घरको बैठक कक्षमा पस्नासाथ यो कुनै चित्रकारको घर हो भन्ने अनुभव हुन्छ । जताततै क्यानभास, विस्तारित कक्षको एउटा रङका बट्टाहरू र कूची । ठूलो बैठक कक्षका भित्तामा क्याभास अनि स्टिलका दराजहरूमा नक्साको खात छ, धर्मग्रन्थ, दर्शनका किताबहरू छन् । यिनै कृतिहरूबीच ८० वसन्त पार गरिसकेको एउटा व्यक्तित्व छ । बाहिरी दुनियाँमा खास गरेर नेपालको मुर्धन्य आर्टिटेक्ट इन्जिनियर भनेर कहलिएको व्यक्तित्व जसको औपचारिक अध्ययन सिभिल इन्जिनियरिङ हो, युवा अवस्था जागिरको क्रममा लैनसिंह वाङदेलको प्रेरणा र संगतबाट स्वअध्ययनबाट जागेको चित्रकारको व्यक्तित्व । उनैलाई प्रश्न गरियो, तपाईं खासमा के हो, इन्जिनियर, शिल्प कलाकार (आर्टिटेक्ट) वा चित्रकार ? उत्तर यस्तो थियो, ‘मेरो हजुरबुबाले मलाई दिनु भएको नाम शंकरनाथ रिमाल हो, म त्यही हो । खासमा एउटा पात्र हुँ म ।’ आफूलाई शंकरनाथ एउटा पात्रको रूपमा अथ्र्याउन खोज्ने शंकरका लीला भने थुप्रै छन् ।