६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीको कदमपछि सुरक्षा निकाय ‘हाई अलर्ट’ मा

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको लागि राष्ट्रपति समक्ष सिफारिस गरेपछि सुरक्षा निकाय उच्च सतर्कतामा बसेका छन्।

आइतबार बिहान बसेको मन्त्रिपरिषद बैठपछि प्रधानमन्त्री ओलीले संसद विघटनको सिफारिस गरेका थिए। आकस्मिक राजनीतिक घटनाक्रमपछि चारै वटा सुरक्षा निकायलाई सम्भावित विकासक्रमलाई मध्येनजर गर्दै तयारी अवस्थामा रहन भनिएको गृह स्रोतले जनाएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान ब्युरोलाई चनाखो भएर बस्न भनिएको छ।

स्रोतका अनुसार विशेषगरी देशैभरका मुख्य शहरहरुमा सुरक्षा निकायलाई ‘हाई अलर्ट’मा बस्न भनिएको छ। देशको राजनीतिक अवस्था अस्थिरतातर्फ उन्मुख भएकाले सुरक्षा संवेदनशीलता बढाइएको हो।  

काठमाडौं उपत्यकासहितका शहरहरुमा आज अन्य दिन भन्दा धेरै सुरक्षाकर्मी परिचालन गरिएको छ। यस्तै, ठूलो संख्यामा सादा पोशाकका सुरक्षार्मीहरुलाई पनि परिचालन गरिएको छ।

यस्तो विषम परिस्थितिमा विभिन्न शक्तिहरुले चलखेल गर्नसक्नेतर्फ पनि सुरक्षा निकाय चनाखो भएर बसेको स्रोतको दाबी छ।  

प्रधानमन्त्रीको कदमपछि देशभर प्रदर्शनहुन सक्ने सम्भावना सुरक्षा निकायले औंल्याएका छन्। सम्भावित प्रदर्शनलाई हिंस्रक हुन नदिन के गर्न सकिन्छ भन्नेबारे पनि छलफल भइरहेको स्रोत बताउँछ।

 

 

 

 

 

प्रकाशित: ५ पुस २०७७ ०७:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App