प्रदेश ५ को नीति तथा कार्यक्रमः कृषि, पर्यटन र उद्योग प्राथमिकतामा
प्रदेश नम्बर ५ को सरकारले कृषि, पर्यटन र उद्योगलाई प्राथमिकतामा राखेर आगामी बर्ष २०७६/२०७७ को नीति तथा कार्यक्रम ल्याएको छ। बिहीबारको प्रदेश सभा बैठकमा सरकारका तर्फबाट प्रदेश प्रमुख उमाकान्त झाले नीति तथा कार्यक्रम प्रस्तुत गरे।