७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

वीपी प्रतिष्ठानका वहालवाला पदाधिकारी र राजीनामा दिएका रजिष्ट्रारलाई पनि कारबाही गर्न सिफारिस

प्रधानमन्त्री शेरबहादुर देउवालाई वीपी बारेको छानबिन प्रतिवेदन बुझाउँदै। तस्बिर: नागरिक

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपतिसहित वहालवाला ३ पदाधिकारी र राजिनामा दिएका रजिष्ट्रारलाई पनि कारबाही गर्न छानबिन समितिले सिफारिस गरेको छ।

प्रतिष्ठानको कुलपतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई स्वाथ्यमन्त्री विरोध खतिवडा संयोजक रहेको ३ सदस्यीय छानबिन समितिले आज बिहान प्रतिवेदन बुझाएको छ। प्रतिवेदन बुझाउन छानबिन समिति सदस्यद्धय स्वास्थ्य सचिव डा.रोशन पोख्रेल र धरानका मेयर तिलक राई पनि प्रधानमन्त्री कार्यालय गएका थिए। डा.पोख्रेल र मेयर राई सिनेट सदस्यकोरुपमा छानबिन समिति सदस्य भएका थिए।

उक्त प्रतिवेदनले उपकुलपति डा.ज्ञानेन्द्र गिरी, रेक्टर प्रा.डा.गुरु खनाल र अस्पताल निर्देशक प्रा.डा.गौरीशंकर साहलाई कारबाही गर्न सिफारिश गरेको छानबिन समितिका सदस्य एवं धरानका मेयर राईले जानकारी दिए। यसअघि पनि छानबिन गरिएको समितिहरुको रिपोर्टको आधारमा कारबाही गर्नुपर्ने देखिएकोले वहालवाला ३ जना पदाधिकारीलाई सोही अनुसार सिफारिश गरिएको उनले बताए। अब चाडै सिनेट बैठक राखेर प्रतिवेदन पारित गर्ने र पदबाट हटाइने उनले बताए। यसको लागि प्रधानमन्त्री देउवाले निर्देशन समेत दिइसकेको उनले जानकारी दिए।

यसैगरि, रजिष्ट्रारबाट राजिनामा दिइसके पनि प्रा.डा.मोहनचन्द्र रेग्मीको कार्यकालमा भएको खरिदलगायत कुराहरुको आवश्यक छानबिन गरेर उनलाई पनि थप कारबाही गर्न सिफारिश गरिएको मेयर राईले बताए। उनले भने,‘हामीले यसअघिको विभिन्न रिपोर्टहरु पनि हेर्दा कारबाही गर्नुपर्ने देखियो, वहालवाला ३ जनालाई कारबाही हुन्छ। राजिनामा दिएको भएपनि रजिष्ट्रार मोहनचन्द्र रेग्मीलाई पनि उनको कार्यकालमा भएको कुराहरुको आवश्यक छानबिन गरेर कारबाही गर्न भनिएको छ।’

प्रकाशित: २६ कार्तिक २०७८ ०६:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App