४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

वीपी प्रतिष्ठानका वहालवाला पदाधिकारी र राजीनामा दिएका रजिष्ट्रारलाई पनि कारबाही गर्न सिफारिस

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपतिसहित वहालवाला ३ पदाधिकारी र राजिनामा दिएका रजिष्ट्रारलाई पनि कारबाही गर्न छानबिन समितिले सिफारिस गरेको छ।

विश्वविद्यालय सम्बन्धि दुई अध्यादेश सिफारिस

मंगलबार बसेकोमन्त्रिपरिषद्को बैठकले वीरगन्ज प्राविधिक विश्वविद्यालय र कृषि विश्वविद्यालय सप्तरी स्थापना सम्बन्धि अध्यादेश जारी गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं अर्थ मन्त्री शैलेन्द्र प्रसाद साहले बताए।

कैदीबन्दीको कैद मिनाहा

२०६६ असार २६ मा यार्सागुम्बा संकलनमा आएका ७ गोर्खाली युवाको हत्या गरी कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका कैदीबन्दीको कैद मिनाहा गरिएको छ।

सरकारी पदकको गिर्दो साख

राज्यले कालो सूचीमा राखेका व्यापारी, राजस्व चुहावटमा मुछिएका व्यक्ति, आफ्नै उद्योगमा आगो लगाएर इन्सुरेन्सबापतको पैसा असुल्न खोज्ने व्यापारीसमेत विभूषण तथा पदवी पाउनेको सूचीमा परेपछि यसपटक झन् चर्को आलोचना भएको छ।

धरानमा भदौ ४ गतेदेखि १३ गतेसम्म लकडाउन गर्न सिफारिस

नगर कार्यपालिकाको मंगलबार बसेको बैठकले भदौ ४ गतेदेखि १३ गतेसम्म धरानमा पुर्णरुपमा लकडाउन गर्ने निर्णय गरेको हो। उक्त निर्णय डिसिसिएमसिमा सिफारिश गरिने र प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बैठकले निर्णय गरेपनि कार्यान्वयनमा आउनेछ।

प्रदेश २ प्रमुख: झाका ठाउँमा मिश्रको सिफारिस

नयाँ प्रदेश प्रमुखमा सिफारिस भएका मिश्र महोत्तरीको पिपरा गाउँका हुन्। नेपाली कांग्रेसका नेता स्वर्गीय रामनारायण मिश्रका छोरा उनी २०४८ सालमा महोत्तरीबाट सांसद निर्वाचित भएका थिए।

कटारी नगरपालिका फुटाउने सिफारिस मुख्यमन्त्री कार्यालय पुग्यो

उदयपुरको कटारी नगरपालिकालाई टुक्राएर अलग्गै गाउँपालिका बनाउने विषयको प्रस्ताव १ नं. प्रदेशका मुख्यमन्त्रीसमक्ष पुगेको छ। नगरपालिकाका पहाडी भेगका ५ वटा वडाहरुले अलग्गै गाउँपालिका गठन गर्न पाउँ भन्ने मागदावीसहितको प्रस्ताव प्रदेश सरकारसमक्ष पुगेको हो।

महानगरको सिफारिसमा सैनिक अस्पतालमा निःशुल्क हेमोडायलोसिस

छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा काठमाडौं महानगरपालिकाका मिर्गाैला रोगीको निःशुल्क उपचार हुने भएको छ। महानगरको सहयोगमा सैनिक अस्पतालमा स्थापना गरिएको हेमोडायलोसिस युनिटमार्फत महानगरले सिफारिस गरेका बिरामीको निःशुल्क उपचार हुने सेनाले जनाएको छ।

गम्भीर कोरोना बिरामीका लागि नयाँ औषधि सिफारिस

कोरोना महामारी विश्वभर तीव्र रूपमा फैलँदै गरेका बेला विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोनाका गम्भीर बिरामीका लागि नयाँ औषधि सिफारिस गरेकोछ।

नियुक्ति बदर माग राखी रिट

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा जारी भएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र त्यसमा टेकेर गरिएका सिफारिस तथा नियुक्ति बदर गर्न माग राखी सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ।

निर्देशिका मिचेर राजदूत सिफारिस

प्रधानमन्त्री ओली नेतृत्वकै सरकारले २०७५ सालमा अन्तर्राष्ट्रिय सम्बन्धलाई प्रभावकारी बनाउन योग्य र सम्बन्धित क्षेत्र जानकार व्यक्तिहरूलाई नै राजदूत बनाउनुपर्ने भन्दै निर्देशिका जारी गरेको थियो। तर सो निर्देशिका जारी गर्ने पक्षले नै उल्लंघन गर्दै राजदूतमा नियुक्तिका लागि सिफारिस गरिएको छ।

संवैधानिक निकायमा नजिकका व्यक्ति सिफारिस

संवैधानिक परिषद्मा अध्यादेश मार्फत प्रधानमन्त्री केपी शर्मा ओली र परिषद्का सदस्य नजिकका व्यक्तिलाई अध्यादेशका भरमा विभिन्न संवैधानिक निकायका २० पदमा नियुक्तिको लागि सिफारिस गरेको छ।

भूमिहीनको सिफारिसलाई नियमविपरीत शुल्क असुली

तुलसीपुर उपमहानगरपालिका–११ की माया विक मंगलबार भूमिहीन दलितको सिफारिस लिन वडा कार्यालय पुगिन् । वर्षौंदेखि आफूले उपभोग गर्दै आएको पुर्जाविहीन जग्गाको लालपुर्जा पाइएला भन्ने आस उनमा थियो । सरकारले निःशुल्क जग्गा दिन लागेको भन्ने खबर सुनेर आफूलाई भूमिहीन दलित प्रमाणित गर्न भने दुई सय रुपैयाँ तिर्नुपर्‍यो ।

महिला विदेश जाँदा सिफारिसका विषयमा निर्णय भएको छैनः अध्यागमन विभाग

पछिल्ला केही दिनयता भिजिट भिसामा जाँदा अनिवार्यरूपमा परिवार र स्थानीय तहको सिफारिस आवश्यक पर्ने गरी निर्णय हुन लागेको भन्ने विषयमा भएको चर्चाको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ। विभागले आज एक विज्ञप्ति जारी गर्दै उक्त विषयमा कुनै पनि निर्णय नभएको भन्दै भ्रममा नपर्न अनुरोध गरेको छ।

फरेस्टरलाई प्रदेशमा समायोजन सिफारिस

२ वर्षअघि समायोजनमा नसमेटिएका ४ सय २८ जना वन फरेस्टर कर्मचारीलाई प्रदेशमा समायोजन गर्न वन मन्त्रालयले संघीय मामिला मन्त्रालयलाई सिफारिस गरेको छ । प्रदेश स्तरमा दरबन्दी सिर्जना गरी समायोजन गर्नका लागि प्रदेश सरकार उद्योग, पर्यटन तथा वन मन्त्रालयबाट माग भएबमोजिम वन फरेस्टरलाई प्रदेशमा समायोजन गर्न वन मन्त्रालयले सिफारिस गरेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्