२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

फेस्टिभलले चिनियाँ पाहुनाको आगमन बढाउने अपेक्षा

फेवातालमा चिनियाँ झल्को

पोखरा ड्रागन बोट रेस फेस्टिभलमा सहभागीहरू प्रतिस्पर्धा गर्दै। तस्बिर: उमेश पुन/नागरिक

पोखरेली पर्यटन व्यवसायी चिनियाँ पाहुनाबाट ठुलो अपेक्षा गर्छन्। कोरोना भाइरस संक्रमण सुरु हुनुअघि भित्रिएका ठुलो आकारका चिनियाँ पाहुनाका कारण पर्यटन क्षेत्रमा निकै राहत मिलेको थियो। तर कोरोना भाइरस संक्रमणपछि चिनियाँ पाहुनाको साथ टुटेको थियो। ठुलो संख्यामा चिनियाँ पाहुना पाउँदा कुनै बेला दंग रहेका यहाँका पर्यटन व्यवसायी पछिल्लो समय चिनियाँ नपाउँदा दुःखी थिए।

तर कोरोना संक्रमणले थला परिरहेका व्यवसायीलाई राहत दिने गरी चीनले गत मार्च १५ देखि लागु हुने गरी चिनियाँ संस्कृति तथा पर्यटन मन्त्रालयले आफ्ना नागरिकलाई नेपाल घुम्न अनुमति दिएको थियो। त्यसअघि चीनले आफ्ना नागरिकलाई घुम्न जान पाउने २० मुलुकभित्र नेपाललाई समेटेको थिएन, तर दोस्रोपटक सूची प्रकाशित गर्दै नेपाललाई पनि सूचीमा अटाएको थियो। त्यसपछि बल्ल चिनियाँ पर्यटकको नेपाल आगमनमा केही सुधार देखिँदै गएको व्यवसायीले बताएका छन्। तथ्यांकले पनि पछिल्लो समय नेपाल भित्रिने चिनियाँ पाहुनाको आकार बढ्दै गएको देखाएको छ।

पर्यटन बोर्डको तथ्यांकअनुसार गत मे महिनामा नेपाल भित्रिने चिनियाँ पाहुनाको संख्या ४ हजार ६ सय ६७ रहेको छ। जबकि गत जनवरीमा नेपाल भित्रिने चिनियाँ पाहुनाको संख्या १४ सय ३१ मात्र थियो। पर्यटन मन्त्रालयको तथ्यांकअनुसार सन् २०१८ मा नेपालमा १ लाख ५३ हजार ६३३, सन् २०१९ मा १ लाख ६९ हजार ५४३, सन् २०२० मा १९ हजार २५७, सन् २०२१ मा ६ हजार १९८ र सन् २०२२ मा ९ हजार ५२४ जना चिनियाँ पर्यटक नेपाल आएका थिए।

पोखरेली पर्यटन व्यवसायी चिनियाँ पाहुनाबाट ठुलो अपेक्षा गर्छन्। कोरोना भाइरस संक्रमण सुरु हुनुअघि भित्रिएका ठुलो आकारका चिनियाँ पाहुनाका कारण पर्यटन क्षेत्रमा निकै राहत मिलेको थियो।

चिनियाँ पाहुनाबाट ठुलो आशा गरेको पर्यटन क्षेत्रलाई बल पुग्ने गरी नेपाल–चीन फ्रेन्डसिप ड्रागन बोट रेस फेस्टिभल हुँदा पोखरा झनै खुसी छ। दक्षिण एसियामै पहिलोपटक पोखरा फेवातालमा शुक्रबारदेखि ‘नेपाल-चीन फ्रेन्डसिप ड्रागन बोट रेस फेस्टिभल’ सुरु भएको छ। फेवातालमा चिनियाँ झल्को दिने गरी बोट फेस्टिभल हुँदा अवलोकन गर्ने दर्शक खचाखच थिए। यो फेस्टिभलले चिनियाँ पाहुनाको आगमन बढाउने अपेक्षा पर्यटन व्यवसायीको छ। फेस्टिभलकै कारण पोखराबारे चीनमा पर्यटन प्रवद्र्धन हुने र त्यसले भविष्यमा थप पाहुना भिœयाउन सहज हुने व्यवसायीको भनाइ छ।

शनिबारसम्म चल्ने फेस्टिभलको शुक्रबार पर्यटनमन्त्री सुदन किराँतीले उद्घाटन गरे। मन्त्री किराँतीले फेस्टिभलले नेपाल र चीनबीचको सम्बन्ध थप बलियो र सुमधुर बनाउने बताए। मन्त्री किराँतीले चिनियाँ पर्यटकलाई हिमालभन्दा अग्लो र सागरभन्दा चोखो माया दिएर स्वागत गर्न चाहेको बताए।

शनिबारसम्म चल्ने फेस्टिभलको शुक्रबार पर्यटनमन्त्री सुदन किराँतीले उद्घाटन गरे। मन्त्री किराँतीले फेस्टिभलले नेपाल र चीनबीचको सम्बन्ध थप बलियो र सुमधुर बनाउने बताए।

नेपालका लागि चिनियाँ राजदूत छन सोङले चीनको परम्परागत फेस्टिभल नेपालमा ल्याउँदा सांस्कृतिक सम्बन्ध स्थापित गर्न मद्दत पुगेको बताए। ‘जनता–जनताबीचको सम्बन्ध स्थापित गर्न सघाउ पुग्नेमा विश्वस्त छु’, उनले भने। फेस्टिभलले नेपाल र विशेष गरेर पोखराको पर्यटन प्रवद्र्धन गर्न कोसेढुंगा साबित हुने उनले विश्वास व्यक्त गरे।

पोखरा पर्यटन परिषद् (पिटिसी)का अध्यक्ष पोमनारायण श्रेष्ठले फेस्टिभलले नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्ध प्रगाढ बनाउने बताए। ‘चिनियाँ संस्कृति नेपाल भित्र्याउँदा नेपाल-चीन सम्बन्धमा कोसेढुंगा सावित हुने छ।

अन्ततः यसले पर्यटनमा पनि सघाउ पुर्‍याउँछ’, उनले भने। चीन छिमेकी देश भएको र नजिक पनि भएकाले चिनियाँ पर्यटकबाट आफूहरू आशावादी रहेको उनले बताए। साथै उनले चीनबाट अब पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान हुने विश्वास पनि व्यक्त गरे।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले फेस्टिभल चीन र नेपालका जनता–जनताबीच सम्बन्ध गाँस्न कडी बन्ने बताए। पोखरामा यस्तो प्रकारको फेस्टिभल प्रत्येक वर्ष गर्नुपर्ने र त्यसका लागि आफूले भूमिका खेल्ने प्रतिबद्धता जनाए। कोभिड प्रभावले थलिएको पर्यटनमा यसले उत्साह थप्ने उनको विश्वास छ।

नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास र पोखरा महानगरपालिकाको आयोजनामा फेस्टिभल गरिएको हो। उक्त कार्यक्रममा पोखरा पर्यटन परिषद् (पिटिसी) र चाइना ओभरसिज एसोसिएसन सहआयोजक रहेका छन्।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले फेस्टिभल चीन र नेपालका जनता–जनताबीच सम्बन्ध गाँस्न कडी बन्ने बताए।

फेस्टिभल गर्नकै लागि चीनबाट आठवटा विशेष डुंगासमेत पोखरा ल्याइएको छ। तिनै डुंगामार्फत फेवातालमा २ सय र ५ सय मिटर दूरीमा प्रतिस्पर्धा गराइने आयोजकले बताएको छ। यही फेस्टिभलका लागि भनेर चीनको छेन्दुबाट सिचुआन एयरलाइन्सको चार्टर्ड जहाजसमेत पोखरा ल्याइएको थियो। औपचारिक रूपमा सञ्चालनमा आएको ६ महिनापछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक अन्तर्राष्ट्रिय गन्तव्यबाट आएको जहाज अवतरण गरिएको थियो।

जहाजमा बोट रेसका प्रतिस्पर्धीसहित चिनियाँ पाहुना आएका थिए।फेस्टिभलका क्रममा दुवै देशका सांस्कृतिक प्रस्तुति र खाना प्रदर्शनी गरिएको छ। पोखराका मुख्य सडक र चोकचोकमा फेस्टिभलको प्रचार गर्दै होर्डिङ बोर्ड झुन्ड्याइएका छन्। खाना प्रदर्शनीमा नेपाली र चिनियाँ खानाका परिकार राखिएका छन्। चीनले यसअघि यस प्रकारको बोट फेस्टिभल ५० भन्दा बढी देशमा आयोजना गरिसकेको जनाएको छ। यो प्रतियोगितालाई एसियन गेममा पनि सहभागी गराइएको छ।

प्रकाशित: ९ असार २०८० ०५:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App