१२ असार २०८१ बुधबार
image/svg+xml
फोटो फिचर

फेवातालमा ड्रागन बोट रेसको रौनक (फोटोफिचर)

बोट रेस फेस्टिभलमा सहभागिहरु प्रतिश्पर्धा गर्दैः तस्बिरः उमेश पुन/नागरिक

दक्षिण एशियामै पहिलोपटक पोखरा फेवातालमा शुक्रबारदेखि ‘नेपाल–चीन फ्रेन्डसीप ड्रागन बोट रेस फेस्टिभल’ शुरु भएको छ। पोखरामा भएको यो फेस्टिभलले चिनियाँ पाहुनाको आगमन बढाउने अपेक्षा पर्यटन व्यावसायीको छ।  

 

फेस्टिभल गर्नकै लागि चीनबाट आठवटा विशेष डुंगा समेत पोखरा ल्याईएको छ। तिनै डुंगामार्फत फेवातालमा २ सय र ५ सय मिटर दूरीमा प्रतिश्पर्धा गराइने आयोजकले बताएको छ। फेस्टिभलको शुक्रबार एक औपचारिक कार्यक्रमका बीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले उद्घाटन गरे।

त्यस अवसरमा मन्त्री किराँतीले फेस्टिभलले नेपाल र चीनबीचको सम्बन्धलाई थप बलियो र सुमधुर बनाउने बताए। नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दुतावास र पोखरा महानगरपालिकाको आयोजनामा फेस्टिभल गर्न थालिएको हो। उक्त कार्यक्रममा पोखरा पर्यटन परिषद (पिटिसी) र चाइना ओभरसीज एशोसिएसन सहआयोजक रहेका छन।  

कोभिड संक्रमण सुरु भएपछि आफ्ना नागरिकलाई घुमघाममा रोक लगाउँदै आएको चीनले गत मार्च १५ देखि लागु हुनेगरि चिनियाँ संस्कृति तथा पर्यटन मन्त्रालयले आफ्ना नागरिकलाई नेपाल घुम्न अनुमति दिएको थियो। त्यसअघि चीनले आफ्ना नागरिकलाई घुम्न जान पाउने २० मुलुकभित्र नेपाललाई समेटेको थिएन। तर, दोश्रोपटक सूँची प्रकाशित गर्दै नेपाललाई पनि लिष्टमा अटाएको थियो। त्यसपछि बल्ल चिनियाँ पर्यटकको नेपाल आगमनमा केही सुधार देखिँदै गएको व्यावसायीले बताएका छन्।  

गत मे महिनामा मात्र नेपाल भित्रिने चिनियाँ पाहुनाको संख्या ४ हजार ६ सय ६७ रहेको छ । यो आगमन आगामि दिनमा बढ्दै जाने अपेक्षा पर्यटन व्यावसायीको छ। नेपालमा सबैभन्दा बढी विदेशी पर्यटक भित्रिने मुलुकको तेश्रो नम्बरमा चीन रहेको छ। निनियाँ पाहुना लक्षित गरेर पोखरामा विभिन्न पूर्वाधार पनि व्यावसायीले बनाएका छन्।

यही फेस्टिभलका लागि भनेर चीनको छेन्दुबाट सिचुआन एयरलाईन्सको चार्टर्ड जहाज समेत पोखरा ल्याईएको थियो। औपचारिक रूपमा सञ्चालनमा आएको ६ महिनापछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक अन्तर्राष्ट्रिय गन्तव्यबाट आएको जहाज अवतरण गरेको थियो। जहाजमा बोट रेसका प्रतिश्पर्धी सहित चिनियाँ पाहुना आएका थिए। 

 

 

प्रकाशित: ८ असार २०८० ०९:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App