४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

महानगरको सिफारिसमा सैनिक अस्पतालमा निःशुल्क हेमोडायलोसिस

छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा काठमाडौं महानगरपालिकाका मिर्गाैला रोगीको निःशुल्क उपचार हुने भएको छ। महानगरको सहयोगमा सैनिक अस्पतालमा स्थापना गरिएको हेमोडायलोसिस युनिटमार्फत महानगरले सिफारिस गरेका बिरामीको निःशुल्क उपचार हुने सेनाले जनाएको छ।

नेपाली सेना र काठमाडाैं महानगरपालिकाबीच २०७६ पुस २ गते हेमोडायलोसिस (मिर्गाैलासम्बन्धी) सेवा उपलब्ध गराउने समझदारीअनुसार आइतबार उक्त युनिटको उद्घाटन गरिएको छ। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य तथा प्रधान सेनापति पूर्णचन्द्र थापाले वीरेन्द्र अस्पतालमा स्थापना गरिएको हेमोडायलोसिस युनिटको एक कार्यक्रमबीच संयुक्त रूपमा उद्घाटन गरेका छन्।

उक्त सेवा सुरु गर्न महानगरपालिकाले ३ करोड रूपैयाँ सहयोग गरेको थियो। उक्त रकमबाट हेमोडायलोसिसका लागि आवश्यक भौतिक पूर्वाधार, आठवटा हेमोडायलोसिस मेसिन, एक थान रिप्रोसेसिङ मेसिन, पानी शुद्धीकरण प्लान्ट र अन्य मेडिकल उपकरणहरू जडान गरिएको छ। साथै उक्त सेना सञ्चालनका लागि आवश्यक एक एमबिबिएस चिकित्सक, तीनजना नर्सलगायत सातजना जनशक्तिसमेत महानगरपालिकाले उपलब्ध गराउनेछ।

प्रकाशित: २८ असार २०७८ ०२:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App