१७ असार २०८१ सोमबार
image/svg+xml
समाज

२२ सांस्कृतिक गुरु सम्मानित

विश्व पर्यटन दिवस अवसरमा भक्तपुर नगरपालिका १ देखि १० वडासम्मका २२ जना सांस्कृतिक गुरुलाई मंगलबार एक समारोहबीच सम्मान गरिएको छ। भक्तपुर नगरपालिका १ देखि १० वडासम्मका प्रतिवडा दुईदुई जना र दुईजना विशिष्ट गरी कुल २२ जनालाई सम्मान गरिएको हो।

गाईजात्रा अवसरमा भदौ १४ गते  प्रदर्शन गरिएका घिन्ताङघिसी र माक प्याँख (एक प्रकारको नाच) तथा भदौ १६ देखि २० गतेसम्म प्रदर्शन गरिएका सांस्कृतिक विधामा उत्कृष्ट समूह तथा कलाकारलाई नगदसहित पुरस्कार तथा सम्मान गरिएको हो।

नाचका विभिन्न विधा देवी प्याँख (नाच), भैल प्याँख, माक प्याँख, जंगली प्याँख, ख्याँल प्याँख, कँलाली प्याँख, भालु प्याँख, ख्या प्याँख, कवांचा प्याँख, दैत्य प्याँख, लाहुरे प्याँख, झ्याउरे सो क्रममा उत्कृष्ट कलाकारलाई पनि सम्मान तथा पुरस्कृत गरिएको थियो। उत्कृष्ट कलाकारमा महिलातर्फ रोशिका जधारी, पुरुषतर्फ राज प्रजापति, बालतर्फ आयुषा गोरा, निर्देशकतर्फ शिवसुन्दर गोरा र लेखकतर्फ आशराम वैद्य उत्कृष्ट भएका थिए।

उनीहरूलाई नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें, भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, उपप्रमुख रजनी जोशी, सांसद प्रेम सुवाल, प्रदेश सांसद सुरेन्द्रराज गोसाईलगायतले छुटाछुटै समूहलाई छुटाछुटै रूपमा पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए। 

प्रकाशित: ११ आश्विन २०८० ०१:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App