उत्पादक संघ रौतहटको आयोजनामा भएको किसान आम सभाका वक्ताहरुले उद्योग सञ्चालनमा आफूहरूले सहयोग गर्न तयार रहेको बताउँदै उद्योग सञ्चालन नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएका हुन्।

भेडा तथा च्याङ्ग्रा किसानले पाए, ‘गोठालो भत्ता’

कर्णाली प्रदेशस्थित चार जिल्लाका भेडा तथा च्याङ्ग्रा किसानहरूले गोठालो भत्ता पाएका छन्। प्रदेश सरकारले कार्यविधि बनाएर गोठालो भत्ता कार्यक्रम बनाएको थियो। मापदण्डमा परेको कर्णालीका ४ सय ३७ किसानले ‘गोठालो भत्ता’ पाएका हुन्।

मनाङका किसानले स्याउ टिप्न थाले

हिमाली जिल्ला मनाङमा किसानले स्याउ टिप्न थालेका छन्। जिल्लाको तल्लो क्षेत्रमा लगाइएका गाला, मेमा र रेड डेलिसियस प्रजातिका स्याउ टिप्न थालिएको हो।यहाँ विभिन्न स्याउमध्ये गाला, मेमा र रेड डेलिसियस, फुजी, किकु, रेड जोना, प्रिन्स र गोल्डेन प्रजातिका स्याउ उत्पादन हुँदै आएका छन्।

जंगली जनावरबाट हैरानी खेप्दै किसान

डडेल्धुराको नवदुर्गा गाउँपालिका-२ मा किसानले लगाएको मकै बाली जङ्गली जनावर बँदेल, बाँदर तथा दुम्सीले नष्ट पारेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्