एसएसबीद्वारा मारिएका गौतमलाई सहिद घोषणा
भारतीय सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) को गोलीबाट कञ्चनपुरको पुनर्बासमा मारिएका गोविन्द गौतमलाई सरकारले सहिद घोषणा गरेको छ।
भारतीय सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) को गोलीबाट कञ्चनपुरको पुनर्बासमा मारिएका गोविन्द गौतमलाई सरकारले सहिद घोषणा गरेको छ।
सहिद स्मारक संग्रहालयहरू बन्नु राम्रो कुरा हो। तर यस्ता संग्रहालयमा सालिकमात्र नराखी सहिदहरूको योगदान झल्कने अन्य सामग्री पनि राखिनु उपयुक्त हुन्छ।
‘सहिद’ शब्द सुन्नासाथ हामी सबैको शीर श्रद्धाले निहुरिन्छ । तिनले आफ्नो जीवनको पर्वाह नगरी मुलुकवासीलाई निरंकुशताबाट मुक्त पार्नुका साथै हकअधिकार स्थापित गर्न संघर्ष गरेका हुन्छन् । तिनकै बलिदानीपूर्ण संघर्षका कारण आज हामी नेपाली स्वतन्त्रता र समानताको उपभोग निर्धक्क गर्न पाइरहेका छौँ ।
प्रजातन्त्रिक आन्दोलनमा सयौं सहिद भए तर राम र लक्ष्मण जस्ता युवाले जुन अदम्य साहस र वीरता प्रदर्शन गरी नेपाली कांग्रेसको आह्वानमा सोलुखुम्बुमा सशस्त्र आन्दोलनको क्रममा वीरगति प्राप्त गर्नुभएको थियो, त्यो निकै कारुणिक र हृदयस्पर्शी थियो ।
भित्री मनले बडो महत्वका साथ मनाउनुपर्ने दिवस हो सहिद दिवस । राजनीतिक परिवर्तनको एउटा ऊर्जाशील चिनो र गौरवका रूपमा लिइने राजनीतिक दिवसअन्तर्गतका सहिद दिवस २००७ सालको प्रजातान्त्रिक आन्दोलनपश्चात् मनाइँदै आएको छ ।
बाह्य साम्राज्यवादी तागत वा आन्तरिक एकतन्त्रीय सर्वसत्तावादविरुध्द विद्रोहको शङ्खनाद गर्दै देशभक्ति र जनआवाजलाई सम्मान गर्न परे आफ्नो अमूल्य देहसमेत वलि दिन तयार हुने निर्भयी हुतात्मा हो सहिद ।
नेपालमा हरेक वर्ष माघ १० गतेदेखि १६ गतेसम्म सहिद सप्ताह मनाउने गरिन्छ । अमर सहिदहरुप्रति सम्मान गर्ने यो प्रशंसनीय काम हो ।
१९९३ सालभन्दा पहिला नेपालमा कुनै पनि राजनैतिक सङ्गठन खोल्न पाउने व्यवस्था थिएन र कसैले लुकिछिपीकन पनि खोल्न सकेका थिएनन् । काठमाडौंस्थित ओमबहाल निवासी धर्मभक्त माथेमा भारतको कलकत्तामा गएर व्यायामको प्रशिक्षण लिएर आएकाले राजा त्रिभुवनले यिनलाई आफ्नो व्यायाम शिक्षकमा नियुक्त गरी यिनैबाट व्यायाम सिक्थे ।
सहिद दिवसको अवसर पारेर नेपाली देशभक्त युवा समाजले इतिहासकै ठूलो राष्ट्रिय झन्डा सार्वजनिक गरिने जनाएको छ।
नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्यले सशस्त्र द्वन्द्वका क्रममा सहिदबाट भएको बलिदानी त्यत्तिकै खेर नजाने बताएका छन्।
राष्ट्रसेवक सहिद घोषणाका लागि गृह मन्त्रालयमा अनुरोध गर्ने सहितका स्थानीय प्रशासन संगकोे ५ बुंदे सहमतिपछि चार दिन अघि हत्या गरिएका वन रक्षक गणेश शाहीका आफन्तजन शाहीको शव उठाउन तयार भएका छन्। शाहीको शव गएको आइतवारबाट जिल्ला अस्पताल ताप्लेजुङको शव गृहमा राखिएको छ।
संयुक्ता लोकतान्त्रिक मधेसी मोर्चाले मधेस आन्दोनमा मृत्यु भएका थप १६ जनालाई सहिद घोषणा गर्न सरकारसँग माग गरेको छ । मोर्चाले आइतबार गृहमन्त्री बिमलेन्द्र निधिलाई भेटी आन्दोलनमा मृत्यु भएका थप १६ जनालाई सहिद घोषणा गर्न माग गरेको हो।
संघीय संरचनामा कर्णाली अञ्चललाई सुदूरश्चिमसँग गाभेको विरोधमा भएको आन्दोलनका क्रममा ज्यान गुमाउनेहरुलाई सहिद घोषणा गर्न माग गरिएको छ। विशेष अधिकारसहितको कर्णाली स्वायत्त प्रदेश माग गर्दै आन्दोलनमा होमिएर मृत्युवरण गर्ने ताम्ती गाविस १ का १९ वर्षीय हरिबहादुर कुँवरलाई सहिद घोषणा गर्न माग गरिएको हो। कर्णाली आन्दोलनको एक वर्ष बितेको अवसरमा सरकारसँग यस्तो माग गरिएको हो।
सरकारले मधेस आन्दोलनक्रममा ज्यान गुमाएका ११ सुरक्षाकर्मीसहित ५२ जनालाई सहिद घोषणा गरेको छ। मन्त्रिपरिषद् बैठकले बिहिबार तराई–मधेस आन्दोलनक्रममा मारिएका ११ सुरक्षाकर्मी र ४१ आन्दोलनकारीलाई सहिद घोषणा गर्दै उनीहरूको परिवारलाई १० लाखको दरले क्षतिपूर्ति दिने निर्णय गरेको हो।
सहिद भन्नासाथ हाम्रो मस्तिष्कमा जहानियाँ राणा शासन फालेर जनतालाई प्रजातन्त्र दिलाउन ज्यान दिने शुक्रराज शास्त्री, गंगालाल, धर्मभक्त, दशरथ चन्दको नाम याद आइहाल्छ । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा प्रकाशित नेपाली बृहत् शब्दकोशका अनुसार ‘सहिद’शब्दको अर्थ हुन्छ– आफ्नो देश, संस्कृति र अस्तित्वको संरक्षण तथा स्वतन्त्रता प्राप्तिका निम्ति बलिदान भएर लोकहितमा लाग्ने अमर व्यक्ति ।