४ माघ २०८१ शुक्रबार
image/svg+xml

सहिद परिवार भन्छनः बलिदानीको राजनीति धेरै भयो

गत फागुन २३ गते पाँच जनाको ज्यान जाने गरी भएको सप्तरीको मलेठ घटनाका सहिद सञ्जन मेहता परिवारका लागि मनकारीबाट प्राप्त आर्थिक सहयोग नागरिकन्यूजमार्फत सोमवार हस्तान्तरण गरिएको छ।

सहिदनगरमा माओवादी, धनुषाधाममा काँग्रेस विजयी

धनुषाको सहिदनगर नगरपालिकामा माओवादी केन्द्रका मेयर र उपमेयर विजयी भएका छन् । मेयरमा उदय यादवले ५ हजार ९१ मत पाएका छन् भने उपमेयरमा शिलादेवी कापरले ४ हजार २ सय १८ मत पाएकी छिन् ।

टिकट वितरणमा सहिद परिवारलाई उपेक्षा

आफन्त र पैसावाललाई टिकट दिएका मधेसवादी दलले त्यही कारण सहिद परिवारका सदस्यलाई उम्मेदवार बनाउन बेवास्ता गरेको आरोप लागेको छ ।

राजपाले बुझायो सहिद घोषणा गर्न बाँकी सूची

राष्ट्रिय जनता पार्टी नेपालले सहिद घोषणा गर्न छुटेको भन्दै १२ जनाको नाम सरकारलाई बुझाएको छ। यसैगरी मधेस आन्दोलनका क्रममा लगाइएका ६ सय ८२ जनाको मुद्दा फिर्ता लिन पनि राजपाले सरकारसँग माग गरेको छ।

प्रधानमन्त्री देउवाद्वारा सहिदप्रति श्रद्धाञ्जलि

नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवा लैनचौरस्थित सहिद स्मारक गइ सहिदप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेका छन्।

सहिद परिवार भन्छन्- ‘मधेस बलिदानीको हिसाब माग्छौं’

प्रदेश २ अन्तर्गतका जिल्लामा स्थानीय तह निर्वाचनको चहलपहल बढेको छ। दलका कार्यकर्ताले सहरदेखि गाउँसम्म चुनावी अभियान तीव्र पारेका छन्। तर उम्मेदवार र दलका नेता मधेस आन्दोलनका सहिदका गाउँमा भोट माग्न जान सकेका छैनन्।

आत्मघाती सहिद

हेटौंडा अस्पतालमाथि आर्मीको हेलिकप्टरले दुई–तीन फन्को लगाई अवतरण गरेको देख्नासाथ कोही गम्भीर बिरामी होला भन्ने अनुमान गरेँ । एकछिनमै फोन आइहाल्यो– बुलेट इन्जुरीको पेसेन्ट वीरगन्जबाट ल्याइएको छ, तत्कालै अप्रेसन गर्नुपर्ने भयो । केस होपलेस छ।

चित्रेमा सहिद सम्झिँदा (फोटो फिचर)

‘हामीले जो सोचेका थिएनौं, त्यही दिन सम्झेर बर्सेनि आँसु झार्नु हाम्रो नियति बनेको छ दाइ,’ चमैताको चित्रे गाउँकी देउकला राईले गहभरि आँसु पारेर सहिद रत्नकुमार बान्तवाको शालिकमा माला लगाइदिँदै भनिन्, ‘तर, देश–विदेशमा तिम्रो जुन नाम र कामको चर्चा छ, त्यसैमा सन्तोक मान्छु ।’

कञ्चनपुरका सहिद परिवारलाई जापानबाट आर्थिक सहयोग

सीमा रक्षा गर्ने क्रममा भारतीय एसएसबीको गोली प्रहारबाट सहिद भएका कञ्चनपुरको पुनर्वास–८ नमुनाटोलका ३२ वर्षीय गोविन्द गौतमको परिवारलाई जापानबाट आर्थिक सहयोग गरिएको छ ।

सहिद गौतमका परिवारलाई गृहमन्त्रीद्वारा सम्मान

गृहमन्त्री बिमलेन्द्र निधिले सरकारका तर्फवाट घोषणा गरेको रु. १० लाख शनिबार शहिद गोबिन्द गौतमकी पत्नी शुसिला(लक्ष्मी) गौतमलाई उपलब्ध गराएका छन्।

सहिद गौतमको परिवारलाई माओवादीबाट ६ लाख राहत

नेकपा (माओवादी केन्द्र)ले केही दिन पहिले कञ्चनपुरमा भारतीय सुरक्षाकर्मीले हत्या गरेका सहिद गोविन्द गौतमको परिवारलाई रु ६ लाख सहयोग प्रदान गरेको छ ।

माओवादी केन्द्रले सहिद गोवीन्द गौतमको परिवारलाई ६ लाख सहयोग गर्ने

नेकपा माओवादी केन्द्रले भारतीय सीमा सुरक्षा बलको गोली लागी मारिएका गोविन्द गौतमको परिवार ६ लाख नगद सहयोग गर्ने घोषणा गरेको छ। माओवादी केन्द्रका नेता तथा कृषी मन्त्री गौरीशंकर थारुले मंगलवार गौतमको घरमा पुगेर माओवादी केन्द्रले ६ लाख दिने निर्णय गरेको जानकारी गराएका हुन। मंगलवार बसेको पार्टीको बैठकले ६ लाख नगद दिने निर्णय गरेको उनले बताए।

सहिद गौतमलार्इ राष्ट्रिय सम्मानका साथ अन्त्यष्टि गरिने

भारतीय प्रहरीको गोली लागेर मृत्यु भएका पुनर्वास नगरपालिका– ८ का गोबिन्द गौतमको आइतबार राष्ट्रिय सम्मानका साथ अन्त्यष्टि हुने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्