२९ कार्तिक २०८१ बिहीबार
image/svg+xml

बजेट अभावले चाहेर पनि काम गर्न सकिंदैन: शान्तिमन्त्री

शान्ति तथा पुनर्निर्माणमन्त्री सीतादेवी यादवले बजेट अभावका कारण थुप्रै काम चाहेर पनि गर्न नसकिएको बताएकी छन्। नेपाली कांग्रेस बाँकेले आइतबार आयोजना गरेको कार्यकर्ता भेटघाटलाई सम्वोधन गर्दै कांग्रेस कोषाध्यक्ष समेत रहेकी मन्त्री यादवले भनिन् ‘एउटा जिल्लाबाट १ देखि २ हजार द्धन्द्ध पीडितका निवेदन आउँछन्, हामीले सबै डाटा हेरेर सरकारसँग ३० अर्ब बजेट मागेका छौं, तर सरकारले यति धेरै बजेट दिन सक्ने अवस्था छैन।’

ललितपुर उपमहानगरको वार्षिक बजेट १ अर्ब २० करोड

ललितपुर उपमहानगरपालिकाले सफा र सुन्दर नगर बनाउने योजना ल्याएको छ। बिहीबार बसेको उपमहानगरपालिकाको २५ औँ नगरपरिषद्ले आर्थिक वर्ष ०७४/०७५ का लागि बजेट प्रस्तुत गरी नगर क्षेत्र सुन्दर र सफा बनाउने कार्यक्रम उद्घोष गरेको हो।

इलाम नगरको बजेट सवा १५ करोड

इलाम नगरपालिकाले आर्थिक वर्ष २०७४/०७५ का लागि १५ करोड १६ लाख ५८ हजार रुपैयाँ बराबरको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। सदरमुकाममा आयोजित समारोहमा नगरपालिकाका कार्यकारी अधिकृत महेन्द्र खाम्याहाङले नगरको अनुमानित आय–व्यय प्रस्तुत गरेका हुन्।

‘कनिका झैँ छरियो’ निर्वाचन क्षेत्र विकास कार्यक्रमको बजेट

खोटाङका दुवै निर्वाचन क्षेत्रको निर्वाचन क्षेत्र विकास कार्यक्रमतर्फको बजेट विनियोजन गरिएको छ। एमालेबाट निर्वाचित क्षेत्र नम्बर १ का सांसद पिके राई र क्षेत्र नम्बर २ का सांसद विशाल भट्टराईले ५०÷५० लाख रुपैयाँ रकम विनियोजन गरेका हुन्।

विकास बजेटको बिचल्ली

विकास बजेटको बिचल्ली हुनु हाम्रा लागि अब नयाँनौलो घटना रहेन । यसै सेरोफेरोमा सोमबार प्रधानमन्त्री तथा राष्ट्रिय विकास समस्या समाधान समिति अध्यक्ष पुष्पकमल दाहालले समितिको बैठकमा विकास खर्च बढाउन सम्बद्ध मन्त्रालयका मन्त्री तथा सचिवहरूलाई निर्देशन दिए ।

धरानको बजेट एक अर्ब

नगरको दीर्घकालीन विकासमा प्रभाव पार्ने नयाँ महत्वकांक्षी आयोजनाहरुलाई समेट्दै धरान उपमहानगरपालिकाले आर्थिक बर्ष २०७४/०७५ को लागि एक अर्ब बढीको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ।

सप्तरीमा कुपोषणको डर लाग्दो तथ्यांक,कराेडोैं बजेट, तर प्रभावहीन कार्यक्रम

सप्तरीको डाढा गाविस–७ का १७ वर्षीय शम्भु रामको गत मंसिर १२ गते मृत्यु भयो। लामो समयदेखि कुपोषणले ग्रसित रामको उपचारकै अभावमा मृत्यु भएको परिवारजनको भनाइ छ।उसो त राम बच्चै देखि कुपोषित रहेका थिए। पछिल्लो चार बर्षदेखि उनको अवस्था निकै नाजुक बन्दै गएको थियो । चारवर्ष अघि अर्काको खेतमा मजदुरी गर्न गएका बेला शम्भु लडेका थिए।

बजेटमा जसको शक्ति उसकै भक्तिः राष्ट्रिपति

राष्ट्रपति विद्यादेवी भण्डारीले बजेट विनियोजन गर्दा पहु“चवालाहरूकै हालीमुहाली हुने गरेको बताएकी छन्। शनिबार मोरङको इटहरामा मदनग्राम प्रबद्र्धन कार्यक्रममा भण्डारीले बजेट विनियोजनामा पहु“चवालाको हालीमुहाली हुनेगरेको बताएकी हुन्।

सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमनको बजेट भत्ता र गोष्ठीमै

विकास-निर्माणदेखि स्वास्थ्य–शिक्षासम्मकै बजेट अत्यधिक दुरुपयोग हुने घटना 'सामान्य' झैं भइसकेको बेला सरकारले अघि सारेको सुधारात्मक कार्यक्रमकै बजेट पनि चाहिने काममा भन्दा अनावश्यक कुरामै खर्च भइरहेको छ।

पुनर्निर्माणमा बजेट बाधक

भूकम्पपछिको पुनर्निर्माण तीव्र रुपमा अघि बढ्न नसक्नुको प्रमुख कारण समयमा बजेट र कार्यक्रम स्वीकृत नहुनुलाई औंल्याइएको छ। चालू आर्थिक वर्षको प्रथम चौमासिक प्रगति समीक्षा क्रममा पुनर्निर्माण काममा बाधा बनेका विभिन्न पाँच कारण औंल्याइयो। त्यसमध्ये बजेट र कार्यक्रम स्वीकृत नहुनुलाई प्रमुख समस्याका रुपमा लिइयो।

करोडौं बजेटको काम काजगमा मात्रै

जिल्ला वन कार्यालय बाराले आर्थिक वर्ष ०७२/७३ मा वनको अतिक्रमित जग्गा खाली गराई वा खोलाले कटान गरी छाडेको खाली जग्गामा तारबारसहित गरेको वृक्षारोपण, निजी वन वा सामुदायिक वन विस्तार गर्नको लागि गरिएको बिरुवा उत्पादन लगायत कार्यक्रमको अवस्था प्रगति विवरणमा देखाएभन्दा फरक भेटिएको छ।

‘दलबीच सहमति भए पूरक बजेट आउँछ’

राष्ट्रिय योजना आयोग मुलुकको नीति निर्माण गर्ने प्रमुख निकाय हो । दिगो नीति तथा कानुन बनाउने प्रयास भए पनि त्यसको कार्यान्वयन भने ज्यादै फितलो छ । योजना तर्जुमा गर्दै कार्यान्वयन प्रक्रिया, अनुगमन तथा मूल्यांकनको जिम्मा पनि आयोगको हो । तर, यसमा उसले त्यति ध्यान दिन सकेको छैन ।

बालवालिकाले बजेटको हिस्सा खोज्न थाले

महोत्तरीकी बज्रंग वालक्लवकी राखी ठाकुरलाई अहिले वालवालिकाको लागि छुट्याइएको बजेट केमा खर्च गर्ने? भन्ने योजना बनाउनमै भ्याइ नभ्याइ छ। महोत्तरीको जलेश्वर नगरपालिका वडा नं ७ मा बसोवास गर्ने राखी स्कुल विद्यालयमा छुट्टी हुँदा वित्तिकै आफ्ना साथीभाई (वालवालिका) भेला पार्छिन्, र बालवालिकाको विकासका लागि के के आवश्यकता पर्छन् सो को योजना वनाउँछिन् र नगरपालिकासँग बजेट माग्छिन्।

पूरक बजेट ल्याउने तयारीमा सरकारः प्रधानमन्त्री

–प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले पूरक बजेट ल्याउने तयारी गरेको बताएका छन्। यसअघिको सरकारले ल्याएको बजेट लोकप्रिय भएको थियो। तत्कालीन केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता दिएर आफ्नै नेतृत्वमा सरकार गठन गरेका माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहालले पूरक बजेट ल्याउने तयारीमा सरकार लागेको बताएका हुन्।

पूरक बजेट चाँडैः अर्थमन्त्री महरा

उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले सरकारले चाँडै पूरक बजेट ल्याउने तयारी गरी रहेको बताएका छन । प्रेस सेन्टर रोल्पाले जिल्ला प्रशासन कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा उपप्रधान तथा अर्थमन्त्री महराले यस्तो बताएका हुन । उनले भने, ‘पूरक बजेट रणनीतिक योजना पनि हो । राजनीतिक सहमति र स्रोतका आधारमा यो ल्याउन सकिन्छ । हामीसँग स्रोत पनि छ । हामी पूरक बजेट ल्याउने तयारीमा छौं।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्