मनकामना मन्दिरको पुनर्निर्माणमा बजेट अभाव हुँदैन : राष्ट्रपति
राष्ट्रपति विद्यादेवी भण्डारीले गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरको पुर्ननिर्माण गर्न बजेट अभाव नहुने बताएकी छन्। बिहीबार हेलिकप्टरबाट मनकामना मन्दिरको दर्शन गर्न आएकी उनले भनिन्- 'महत्वपूर्ण धार्मिक सम्पदा निर्माण गर्नु सरकारको दायित्व हो, अहिले मनकामना पुर्ननिर्माण भइरहेको छ, बजेट अपुग भयो भने पुर्ननिर्माण प्राधिकरणसँग भन्नुहोस्, सरकारले उपलब्ध गराउनुपर्छ।'