१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
भीमलाल लामिछाने


भीमलाल लामिछानेका लेखहरु :

मेलमिलाप र कांग्रेसको अलापविलाप

२०१७ पुस १ गते गिरफ्तार परी जेल परेका प्रथम निर्वाचित प्रधानमन्त्री बिपी कोइराला करिब ८ वर्षपछि २०२५ कात्तिक १४ गते जेलमुक्त भए । जेलमुक्त भए तापनि कुनै राजनैतिक क्रियाकलाप गर्न नपाइने र घरमा बन्दीजस्तै भएर बस्नुपर्ने बाध्यता भएकाले भारतमा बसेर राजनैतिक संगठन गर्ने र नेपालमा पुनः प्रजातन्त्र स्थापना गर्ने उद्देश्य लिई आफ्ना सहकर्मीहरूको साथ बिपी कोइराला भारत प्रस्थान गरे ।

साँच्चीकै लौहपुरुष

गणेशमान सिंहको पारिवारिक पृष्ठभूमि शिक्षित, सम्भ्रान्त र दरबारसँग नजिक थियो । अल्पायुमा नै मृत्यु भएका पिताजी ज्ञानमान सिंह तथा काका गोविन्दमान सिंह दुवैजना त्यो जमनामा सुब्बा दर्जाका कर्मचारी थिए । त्यसैगरी गणेशमान सिंहका अर्का काका गञ्जमान सिंह सरदार थिए भने झन् अर्का काका तीर्थमान सिंह मिरसुब्बा दर्जाका कर्मचारी थिए ।

मानवतावादी दार्शनिक

मानिसले मानिसलाई राम्रो व्यवहार गर्ने, मानवीय व्यवहार गर्ने तथा मानिसको आदर्श, प्रतिष्ठा र प्रकृतिमा विश्वास गर्ने दर्शनलाई मानवतावादी दर्शन भनिन्छ । अर्काे शब्दमा भन्नुपर्दा संसारका सबै मानिसमा समानभावले व्यवहार गर्ने सिद्वान्तलाई मानवतावादी दर्शन भनेर पुकारिन्छ ।

निःसन्तान मोतीका अमर सन्तान

१९२३ भदौ कृष्णऔँसीका दिन जन्मेका मोतीराम भट्ट नेपाली साहित्यमा उज्ज्वल नक्षत्र हुन्। आफ्नो पुर्ख्याैली थलो वनारसमा बस्न पुगेका मोतीरामको शिक्षादीक्षा पनि उतैबाटै सुरु भयो। वनारसमा संस्कृत र उर्दू भाषाको ज्यादै प्रचलन भएकाले मोतीरामले यी दुवै भाषा स“गस“गै अध्ययन गर्न थाले। वि.सं. १९३६ मा मोतीराम आफ्नी आमासाथ नेपाल आए।

कम्युनिस्ट थिए बिपी

नेपाली काङ्ग्रेसका सबै तहका कार्यकर्ता तथा नेताले नेपाली काङ्ग्रेसका महामानव भनेर चिनिने विश्वेश्वरप्रसाद कोइरालाको प्रजातन्त्र, समाजवाद, राष्ट्रियता र मेलमिलापका नीतिलाई आफ्नो पनि मूलमन्त्र भएको बताउँदै आएका छन्।

नारी दिवसको विक्रासक्रम

संयुक्त राष्ट्र सङ्घको निर्णयअनुसार सन् १९०९ (वि.सं. १९६६) देखि संसारका महिलामा जागरण ल्याउने र पिछडिएको अवस्थामा रहेको अनुभूति नहोस् भन्नका लागि अन्तर्राष्ट्रिय नारी दिवस मनाउने परम्परा थालनी गरिएको हो।

त्रिभुवन र एरिकाको मार्गचित्र

प्रजातन्त्रको शाब्दिक अर्थ खोज्दा प्रजाको अर्थ राजाद्वारा शासित देशका जनता अर्थात् राजतन्त्रात्मक देशका जनता भन्ने हुन्छ भने प्रजातन्त्रको अर्थ प्रजाद्वारा निर्वाचित जनप्रतिनिधिद्वारा चलाइएको शासन व्यवस्था भन्ने हुन्छ। नेपालमा २००७ साल फागुन ७ गते राजा त्रिभुवनद्वारा देशवासीका नाममा जारी गरिएको ऐतिहासिक घोषणापछि मनाउन थालिएको प्रजातन्त्र दिवस २०४६ सालको आन्दोलन हुँदै २०६२/०६३ को आन्दोलनसम्म कायम रह्यो।

सहिद दिवसको अन्तर्कथा

१९९३ सालभन्दा पहिला नेपालमा कुनै पनि राजनैतिक सङ्गठन खोल्न पाउने व्यवस्था थिएन र कसैले लुकिछिपीकन पनि खोल्न सकेका थिएनन् । काठमाडौंस्थित ओमबहाल निवासी धर्मभक्त माथेमा भारतको कलकत्तामा गएर व्यायामको प्रशिक्षण लिएर आएकाले राजा त्रिभुवनले यिनलाई आफ्नो व्यायाम शिक्षकमा नियुक्त गरी यिनैबाट व्यायाम सिक्थे ।

बिपीको मेलमिलाप नीति

विडम्बना त यो छ कि नेताहरु पनि बिपीले अवलम्बन गरेका राष्ट्रिय मेलमिलाप नीतिको जोडदार प्रशंसा गर्छन् तर भाषणमा मात्र। अहिलेलाई बिपीको मेलमिलाप नीतिको अन्तर्यमात्र बुझेर अघि बढ्ने हो भने पनि मुलुकका धेरै समस्या स्वतः समाधान हुने पक्का छ।

लौहपुरुष गणेशमान सिंह

पालको राजनीतिक इतिहासमा नेपाली कांग्रेसका नेता विश्वेश्वरप्रसाद कोइरालालाई महामानव तथा युगपुरुषको उपनामले पुकारिएजस्तै अर्का नेता गणेशमान सिंहलाई सर्वोच्च नेता तथा लौहपुरुषको उपनामले पुकारिन्छ । त्यतिमात्र होइन, बिपी कोइरालाको पारिवारिक नाम सान्दाजु भएजस्तै गणेशमान सिंहको पारिवारिक नाम हीराकाजी थियो । जेठा दाजु मातृकाप्रसाद कोइरालालाई ठुल्दाजु भनिएकाले भाइ बिपीलाई सान्दाजु भनिएको हो ।

हिन्दु धर्ममा दसैँको महत्व

नेपालको इतिहासमा लिच्छविकालदेखि नै वैष्णवधर्म, शैवधर्मसहित शात्तलधर्म अर्थात् दुर्गादेवीको पूजा उपासना गर्ने प्रचलन भएको मानिएको छ।

निजामती सेवाका अमिल्दा पद

जङ्गबहादुर राणाको कार्यकाल (वि.सं. १९०५) मा निजामती कर्मचारीका लागि राखिएको मिर सुब्बा, नायब सुब्बा, तहरिर खरिदार, तहरिर मुखिया, नायब मुखिया, राइटर, नायब राइटर, बडाकाजी, काजी जस्ता पद २०१७ सालमा खारेज गरिए पनि नायब सुब्बा भन्ने पदचाहिँ कायमै छ। यसको कारण बुझ्न सकिएको छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्