४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रधानसेनापतिले गरे पृतनापतिसँग छलफल

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको लागि राष्ट्रपति समक्ष सिफारिस गरेपछि प्रधानसेनापति पूर्णचन्द्र थापाले पृतनापतिहरुसँग छलफल गरेका छन्।  

जंगीअड्डा स्रोतका अनुसार प्रधानमन्त्रीको कदमपछि उत्तपन्न हुनसक्ने सम्भावित राजनीतिक  विकासक्रमबारे प्रधानसेनापतिले सेनाका अधिकारीहरुसँग भर्चुअल छलफल गरेका हुन्।

पृतनापतिहरुसँग प्रधानसेनापतिको नियमित छलफल हुने भए पनि विकसित राजनीतिक घटनाक्रमपछि थापाले विशेष छलफल गरेका हुन्।

आइतबार बिहान बसेको मन्त्रिपरिषद बैठपछि प्रधानमन्त्री ओलीले संसद विघटनको सिफारिस गरेका थिए। यस्तै आकस्मिक राजनीतिक घटनाक्रमपछि सुरक्षा निकायलाई सम्भावित विकासक्रमलाई मध्येनजर गर्दै तयारी अवस्थामा रहन भनिएको गृह स्रोतले जनाएको छ।  

 

 

प्रकाशित: ५ पुस २०७७ ०८:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App