२९ वैशाख २०८१ शनिबार
image/svg+xml
विचार

मेलमिलाप र कांग्रेसको अलापविलाप

२०१७ पुस १ गते गिरफ्तार परी जेल परेका प्रथम निर्वाचित प्रधानमन्त्री बिपी कोइराला करिब ८ वर्षपछि २०२५ कात्तिक १४ गते जेलमुक्त भए । जेलमुक्त भए तापनि कुनै राजनैतिक क्रियाकलाप गर्न नपाइने र घरमा बन्दीजस्तै भएर बस्नुपर्ने बाध्यता भएकाले भारतमा बसेर राजनैतिक संगठन गर्ने र नेपालमा पुनः प्रजातन्त्र स्थापना गर्ने उद्देश्य लिई आफ्ना सहकर्मीहरूको साथ बिपी कोइराला भारत प्रस्थान गरे ।
भारत प्रस्थान गर्नुमा बिपी कोइरालाको भनाइ थियो– भारत एउटा स्वतन्त्र मुलुक हो । त्यहा“ रहेर राजनैतिक छलफल, भेटघाट र सभा सम्मेलन गर्न तथा लेख–रचना प्रकाशन गर्न पाइन्छ । त्यतिमात्र होइन, भारतबाहेक तेस्रो मुलुकस“ग पनि सहयोग र सहकार्य गर्न सकिन्छ । आपूm पनि लामो समयदेखि भारतमा रहेर अध्ययन गरेको, भारतीय स्वतन्त्रता अभियानमा भाग लिएर पटक–पटक भारतीय जेलमा परेको, भारतीय सरकारका र विपक्षी दलका नेताहरूस“ग चिनजान र मित्रता भएको, पहिले भारतीय भूमिमा रहेरै नेपाली कांग्रेस पार्टी गठन गरेको जस्ता कारणले नेपालमा सुषुप्त भएर बस्नुभन्दा भारतमा बसेर संगठनात्मक कार्य गरी जनतालाई सुसूचित गराउने र नेपालबाट गुमेको प्रजातन्त्र पुनः कायम गर्ने उद्देश्य थियो बिपी कोइरालाको ।
यस्तो तार्किक उद्देश्य लिएर भारततर्फ पलायन भएका बिपी कोइरालाका पछि प्रजातन्त्रमा आस्था राख्ने थुप्रै कार्यकर्ताहरू स्वतःस्पूmर्त भारततर्फ पलायन भए । मानौँ, बिपी कोइराला मौरी घारका रानी मौरी थिए । जता–जता रानी मौरी जान्छे, अन्य समस्त मौरीहरू पनि उतै–उतै पछि लाएर गए । यसरी प्रजातन्त्रको पुनर्बहाली र संरक्षण गर्ने महत्वाकांक्षा लिएर भारत छिरेका प्रजातन्त्रप्रेमी नेपालीहरू भारतको वनारस, गोरखपुर, पूर्णिया, दरभङ्गा, मुजप्mफरपुर, नक्सलवाडी, सिलिगुडी, पटनाजस्ता ठाउ“हरूमा रहेर सांगठनिक छलफल र कार्य गर्न थाले । उनीहरूले नेपालभित्र रहेका आफन्तहरूस“ग पनि विचार आदानप्रदान गर्दै रहे र भारतका तत्तत् स्थानका प्रजातन्त्रप्रेमीहरूस“ग पनि सम्पर्कमा रहिरहे ।
यता नेपालमा भने पञ्चायती व्यवस्थाका प्रवर्तक राजा महेन्द्रको कार्यकालमा विकासको नाममा ल्याइएको गाउ“ फर्क राष्ट्रिय अभियानलाई राजा वीरेन्द्रको पालामा राजनीतिकरण गरी गाउ“ फर्क राष्ट्रिय अभियानको सदस्यता लिएपछि मात्र पञ्चायती व्यवस्थाको कार्यसमितिमा प्रवेश पाइने भन्ने नीति बनाइयो । अर्थात् नेपालको राजनीतिमा प्रवेश गर्नुभन्दा पहिला गाउ“ फर्क राष्ट्रिय अभियानको सदस्यता लिनुपर्ने अनिवार्यता बनाइयो । यसैताका भारतमा इन्दिरा गान्धीको सरकारले संकटकाल घोषणा गरी भारतीय विपक्षी दलका नेता जयप्रकाश नारायणको सम्पर्कमा रहेका राजनीतिका खेलाडी बिपी कोइरालालाई जयप्रकाश नारायणको समूहभन्दा टाढा दक्षिण भारतमा रहनुपर्ने अथवा राजनीतिमा निष्क्रिय रहनुपर्ने अघोषित आदेश जारी ग¥यो ।
राजनीतिका सिद्धहस्त खेलाडी बिपी कोइराला नेपालमा राजाको नियन्त्रणमा रहेर सुषुप्त अवस्थामा बस्नुभन्दा भारतमा गएर राजनैतिक संगठन गर्न उचितदेखि भारतमा गएकामा त्यहा“ पनि सोही अवस्था आइपरेकाले उनले तेस्रो विकल्पको खोजी गरे । बिपी कोइराला अत्यन्त अध्ययनशील र चिन्तनशील थिए । उनले संसारका नाम चलेका अखबार र पुस्तक झिकाएर पढ्थे । एकपटक पढेको कुरा र भेटेको मानिसको नाम कहिल्यै बिर्सिंदैनथे । उनको दिमागमा कम्प्युटरमा सेभ भएजस्तै सेभ भइरहन्थ्यो । आपूmले पढेको र अध्ययन गरेको राजनीतिको विश्लेषण गर्दै उनले अमेरिकाले दक्षिण–पूर्वी एसियाको भियतनामबाट हात झिकेपछि दक्षिण एसियाका भारत, पाकिस्तान, अफगानिस्तान, बंगलादेश, श्रीलंका, नेपालसमेतमा आ“खा गाड्न सक्ने अड्कलबाजी काटे । त्यतिमात्र होइन, पाकिस्तान र बंगलादेश बीचको टकराव, पाकिस्तान र भारतबीचको टकराव, भारत र श्रीलंकाबीचको टकराव, भारत र चीनबीचको टकरावसमेतको विश्लेषण गर्दै नेपाल पनि यस्तो टकरावबाट अछुतो रहन सक्दैन भन्ने निष्कर्ष निकाले । त्यतिमात्र होइन, सिक्किमलाई भारतमा गाभिएको छ । पञ्जाबले छुट्टै खालिस्तानको नामबाट अलगै राज्यको माग गरेको छ । यी कुराले पनि नेपालले सतर्कता अपनाउनुपर्छ भन्ने निष्कर्ष थियो, बिपी कोइरालाको ।
आपूmहरूले भारत प्रवासमा बसेर प्रजातन्त्रका लागि मरिमेटेको, तर मुलक नै खतरामा पर्नेदेखि पहिला मुलकलाई बचाउन पर्छ, अनिमात्र प्रजातन्त्र पुनःस्थापना गर्नुपर्छ । यसका लागि आफ्नै मुलुकमा फर्केर राजास“ग यी कुराको विश्लेषणसहित विस्तार गर्ने अथवा राष्ट्रिय एकता तथा मेलमिलापको नीति अपनाउने भन्ने सिद्धान्त प्रतिपादन गरे, बिपी कोइरालाले ।
बिपी कोइरालालाई ठूलो समस्याको समाधान निकाल्नुप¥यो भने एक निद्रा मस्तस“ग सुत्न चाहनुहुन्छ भन्ने भनाइअनुसार वनारसको सारनाथमा बसेका बिपी कोइरालाले धेरै चिन्तन मननपछि आफ्ना भाइ गिरिजाप्रसाद कोइरालास“ग संकटकालीन भारतमा बस्नुभन्दा आफ्नै देशमा फर्केर राजास“ग मेलमिलापको नीति राखेर मुलुकलाई सम्भावित संकटबाट बचाउने र अन्ततोगत्वा प्रजातन्त्र पुनःस्थापना गरी संवैधानिक राजतन्त्र कायम गर्ने भन्ने आफ्नो निर्णय सुनाउ“दा गिरिजाप्रसाद कोइरालाले अचम्म मान्दै सशस्त्र क्रान्तिका महासेनानीले आफ्ना नाममा राजकाजसम्बन्धी सातवटा मुद्दा परेको मुलकमा निःशस्त्र भएर कसरी नेपाल फर्कन सकिन्छ ? भन्दै विरोध गरे । त्यसपछि गोरखपुरमा रहेका जिउ“दो सहिदको नामले चिनिने गणेशमान सिंहलाई बोलाएर त्यही कुरा सुनाउ“दा गणेशमान सिंहले तत्कालीन अवस्थामा भारतमा बस्नु स्लो प्वाइजनिङ हो र नेपालमा जानु आत्महत्या हो भन्ने तर्क दिए । तत्कालीन भारत सरकारका रक्षामन्त्री तथा बिपी कोइरालाका मित्र जगजीवन राम वनारसमा आएर बिपीलाई नेपाल नफर्कन सल्लाह दिन खोज्दा बिपीले उनलाई भेट्न चाहेनन् । समाजवादका प्रवर्तक तथा बिपीका अनन्य मित्र जयप्रकाश नारायणले मात्र बिपीको निर्णयको स्वागत गरे ।
यसपछि बिपी कोइराला निर्वासनमा रहेका अन्य प्रजातन्त्रप्रेमीहरू रहेका स्थानमा गई आजसम्म हाम्रो संघर्ष जनताको प्रजातान्त्रिक अधिकारका निम्ति थियो, अब देशको अस्तित्वको रक्षा गर्नुपर्ने जिम्मेवारी पनि थपिएको छ भन्दै अन्तक्र्रिया गर्न थाले । बिपी कोइरालालाई प्रकृतिले दुइटा अद्वितीय गुण दिएको थियो । ती दुई गुणमध्ये एउटा गुण थियो, उनको ओठको मन्द मुस्कान । जतिसुकै रिसाएको र घमण्डी व्यक्ति भए पनि बिपीको सामुन्ने पुगेपछि बिपीको ओठको मन्द मुस्कानले शिथिल बनाइदिन्थ्यो । अनि बिपी एक असल व्यक्ति रहेछन्, आपूm नै गलत रहेछु भन्ने सोच्न बाध्य हुन्थ्यो । त्यसै गरी बिपीको अर्काे गुण थियो, अरूलाई सम्झाएर आपूmमा समाहित गराउन सक्ने खुबी । जतिसुकै हठी र मूर्ख व्यक्ति पनि बिपीस“ग भेटेर वार्ता गर्न थालेपछि पानी–पानी भएर बिपीको विचार नै ठीक रहेछ, आपूm गलत रहेछु भन्न बाध्य हुन्थ्यो । बिपीका यिनै प्राकृतिक गुण वा दैवी शक्तिले गर्दा बिपीले आपूm राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर आफ्नै मुलुक नेपालमा फर्कने र राजास“ग सहकार्य गरेर देशलाई सम्भावित संकटबाट पनि जोगाउने र एक पटक गुमेको प्रजातन्त्रलाई पुनःस्थापित गर्ने भन्ने भनाइ राख्दा भारतमा स्वनिर्वासित कार्यकर्ताहरू बिपी नेपाल फर्कने भएपछि हामी पनि फर्कन्र्छौं भन्दै रानीमौरीको पछि अन्य मौरीहरू लागेजस्तै नेपाल फर्कन कटिबद्ध भए ।
यसै क्रममा भारत निर्वासनमा बसेको करिब ८ वर्षपछि २०३३ पुष १६ गते बिपीसहित अन्य कार्यकर्ताहरू पनि नेपाल फर्के । यसरी फर्कनेहरूमा गणेशमान सिंह, गिरिजाप्रसाद कोइराला, कृष्णसाद भट्टराई, डा. पूर्णकान्त अधिकारी, जगन्नाथ आचार्य, शैलजा आचार्य, सूर्यप्रसाद उपाध्याय, केदारमान व्यथित मुख्य थिए । यही नेपाल फर्काइलाई बिपी कोइरालाको राष्ट्रिय एकता तथा मेलमिलापको नीति भनिन्छ । आज बिपी कोइराला यस संसारमा नरहे पनि उनले प्रतिपादन गरेको नीतिको ४२ औं दिवससम्म आइपुग्दा यसको महत्व दिनानुदिन बढिरहेको छ । आज हरेक राजनैतिक दलमा विभिन्न गुट–उपगुट रहेकाले मेलमिलापको नीति कार्यान्वय हुन आवश्यक देखिन्छ । त्यतिमात्र होइन, हरेक राजनैतिक दलको बीचमा राष्ट्रिय एकता तथा मेलमिलापको भावना कायम हुने हो भने कुनै विदेशी शक्तिले पनि नेपाललाई हेप्न नसक्ने र राष्ट्रिय मेलमिलापको नीतिले मुलुकको चौतर्फी विकास हुने निश्चित छ । त्यसैले राजनैतिक दल मात्र होइन, हाम्रो घरघरमा, टोलटोलमा, गाउ“गाउ“मा एकता र मेलमिलापको सिद्धान्त कार्यान्वयन होस् र मुलुकमा उच्च सुशासन होस् भन्ने कामना गरौँ ।

प्रकाशित: १६ पुस २०७४ ०३:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App