२१ असार २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

क्यान्सर वार्डका कुरुवा भूइँमै बस्न बाध्य

फाइल तस्वीर

वीर अस्पतालको अन्कोलोजी वार्डमा किमोथेरापी र प्यालियटिभ केयर सेवा दिइन्छ। यी दुवै उपचारको लागि आउने क्यान्सरका बिरामी सबैजसो गम्भीर खालका हुन्छन्। उनीहरूको लागि दुई जना कुरुवा चाहिन्छ। एकजना राति र एकजना दिनमा। किमोथेरापी लिने बिरामी महिनामा कम्तीमा दुईपटक आइ तीन रात बिताउनै पर्छ। प्यालिएटिभ सेवामा आउनेको लागि कति रात बिताउनु पर्छ यकिन हुँदैन। यो हिसाबले अस्पताल बसाइको क्रम महिनाै जारी रहन्छ।

महिनौं उपचारमा आउने बिरामीको कुरुवाका लागि भने वीर अस्पतालको अन्कोलोजी र भक्तपुर क्यान्सर अस्पतालको अन्कोलोजी विभाग दुवैमा कुरुवाको लागि सुत्ने मिनी बेड (मेच) नहुँदा कुरुवाले सास्ती झेल्नुपरेको छ।

बिहीबार ताप्लेजुङका ६२ वर्षीय छिरिङ शेर्पा वीर अस्पतालको अन्कोलोजी विभागमा भेटिए। उनको पत्नी अन्कोलोजी वार्डमा किमोथेरापीको लागि भर्ना भएकी छिन्।

वीर अस्पतालको अन्कोलोजी वार्डमा किमोथेरापी र प्यालियटिभ केयर सेवा दिइन्छ। यी दुवै उपचारको लागि आउने क्यान्सरका बिरामी सबैजसो गम्भीर खालका हुन्छन्।

पत्नीको कुरुवा बनेका उनी वार्डकै भूइँमा सुत्छन्। तर भूइँको सुताइ पनि सहज छैन। दिनभर सबै बिरामी डुल्ने भूइँमा राति उनको त्यही ओच्छयान बन्छ। किमोथेरापीका बिरामीहरू नजिकै भएकोले अरू बिरामीको कपाल पनि झरेर उनी सुतेको ठाउँसम्म पुग्छ। अन्य विकल्प नभएपछि उनले त्यो अप्ठेरो सहनै परेको छ।

‘पहिला निजीमा उपचार गर्दा सानो फोल्डिङ खाट थियो, राति बेड भन्थ्यो, दिउँसो कुर्सी,’ उनले भनिन्। राति वार्डमै चोर आउँछन् भन्ने कुरा सुनेकोले सुतेको बेला चोरी हुन्छ कि भन्ने थप त्रास भएर निदाउन नसकेको उनले बताए।

पत्नीको कुरुवा बनेका उनी वार्डकै भूइँमा सुत्छन्। तर भूइँको सुताइ पनि सहज छैन। दिनभर सबै बिरामी डुल्ने भूइँमा राति उनको त्यही ओच्छयान बन्छ। किमोथेरापीका बिरामीहरू नजिकै भएकोले अरू बिरामीको कपाल पनि झरेर उनी सुतेको ठाउँसम्म पुग्छ।

सोही वार्डमा पतिको उपचारको लागि विराटनगरकी पवित्रा बुढाथोकी चार दिनदेखि यही वार्डमा कुरुवा बसेकी छिन्। उनी पनि भूइँमै सुत्नु परेकोमा दुखेसो पोखिन्। एकातिर चिसो भूइँ अर्कोतिर त्यही भूइँमा पानी पोखिएर झनै फोहोर हुने गरेको सुनाइन्। ‘भूइँमा केही फोहोर हुन्छ, अस्पतालका कर्मचारीले सफा गर्दैनन्, आफंैले सफा गर्नुपर्छ,’ उनले भनिन्।

दिनभर सबै हिँडेको ठाउँमा सुत्नुपर्दा सिकसिको लागेको उनले सुनाइन्। ‘घर जस्तो हुँदैन, सिभिल अस्पतालमा त कुरुवाको लागि सानो खाट थियो, यहाँ भूइँमै सुत्नुपर्दो रहेछ,’ उनले भनिन्।

राति भूइँमा सुत्दा निन्द्रा नपुगेका अन्य कुरुवा अस्पतालको बाहिर सुतेको भेटियो। उनीहरू पनि भूइँमै पल्टिरहेका थिए। क्यान्सरका बिरामीको स्थिति हेरेर रातभरि हेरचाह गर्नुपर्ने भएकोले दुइ जना कुरुवा चाहिने भएकाले भित्र भूइँमा एकजना र एकजना बाहिर भूइँमा र मेचमा सुत्ने गरेको कुरुवा बुढाथोकीले सुनाइन्।

वीरमा मात्र नभई अन्कोलोजी वार्डमा कुरुवाको लागि खाट नभएको भक्तपुर क्यान्सर अस्पतालका मेडिकल अन्कोलोजिष्ट डा. प्रभु शाहले बताए। नागरिकसँगको कुराकानीमा पहिला नेपाल क्यान्सर रोग सोसाइटीले सञ्चालन गरेको यो अस्पताल केही वर्षपहिला मात्र सरकारले लिएकोले पहिलादेखि नै कुरुवाको लागि वार्डमै वेड नभएको उनले बताए।

क्यान्सर होस् या अन्य बिरामीको कुरुवा जो बिरामीको छेवैमा आवश्यक पर्छ। उनीहरूको लागि सुत्न मिल्ने मेच वार्डमै हुनुपर्ने अस्पताल सञ्चालन मापदण्ड भित्र भएपनि सवै अस्पतालहरूले लागू गर्न नसकेको डा. शाहले बताए।

वीरमा मात्र नभई अन्कोलोजी वार्डमा कुरुवाको लागि खाट नभएको भक्तपुर क्यान्सर अस्पतालका मेडिकल अन्कोलोजिष्ट डा. प्रभु शाहले बताए।

कुरुवाको लागि वेड मागेपनि अस्पतालले कार्यान्वयन गर्न नसकेको वीर अस्पताल अन्कोलोजी विभागका प्रमुख डा. विवेक आचार्यले बताए। ‘अन्कोलोजी वार्डमा यो अनिवार्य हो, तर अस्पतालले अहिलेसम्म व्यवस्था गर्न सकेको छैन,’ उनले भने।

वार्डमा बस्ने कुरुवाको सफाइको लागि पनि भूइँमा सुत्न नहुने चिकित्सक बताउँछन्।

प्रकाशित: ८ असार २०८० ०३:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App