१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

नेकपा प्रवक्ता श्रेष्ठको अपिल : प्रधानमन्त्री ओलीविरुद्ध एक होऔं

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटनको सिफारिस प्रतिगामी कदम भएको टिप्पणी गरेका छन्।  

त्यस गैरसंवैधानिक, अलोकतान्त्रिक, निरंकुश र परिवर्तनविरोधी सिफारिसविरुद्ध परिवर्तनका पक्षधर सम्पूर्ण शक्तिलाई एक हुन पनि उनले आह्वान गरेका छन्।  

आइतबार मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर प्रधानमन्त्री ओलीले संसद् विघटनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेपछि नेकपा प्रवक्ता श्रेष्ठले सामाजिक सञ्जालमार्फत कडा विरोध जनाएका हुन्।  

‘आज प्रधानमन्त्री श्री केपी शर्मा ओलीले संघीय प्रतिनिधिसभा विघटन गर्न गर्नुभएको सिफारिस गैरसंवैधानिक, अलोकतान्त्रिक, निरंकुश र परिवर्तनविरोधी प्रतिगामी कदम हो,’ नेकपा प्रवक्ता श्रेष्ठले ट्विटरमा लेखेका छन्, ‘यो लागू हुन सक्दैन। यसको विरुद्ध संघीय लोकतान्त्रिक गणतन्त्र, लोकतन्त्र एवं परिवर्तनका पक्षधर सम्पूर्ण शक्तिहरू एक होऔं।’

प्रकाशित: ५ पुस २०७७ ०८:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App