१३ आश्विन २०८१ आइतबार
image/svg+xml

फेवातालमा ड्रागन बोट रेसको रौनक (फोटोफिचर)

दक्षिण एशियामै पहिलोपटक पोखरा फेवातालमा शुक्रबारदेखि ‘नेपाल–चीन फ्रेन्डसीप ड्रागन बोट रेस फेस्टिभल’ शुरु भएको छ। पोखरामा भएको यो फेस्टिभलले चिनियाँ पाहुनाको आगमन बढाउने अपेक्षा पर्यटन व्यावसायीको छ।

पोखरामा सुरु भयो नेपाल–चीन फ्रेण्डसीप ड्रागन बोट रेस फेष्टिभल

पोखरामा ‘नेपाल–चीन फ्रेन्डसीप ड्रागन बोट रेस फेस्टिभल’ शुरु भएको छ। नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दुतावास र पोखरा महानगरपालिकाको आयोजनामा फेवातालमा फेस्टिभल शुरु भएको हो। दुईदिनसम्म चल्ने फेस्टिभलको शुक्रबार एक औपचारिक कार्यक्रमका बीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले उद्घाटन गरे।

पोखरामा ‘ड्रागन बोट रेस महोत्सव’ सुरु

पर्यटकीय सहर कास्कीको पोखरामा आजदेखि नेपाल–चीन फ्रेण्डसीप ‘ड्रागन बोट रेस महोत्सव’ सुरु भएको छ।

पोखरामा ड्रागन बोट रेसको तयारी

दक्षिण एशियामै पहिलोपटक पोखरामा शुक्रबार र शनिबार ‘नेपाल–चीन फ्रेन्डसीप ड्रागन बोटरेस फेस्टिभल’ हुँदैछ। फेवातालमा हुने यो बोट रेसले नेपालमा चिनियाँ पर्यटकको आगमनमा वृद्धि गर्ने अपेक्षा पर्यटन क्षेत्रको छ। फेस्टिभलको तयारी स्वरुप चीनबाट डुंगा पोखरा ल्याईसकिएको र अहिले ती डुंगालाई फेवातालमा परीक्षण गरिरहेको आयोजकले बताएको छ।

ड्रागन बोटरेसको विजेतालाई ३० लाख !

दक्षिण एशियामै पहिलोपटक पोखरामा अर्काे साता ‘नेपाल–चीन फ्रेन्डसीप ड्रागन बोट रेस फेस्टिभल’ हुँदैछ। फेवातालमा आयोजित यो प्रतियोगितामा नेपाली र चिनियाँबीच बोटरेस प्रतियोगिता हुनेछ। प्रतियोगिताको विजेता टिमले ३० लाख रुपैयाँ नगद पुरस्कार पाउने आयोजकले बताएको छ।

चिनियाँ पाहुना आकर्षण गर्न फेवातालमा ‘ड्रागन बोट रेस’ फेस्टिभल गरिँदै

पोखरामा पहिलोपटक नेपाल–चीन फ्रेन्डसीप ड्रागन बोटरेस फेस्टिभल आयोजना हुने भएको छ। बढी भन्दा बढी चिनियाँ पाहुना भित्र्याउने लक्ष्य सहित ड्रागन बोटरेस फेस्टिभल आयोजना गर्न थालेको आयोजकले बताएको छ। आगामि असार ८ र ९ गते पोखरामा यो फेस्टिभल हुने आयोजकले बताएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्