४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

सुनुवाइ सिफारिस र विघटनबीच ६ मिनेट अन्तर

संवैधानिक परिषद्ले विभिन्न संवैधानिक निकायमा प्रमुख र पदाधिकारी नियुक्तिका लागि ८ जनाको नाम प्रस्ताव गर्दै प्रतिनिधिसभा विघटन हुनुभन्दा ६ मिनेटअघि सुनुवाइका लागि संघीय संसद् सचिवालयमा पत्र दर्ता गराएको पाइएको छ।

नेकपा प्रवक्ता श्रेष्ठको अपिल : प्रधानमन्त्री ओलीविरुद्ध एक होऔं

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटनको सिफारिस प्रतिगामी कदम भएको टिप्पणी गरेका छन्।

प्रधानसेनापतिले गरे पृतनापतिसँग छलफल

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको लागि राष्ट्रपति समक्ष सिफारिस गरेपछि प्रधानसेनापति पूर्णचन्द्र थापाले पृतनापतिहरुसँग छलफल गरेका छन्।

प्रधानमन्त्रीको कदमपछि सुरक्षा निकाय ‘हाई अलर्ट’ मा

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको लागि राष्ट्रपति समक्ष सिफारिस गरेपछि सुरक्षा निकाय उच्च सतर्कतामा बसेका छन्।

प्रतिनिधिसभाको चुनाव वैशाख २३ मा गर्न सिफारिस

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिस गरेपछि प्रतिनिधिसभाको निर्वाचनको मिति तय गर्नसमेत तयारी गरिएको छ।

संसद विघटन विरुद्ध पोखरामा विद्यार्थी आन्दोलन

प्रधानमन्त्री ओलीले व्यक्तिगत स्वार्थका निम्ति संसद विघटनको प्रयास थालेको विद्यार्थीको भनाई छ ।

प्रधानमन्त्रीको कदम संविधानमाथिको 'कू' : विवेकशील साझा

विवेकशील साझा पार्टीले प्रधानमन्त्री केपी ओलीको पछिल्लो कदमलाई ‘घोर असंवैधानिक, अलोकतान्त्रिक र तानाशाही’ को संज्ञा दिएको छ। आइतबार एक विज्ञप्तिमार्फत उसले संसद विघटनका लागि प्रधानमन्त्री ओलीले राष्ट्रपति समक्ष गरेको सिफारिसलाई ‘संविधानमाथिको स्पष्ट कू’ भनेको छ।

प्रधानमन्त्रीको कदमप्रति पत्रकार महासंघको आपत्ति

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गर्न सिफारिस गरेको प्रति नेपाल पत्रकार महासंघले विरोध जनाएको छ।

संसद विघटनबारे के भन्छन् संवैधानिक कानुनका जानकार?

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनका लागि राष्ट्रपति समक्ष सिफारिस गरेपछि नेताहरु तथा संविधानविदले प्रतिक्रिया दिन सुरु गरेका छन्। राजनीतिक दलका नेतासहित संवैधानिक कानुनका ज्ञाताहरु ओलीको पछिल्लो कदमलाई लिएर आश्चर्यमा परेका छन्।

केपी ओली केशरजंगपछिको खराब पात्रः राजकाजी

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा कास्कीका ईञ्चाज राजकाजी गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीलाई केशरजंग रायमाझीसँग तुलना गरेका छन्। प्रधानमन्त्री ओलीले संसद विघटन गर्न सिफारिस गरेलगत्तै सामाजिक सञ्जाल फेसवुकमा स्टाटस लेख्दै उनले ओलीलाई रायमाझीसँग तुलना गरेका हुन्।

प्रधानमन्त्रीको कदमपछि नेपाली कांग्रेसले बोलायो बैठक

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति समक्ष संसद विघटनको सिफारिस गर्ने निर्णय गरेपछि नेपाली कांग्रेसले १ बजेलाई बैठक बोलाएको छ।

प्रधानमन्त्रीको कदमपछि नेकपा नेताहरु छलफलमा

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति समक्ष संसद विघटनको सिफारिस गर्ने निर्णय गरेपछि नेकपा नेताहरु आकस्मिक छलफलमा जुटेका छन्।

संसद विघटन सिफारिसको प्रतिवाद गरौं : बाबुराम भट्टराई

जनता समाजवादी पार्टी संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले संसद विघटनको सिफारिसको प्रतिवाद गर्नु पर्ने बताएका छन्। उनले प्रधानमन्त्री केपी शर्मा ओलीको यो कदम संविधानको मर्म विपरीत भएको बताएका छन्।

संसद विघटनको सिफारिस असंवैधानिक, फिर्ता लिनुपर्छ: नेता नेपाल

'प्रधानमन्त्रीले संसद विघटनको सिफारिस गर्नु भएको निर्णय एकदमै गलत हो। यदि उहाँले यस्तो सिफारिस गर्नु भएको छ भने यसलाई फिर्ता लिनुपर्छ', नेता नेपालले नागरिकन्यूजलाई बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्