४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

गम्भीर कोरोना बिरामीका लागि नयाँ औषधि सिफारिस

कोरोना महामारी विश्वभर तीव्र रूपमा फैलँदै गरेका बेला विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोनाका गम्भीर बिरामीका लागि नयाँ औषधि सिफारिस गरेकोछ। इन्टरलिउकिन–६ रिसेम्पटर व्लकर नाम गरेका यी औषधि सँगठनले सिफारिस गरेको दोस्रो प्रकारका औषधि हुन्। संगठनले गत वर्षको सेम्टेम्बरमा सिफारिस गरेको कोर्टिकोस्टर्वाइडसँग सँगै उपयोग गर्दाकउबलश्रऔषधिको प्रभाकारिता झनै बढ्ने बताएको छ।

१० हजार बिरामी सहभागी रहेका २७ वटा क्लिनिकल परीक्षणको नतिजाका आधारमा यी औषधि सिफारिस गरिएको हो। कोभिड–१९का गम्भीर बिरामीको प्रतिरक्षा प्रणालीमा अधिक प्रतिक्रिया हुने भएकाले बिरामीको स्वास्थ्यमा नकारात्मक प्रभाव पर्न जाने हुन्छ। त्यस्तो अवस्थामा तोसिलिजुमाव र सारिलुमाव जस्ता इन्टरलिउकिन–६ व्लकिङ ड्रगले शरीरमा देखिने उच्च प्रतिक्रियालाई मत्थर गर्न सहयोग पुर्‍याउने  संगठनले जनाएको छ। 

अन्य स्ट्याण्डर्ड विधिको तुलनामा यी औषधिको उपभोग गर्दा १३ प्रतिशत मृत्यु टरेको उक्त विश्लेषणले देखाएको छ। यसको अर्थ यी औषधिको सेवनले हरेक १ हजार बिरामीको उपचार गर्दा १५ र अत्यन्त गम्भीर १ हजार बिरामीमध्ये २८ जनाको मृत्यु टरेको छ। यसैगरी अन्य स्ट्यान्डर्ड उपचार विधिको तुलनामा यी औषधिले भेन्टिलेटरको उपचारको आवश्यकतालाई २८ प्रतिशतले घटाएका पाइएको छ। यसले भेन्टिलेटरको आवश्यकता रहने १ हजार बिरामीमध्ये २३ जनालाई भेन्टिलेटरमा जान नपर्ने बनाएको संगठनले जनाएको छ।

प्रकाशित: २४ असार २०७८ ०२:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App