२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

सुस्मितालाई स्वर्ण

प्राइम ग्लोबल स्कुलकी सुस्मिता खड्काले राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिताको महिला सिंगल्समा स्वर्ण जितेकी छन्।

गरुडा नगरपालिकामा तालाबन्दी

गत असार १० मा गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनि प्रसाद कलवारले अल्पमत नगर सभा सदस्यको उपस्थितिमा नगर परिषद् गराएको भन्दै नगर उपप्रमुखसहित वडाध्यक्षहरूले नगरपालिकाका कार्यालयमा तालाबन्दी गरी धर्ना जारी राखेका छन्।

पोखराका मेयर आचार्य भन्छन्ः फेवातालको सिमसार क्षेत्रलाई आवास बनाउन दिन्नौं

पोखरा महानगरपालिकाका प्रमुख (मेयर) धनराज आचार्यले फेवातालको सिमसार क्षेत्रलाई आवास क्षेत्र भनेर वर्गीकरण नगरेको स्पष्टीकरण दिएका छन्।

उपभाेक्तालाइ मिडिया बुझाउँदै महासंघ

नेपाल पत्रकार महासंघले मिडियाका उपभोक्ताका लागि मिडिया साक्षरता अभियान प्रारम्भ गरेको छ। यसको सुरुवात दाङबाट गरिएको छ।

चुरोट, खैनीको लत छुटाउन ‘निकोटेक्स’

सुर्तीजन्य पदार्थ छाड्न चाह्नेलाई सुरुमा परामर्श दिएर बढीमा ६ सातासम्म स्वास्थ्यकर्मीको निगरानीमा ‘निकोटेक्स’ सेवन गर्न दिइन्छ। चुइँगमजस्तै हुने निकोटेक्स मुखमा खैनीजस्तै च्याप्न सकिन्छ। यसको प्रयोगपछि खैनी, चुरोटलगायत सुर्तीजन्य पदार्थको लत छोड्न सकिन्छ। विश्व स्वास्थ्य संगठनको नमुना परियोजनाअन्तर्गत नेपालमा निकोटेक्स वितरण सुरु गरिएको हो।

बेगनास तालमा वाटर स्पोर्टसको सम्भाव्य अध्ययन गरिने

पोखरा महानगरपालिकाले आफनो १३ औं नगर सभामा आफनो नीति तथा कार्यक्रम सार्वजनिक गर्दै बेगनास तालमा वाटर स्पोर्टस गर्ने उल्लेख गरेको छ।

रविले सर्मथकलाई भने- 'सामाजिक संजालमा गालिगलौज नगर्नुस्, नेतालाई असर गर्छ'

पार्टीका समर्थकले सामाजिक संजालमा तल्लो स्तरको गालीगलौजमा उत्रिएको भन्दै आलोचना भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले त्यसो नगर्न आग्रह गरेका छन्।

फेस्टिभलले चिनियाँ पाहुनाको आगमन बढाउने अपेक्षा

पोखरेली पर्यटन व्यवसायी चिनियाँ पाहुनाबाट ठुलो अपेक्षा गर्छन्। कोरोना भाइरस संक्रमण सुरु हुनुअघि भित्रिएका ठुलो आकारका चिनियाँ पाहुनाका कारण पर्यटन क्षेत्रमा निकै राहत मिलेको थियो।

भेरी अस्पतालमा रेबिजविरुद्धको खोप अभाव

नेपालगञ्जस्थित भेरी अस्पतालमा रेबिजविरुद्धको खोप अभाव भएको छ। ‘एन्टी रेबिज भ्याक्सिन’ हालसम्म सेवाग्राहीलाई अस्पतालबाट निःशुल्करूपमा प्रदान गर्दै आएकामा अस्पतालमा खोपको मौज्दात सकिएकाले सो सेवा दिन नसकेको एक सूचनामार्फत जानकारी गराइएको छ।

‘असल नागरिक बनौं’ भन्ने तालिममा सहभागी सबै दीक्षित भए

गणेशमान सिंह फाउन्डेसनद्वारा आयोजित असलनागरिक बनौं भन्ने तालिममा सहभागी भएका १८ जना युवाहरू सबै दीक्षित भएका छन।

फेवातालमा ड्रागन बोट रेसको रौनक (फोटोफिचर)

दक्षिण एशियामै पहिलोपटक पोखरा फेवातालमा शुक्रबारदेखि ‘नेपाल–चीन फ्रेन्डसीप ड्रागन बोट रेस फेस्टिभल’ शुरु भएको छ। पोखरामा भएको यो फेस्टिभलले चिनियाँ पाहुनाको आगमन बढाउने अपेक्षा पर्यटन व्यावसायीको छ।

क्यान्सर वार्डका कुरुवा भूइँमै बस्न बाध्य

महिनौं उपचारमा आउने बिरामीको कुरुवाका लागि भने वीर अस्पतालको अन्कोलोजी र भक्तपुर क्यान्सर अस्पतालको अन्कोलोजी विभाग दुवैमा कुरुवाको लागि सुत्ने मिनी बेड (मेच) नहुँदा कुरुवाले सास्ती झेल्नुपरेको छ।

हुलाकी राजमार्ग निर्माणको माग राख्दै भोक हड्ताल

मोरङको कटहरी गाउँपालिकाका जनप्रतिनिधिहरुले अवरुद्ध हुलाकी राजमार्गको काम तत्कालै थाल्नु पर्ने माग राख्दै बिहीबारदेखि अनिश्चितकालीन भोक हड्ताल थालेका छन्।

ओझेलमा लुम्बिनी प्रदेश प्रहरी अस्पताल

लुम्बिनी प्रदेश प्रहरी अस्पताल २०५५ सालमा स्थापना भएको हो। द्वन्द्वकालको चपेटामा पर्दासमेत यसले निरन्तर सेवा प्रदान गरेको थियो।

फेवाताल संरक्षणमा सर्वोच्चको आदेश कार्यान्वयन होला?

सर्वोच्च अदालतको यसअघिको आदेश कार्यान्वयन भएको भए अहिले फेवाताल जलाधार क्षेत्रको संरक्षण भइसकेको हुन्थ्यो, त्यहाँका अवैध संरचना भत्काइसकिएको हुन्थ्यो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्