सशक्त संघीयता
संविधानका विशेषतामध्ये संघीयता, समानुपातिक र धर्म निरपेक्षता मुख्य हो। संविधानसभाबाट निर्मित यो संविधानमा केही अवगुण नभएका होइनन्। विश्वका कुनै पनि संविधान पूर्ण छैनन्।
संविधानका विशेषतामध्ये संघीयता, समानुपातिक र धर्म निरपेक्षता मुख्य हो। संविधानसभाबाट निर्मित यो संविधानमा केही अवगुण नभएका होइनन्। विश्वका कुनै पनि संविधान पूर्ण छैनन्।
नेपालको प्रजातान्त्रिक आन्दोलनमा धेरै योद्धाको योगदान छ तर तिनलाई कसैले सम्झँदैन। नयाँ पुस्तालाई सात सालको जनक्रान्तिदेखि छयालीस सालको जनआन्दोलनमा लडेका, ज्यान गुमाएका तथा सहादत प्राप्त गरेका योद्धाबारे थाहा नहुनु स्वाभाविकै हो। त्यहीमध्ये एक अथक योद्धा रामेश्वरप्रसाद सिंह हुनुहुन्थ्यो।
कैयौं धारा र उपधारा छन्, जसलाई संशोधन र परिमार्जन गरी संविधानलाई सबै क्षेत्र, समूह, जाति, जनजातिको साझा दस्तावेज बनाउन आवश्यक छ। अनि मात्र यसले स्थायित्व पाउँछ।
संयुक्त राष्ट्रसंघलगायत अन्तर्राष्ट्रिय मञ्चमा बिपीको विलक्षण र विद्वतापूर्ण भाषणले विश्वमा नेपाल भन्ने देश पहिचान हुन थाल्यो। दक्षिण एसियामा एक नयाँ नेतृत्वकर्ताको उदयले भारत, चीन जापानलगायत राष्ट्र तथा सरकार प्रमुखहरूको पनि ध्यान आकृष्ट भयो।
बिपी कोइरालाले सन् १९७६ को जनवरीमा नयाँ दिल्लीस्थित नेहरु स्मारक पुस्तकालयका प्रमुख डा. हरिदेव शर्मालाई अन्तर्वार्तामाभन्नुभएको थियो– दिल्ली सम्झौता वार्तामा राणा पक्षका विजयशमशेर जस्ता केही व्यक्ति थिए भने काँग्रेस पक्षबाट सुवर्णशमशेर,मातृकाप्रसाद कोइराला, मलगायत थियौँं। राजा र राणाका प्रतिनिधिले पनि नेहरुलाई छुट्टाछुट्टै भेटे।
जननायक बिपी कोइरालाको राजनीतिक जीवनको प्रारम्भ भारतीय स्वतन्त्रता आन्दोलनबाट भएको थियो। बिपी भारतको प्रसिद्ध वनारस हिन्दु विश्वविद्यालयमा अध्ययनरत रहँदा नै अंग्रेजविरुद्ध भारतभर आन्दोलन चरम उत्कर्षमा पुग्न लागेको थियो। सर्वप्रथम बिपी महात्मा गान्धीद्वारा चलाइएको विदेशी वस्त्र बहिष्कार आन्दोलनमा सन् १९२० मा पक्राउ परी थुनिनुभएको थियो। त्यहाँबाट छुटेपछि पनि गान्धी तथा अन्य नेताद्वारा चलाइएको सत्याग्रह जस्ता आन्दोलनमा सहभागी हुँदा पटकपटक प्रहरी हिरासतमा पर्नुभयो। यसरी भारतीय नेताहरूसँगै स्वतन्त्रता आन्दोलनमा लाग्नुभएका बिपीको लोकप्रियता र ख्याति देशव्यापीरूपमा हुन थाल्यो। त्यसपछि उहाँको सम्पर्क सन् १९३४ तिर भारतका प्रसिद्ध समाजवादी (सोसलिस्ट) नेता आचार्य नरेन्द्रदेव, जयप्रकाश नारायण, डा. राममनोहर लोहिया, डा.राजेन्द्र प्रसाद तथा जवाहरलाल नेहरुसित हुन गयो।
तराई–मधेसविरोधी मानसिकता त्यागी राष्ट्र र राष्ट्रियता बलियो पार्न पनि नागरिकता समस्या चाँडै सम्बोधन गर्नुपर्छ।
करिब ६ महिनाको अभ्यासपछि आयोगले वैशाख १९ गते प्रदेश सरकारका मुख्यमन्त्री लालबाबु राउतलाई प्रतिवेदन बुझाएको छ। उक्त आयोगले प्रदेशको नाम मधेस र स्थायी राजधानी जनकपुर सिफारिस गरेको छ।यसले गर्दा प्रदेश दुईमा ठूलो तरंग ल्याएको छ।
नेपाली राजनीतिका शिखर पुरुष बिपी कोइराला २००७ सालको जनक्रान्तिदेखि नै लोकप्रिय राजनीतिज्ञका रूपमा चर्चित व्यक्तित्व थिए। शताब्दीदेखिको निरंकुश राणाशासनविरुद्धमा नेपाली जनतालाई संगठित र उत्प्रेरित गरी जनक्रान्तिमा सक्रिय सहभागी गराउनु सामान्य कुरा थिएन।
कुनै पनि लोकतान्त्रिक मुलुकमा जनतालाई पूर्णरूपमा स्वतन्त्र सार्वभौम तथा न्यायपूर्ण अधिकार प्रदान गर्न राज्यका तीन अंगको व्यवस्था गरिएको हुन्छ । त्यसैअनुरूप कार्यपालिका, व्यवस्थापिका तथा न्यायपालिकाको संरचना भएको छ । यसरी नै राज्यशक्तिको पृथकीकरण गरिएको हो । शक्ति पृथकीकरणलाई लोकतन्त्रको आत्मा भनिन्छ । लोकतन्त्रमा शक्ति पृथकीकरण रहेन भने त्यहाँ निरंकुशतन्त्रले प्रश्रय पाउँछ । त्यसैले लोकतान्त्रिक मुलुकमा करिब तीन सय वर्षदेखि शक्ति पृथकीकरण अपनाइँदै आएको पाइन्छ । जसअन्तर्गत राज्यका तीनवटै अंगबीच अधिकार, कर्तव्य र भूमिका अलगअलग तोकिएको हुन्छ ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले फागुन २१ देखि तराईमा मेची–महाकाली अभियान सुरु गरेको थियो। तराई मधेसमा केही वर्षदेखि आफ्नो जनाधार कमजोर हुँदै गएको तथा एमालेको तवि मधेस विरोधी बन्दै गएकाले यसलाई चिर्न यो अभियान सञ्चालन उसले बताएको छ ।
प्रजातन्त्रिक आन्दोलनमा सयौं सहिद भए तर राम र लक्ष्मण जस्ता युवाले जुन अदम्य साहस र वीरता प्रदर्शन गरी नेपाली कांग्रेसको आह्वानमा सोलुखुम्बुमा सशस्त्र आन्दोलनको क्रममा वीरगति प्राप्त गर्नुभएको थियो, त्यो निकै कारुणिक र हृदयस्पर्शी थियो ।
गणतन्त्र नेपाल स्थापना गर्ने सुरुवातका दिन त्यही २०१७–१८ सालको सशस्त्र क्रान्ति नै थियो। अर्थात भनौं त्यही निरंकुश राजामाथिको बम प्रहार नै गणतन्त्र नेपालको गर्भाधानको पहिलो घटना थियो।
प्रजातन्त्रको हत्या गरेर कुनै राजा/महाराजा महान् बन्दैन। राष्ट्र र जनताभन्दा माथि कोही पनि हुँदैन। तर राजा महेन्द्रले यही गर्न नहुने कुरा गरे।रामनारायण देव
सनातन हिन्दु धर्मावलम्बीहरुले वैदिक कालदेखि नै प्राकृतिक देवताहरुको पूजा र आराधना गर्दै आएका छन् । छठ पर्वमा सूर्य भगवानको पूजा गरिन्छ । सृष्टिको आदिकालदेखि नै साक्षत सूर्यको वन्दना गर्ने प्रचलन रहिआएको छ ।