सन्दर्भ महिला उम्मेदवारको
लोकतान्त्रिक पद्धतिको बहुशासन (पोलिअर्की) प्रणालीको मान्यताको माग राज्य सञ्चालनमा महिलाको सहभागिता निश्चितरूपमा अंगीकार गर्नुपर्ने हुन्छ । यो नेपालको मात्रै होइन, अन्तराष्ट्रिय माग हो । समयले ल्याएको क्रान्ति हो । भलै हाम्रो देशको राजनीतिक दल यसको रफ्तारमा दगुर्न सकेका छैनन् । ३३ प्रतिशत सहभागिताको कुरा अझै कुनै दलमा लागु हुन सकेको छैन ।